आर्थिक समृद्धिका लागि उद्यमी समुहलाई बाख्रा वितरण

पाल्पा, जलेश्वर उद्यमी महिला समुहको आयोजना एवं हेफर प्राेजेक्ट नेपालकाे आर्थिक सहयोगमा रिब्दीकाेट गाउँपालिका प्राविधिक सहयोगमा “भोकालाइ एक छान भोजन होइन जिउने जुक्ति सिकाऔँ” भन्ने उद्धेश्यले बाख्रा वितरण गरिएको छ। हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा ग्रामिण आर्थिक विकास संघ (रेडा पाल्पा) को सहजिकरणमा रिब्दीकोट कृषि परियोजना ( RAP ) अन्तर्गत बाख्रा उपहार कार्यक्रम सम्पन्न गरिएको हाे।

बाख्रा वितरण कार्यक्रमकाे रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले उद्घाटन गर्नुभएको छ।जलेश्वर महिला उद्यमी समुहको आयोजना एवं हेफर प्राेजेक्ट नेपालकाे आर्थिक सहयोगमा गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियोे । हेफर प्रोजेक्ट नेपालका कर्मचारी र जलेश्वर महिला उद्यमी समुह सहितको सम्बन्धित सरोकारवालाको उपस्थितिमा रिब्दीकोट गाउँपालिकाकाे कुसुमखोलामा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *