जन्मदिनको अवसरमा हिमालयन अनमाेल रत्न बाल जीवन पाेलसी उपहार

पाल्पा, तानसेन नगरपालिका बसन्तपुर पाल्पा बस्ने धनबहादुर पचभैया र भिमकली पचभैयाले आफ्नाे नातीकाे जन्माेउत्सवकाे अवसरमा हिमालय लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाबाट दस लाख रूपैयाँकाे बीमा पाेलिसी लिनुभएकाे छ ।हिमालय लाइफ इन्स्योरेन्स कम्पनीको हिमालयन अनमाेल रत्न बाल जीवन बीमा पाेलसी लिदै आफ्नो नाती निर्वेद बस्नेतकाे जन्मदिनको खुशीमा पाेलसी उपहार दिनुभएको हाे । हिमालय लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा गरि पाेलिसी लिदै धनबहादुर पचभैयाले आफ्नो नातीकाे बीमा गर्दै बीमाले बचत मात्र गर्ने हाेइन बरू जीवन सुरक्षाका लागि पनि आवश्यक रहेको बताउँदै उहाँले जन्मदिनको अवसरमा जीवन बीमाको पोलिसी उपहार स्वरुप दिनुभएकाे छ।

नातीकाे जन्म दिनको अवसरमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाको हिमालयन अनमाेल रत्न बाल जीबन बीमा पोलिसी उपहार दिनुभएकाे हाे ।बीमाकाे पाेलसी लिदै उहाँले भन्नुभयो जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले नातीको भविष्य सुनिश्चित गर्न जन्मदिनको अवसरमा बीमा गरी पोलिसी उपहार स्वरुप दिएको पचभैयाले बताउँनुभयाे ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखा प्रवन्धक देवी थापा मगरले बीमा पाेलसीलाई हस्तान्तरण गर्दै बीमाअनिवार्य बचतको लागि मात्र नभएर जीवन सुरक्षाका लागि बीमा उपयुक्त मध्यम भएको बताउँनुभयाे । उहाँले बच्चाकाे भविष्यकाे चाेखाे बचतसंगै जीवन सुरक्षालाई आज भोलि धेरैले उपहार स्वरूप पाेलसी दिने गरेको बताउँनुहुँदै उहाँले आफ्नो रबालबालिकाहरूकाे सुरक्षित भविष्यका लागि सबैले अनिवार्य बीमा गर्न अनुरोध समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *