जनता मावि तानसेन एवं दरैठाटी मावि रामपुरबाट एसइइमा सहभागी विद्यार्थीकाे चार जिपिए

नवराज ज्ञवाली पाल्पा, जनता माध्यमिक विद्यालय तानसेन र दरैठाटी माध्यमिक विद्यालय रामपुर, पाल्पाका विद्यार्थीले चार जिपिए ल्याउन सफल हुनुभएको छ । दुबैजना माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षामा सहभागी भई चार जिपिए प्राप्त गर्न सफल हुनुभएको हाे । जनतामाध्यमिक विद्यालय तानसेनका छात्र उत्सव ढुङ्गाना र दरैठाटी माध्यमिक विद्यालय रामपुर,पाल्पाका छात्रा पूर्णिमा कुँवरले चार जिपिए अंक सहित एसइइ उत्तीर्ण गर्न सफल भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पाल्पाले जनाएको छ । दुबैजना सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । शैक्षिकसत्र २०८० काे चैत महिनामा भएको माध्यमिक शिक्षा परीक्षा(एसइइ) परीक्षामा पाल्पाबाट चार हजार एक सय बयासी जना विद्यार्थीहरू सहभागी भएकाे मध्यबाट १,११७ जना विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पा प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

उत्तीर्ण भएका मध्य एक सय पाँच जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि र दुई जनाले चार जिपिए ल्याउन सफल हुनुभएको छ । त्यस्तै दुई सय बयासी जना विद्यार्थीले ३.२ जिपिए , चार सय सैतिस जनाले ३.६ जिपिए ल्याउन सफल भएका हुन । दुई सय एकासी जना विद्यार्थीले २.८ जिपिए देखि ३.२ जिपिए र २.४ देखि २.८ जिपिए ल्याएका छन् । यस्तै २ देखि २.४ जिपिए ल्याउने बाह्र जना विद्यार्थी रहेका छन् । पाल्पा जिल्लाका कुल चार हजार १८२ जनाले एसइइ परीक्षा दिएकाेमा दुई हजार छ सय दस जना ननग्रेडमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पाल्पा प्रमुख सुवेदीले बताउँनुभयो । पाल्पाबाट कुल परीक्षार्थीमध्ये २७ प्रतिशत बढी उत्तीर्ण हुन सफल रहेको इकाई प्रमुख सुवेदीकाे भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *