जनता मावि तानसेनमा होटल म्यानेजमेन्ट पढाइ सुरु हुने

पाल्पा, तानसेन नगरपालिका वडा नं.३ बसन्तपुर स्थित जनता माध्यमिक विद्यालयले होटल म्यानेजमेन्ट सम्बन्धी पढाइ सुरु गर्ने भएको छ । धार्मिक तथा पर्यटकीय स्थलको प्रमुख गन्तव्यको रूपमा रहेको पाल्पाकाे तानसेन एवं आसपासका क्षेत्रमा सञ्चालनमा रहेका होटलका लागि आवश्यक पर्ने जनशक्तिकाे उत्पादन गर्ने साेँचले यस विषयमा अध्ययन अध्यापन गराउन लागिएको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताउँनुभयाे। उहाँले भन्नुभयो यहाँबाट उत्पादन भएका जनशक्तिलाई माग अनुसार स्वदेशमा परिपूर्ति गर्ने उद्धेश्यले होटल म्यानेजमेन्टकाे पढाइ सुरु गर्न लागिएको भन्नुभयो । उहाँले अघि देखि विद्यालयले होटल म्यानेजमेन्टकाे कक्षा सञ्चालनका याेजना बनाएको भएता पनि यसवर्ष देखि मात्रै हाेटल म्यानेजमेन्टकाे कक्षा सञ्चालन गर्ने गरि सम्वन्धित निकायसंग स्वीकृत लिने काम सम्पन्न गरेको जानकारी गराउँदै सामुदायिक विद्यालयमा हाेटल म्यानेजमेन्टकाे कक्षा सञ्चालन गर्ने पाल्पाकै पहिलो सामुदायिक विद्यालय भएको उहाँले दावी गर्नुभयो ।

विद्यालयकाे हाेटल म्यानेजमेन्टकाे कक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको बताउँदै यस शैक्षिकसत्रदेखि हाेटल म्यानेजमेन्ट तर्फकाे कक्षा सञ्चालनका लागि विद्यार्थी भर्ना सुरु गरिने प्रधानाध्यापक घिमिरेले बताउँनुभयाे । उहाँले विद्यालयले यसअघि सञ्चालन गरेको विविध विषयमा जानकारी गराउँदै भन्नुभयो विद्यालयले यसअघि वि.सं. २०६० सालमा विद्यालयले विज्ञान संकायकाे रूपमा कक्षा सञ्चालन सुरु गरेको थियो । विज्ञान समुहकाे कक्षा सञ्चालन गर्न यसै विद्यालयका पूर्व प्रधानाध्यापकद्वय गणेश ज्ञवाली र कपिल कुँवरकाे याेगदान महत्त्वपूर्ण रहेको भन्दै विज्ञान समूह कक्षा सञ्चालनका लागि संस्थापक शिक्षकका रूपमा विद्यालयका पूर्व प्रधानाध्यापकद्वय रहनुभएकाे छ । त्यस्तै उहाँले विद्यालयले थप कक्षा सञ्चालनकाे क्रममा वि.सं.२०७४ मा प्राविधिक धारकाे सिभिल इन्जिनियरिङ तर्फकाे कक्षा सञ्चालन गरि अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिदै उहाँले भन्नुभयो हामीले समय सापेक्ष अनुसारकाे पठनपाठनमा ध्यान दिदै बजारकाे माग आवश्यकताकाे दृष्टिगत गरि हाेटल म्यानेजमेन्टकाे कक्षा सञ्चालन तयारी थालेको हाे। उहाँले हाेटल म्यानेजमेन्टकाे सैद्धान्तिक सिकाइसँगै व्यावहारिक सीपकाे विकास गर्न पनि यसले सघाउने भएकोले याे विषयमा अध्ययन गर्ने विद्यार्थीकाे लागि उपयुक्त हुने बताउँनुभयाे । उहाँले कुराकानीमा याे धेरैकाे रूचिको विषय भएकोले पनि हामीले हाेटल मेनेजमेन्टकाे पठनपाठनलाई प्राथमिकता दिएर अघि बढेको बताउँनुभयाे। प्रधानाध्यापक घिमिरेले भन्नुभयो याे प्राविधिक एवं प्रयोगात्मक ज्ञान दिने विषय भएकोले पनि विद्यालयले होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने साेंचका साथ तयारी थालेकाे बताउँनुभयाे।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामजी पाेखरेलले उहाँले विद्यालयले प्राविधिक धारको पठनपाठनले स्वरोजगार बन्न सहयोग पुग्ने बताउँदै याे ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र रहेको पाल्पाको विकासमा समेत उत्पादित जनशक्तिले विशेष याेगदान दिनेमा विद्यालय व्यवस्थापन समितिले विश्वास गरेको बताउँनुभयाे । उहाँले पछिल्लो समयमा आम जनमानसमा समेत हाेटल म्यानेजमेन्टकाे पढाइ सक्ने बित्तिकै रोजगार पाइन्छ भन्ने बुझाइ एवं विश्वास रहेकोले पनि बेरोजगार भएर बस्नु पर्दैन भन्ने साेंच धारणा रहेकोले यस विषयकाे कक्षा सञ्चालनबाट विद्यार्थी अध्ययनका लागि आकर्षण बढने विद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *