डाँडैभरि अम्रिसो र टिमुरकाे सामूहिक खेती गर्दै जुठापाैवाका किसान

नवराज ज्ञवाली पाल्पा, रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका किसानले अम्रिसो, टिमुर र दालचीनीको सामूहिक खेती सुरु गरेका छन् । जुठापाैवा, नेपानेडाँडाका किसानले तीनवटा सामुदायिक वनमा व्यावसायिक रूपमा अम्रिसो,टिमुर तथा दालचिनीकाे खेती गर्न लागेको समूहका अध्यक्ष भीमबहादुर पुनले बताउँनुभयाे।उहाँले पाखुरे सामुदायिक वन,जौखोरिया सामुदायिक वन र पातल सामुदायिक वनमा सामुहिक रूपमा अम्रिसो ,टिमुर तथा दालचीनीकाे बिरूवा रोपिएको बताउँनुभयाे। उहाँका अनुसार चालिस हजार अम्रिसो,दस हजार टिमुरकाे बिरूवा रोपिएको छ। भने दस हजार दालचीनीकाे बिरूवा रोप्ने तयारी भइरहेको भन्दै उहाँले केही महिनाअघि वन सफा गरिएको थियो भन्नुभयो ।

जुठापाैवा गाउँका सबै मिलेर अहिले वनमा रहेका वनमारालाई उखल्ने र वनको झाडीलाई सफा गर्ने काम भएको बताउँदै अव केही दिनमै बिरुवा राेपिने ज्ञानीसरा नेपालीले बताउँनुभयाे। उहाँले यसअघि बिरूवा कसरी रोप्ने र स्याहार कसरी गर्ने भन्नेबारे तालिम लिएकाे समेत जानकारी गराउँनुभयाे । अधिकांश जनजाति एवं दलित समुदायकाे बसाेवास रहेकाे यहाँ अहिले पहिले जस्तो पशुपालन गर्न धेरैले छाडेका कारणले पनि वनमा घाँसपात,वनस्पतिहरू त्यसै खेर गइरहेको बताउँदै उहाँले झाडीले भरिएको वनलाई सफा गरेर अम्रिसो,टिमुर र दालचीनी खेती गर्न पाउँदा खुशी लागेको सुमित्रा पुनले बताउँनुभयाे । दस दिन ‘झारी’कै काम गर्न वनमा पुगेको बताउँदै उहाँले मेहनतले बिरूवा रोपिएको छ। उत्पादन राम्रो भएर आम्दानी भयो भने हामीहरूलाई राहत मिल्नेछ भन्ने उहाँको आशा छ । फालिएको वनमा एकै पटक यति धेरै बिरूवा लगाउँदा आफूहरू उत्साहित भएको बताउँदै ताराबहादुर बलालले भन्नुभयो यहाँका सबैलाई सामूहिक काम गर्ने मौका मिलेको छ। ‘अब समाजमा रहेका सबै जना मिलेर काम गर्नुपर्छ भन्ने भावना जागृत भएको छ।’ उहाँले भन्नुभयाे। रोपिएका बिरूवाहरूको राम्रोसँग गोडमेल गर्नेछौँ। यो खेतीले आम्दानी दिएपछि यहाँका सबै किसानलाई आर्थिकोपार्जनमा टेवा पुग्नेमा विश्वास लिएकाे उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँका किसानहरूले निर्वाहमुखी खेती गर्दै आएका थिए उहाँले कुराकानीमा बताउँनुभयाे । त्यसमाथि गर्दै आएको मकै खेती पनि बाँदरले खाएर सताउँछ के गर्ने अरु कुनै भरपर्दो पेशा व्यवसाय पनि त छैन हामीहरूकाे ? उहाँ भन्नुहुन्छ । स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्रको आयोजनामा यहाँको वनमा सामूहिक खेती सुरु गरिएको हो उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम विश्व वातावरण कोष साना अनुदान कार्यक्रमको सहयोगमा नि:शुल्क रूपमा बिरूवालाई उपलब्ध गराएपछि उहाँका किसानहरू सामुहिक खेती गर्नमा लागेको केन्द्रका प्रबन्ध निर्देशक डा. रामबहादुर राउतले बताउँनुभयाे । छिमेकी रिब्दीकोट गाउँपालिकाको बतासेबाट अम्रिसोको जरा खरिद गरिएको प्रबन्ध निर्देशक राउतले भन्नुभयो । उहाँले टिमुर भने सल्यान जिल्लाबाट खरिद गरेर ल्याएको बताउँनुभयाे । दस हजार दालचीनीका बिरूवा उपलब्ध गराउने कार्यक्रम रहेको समेत उहाँले कुराकानीमा जानकारी गराउँनुभयाे।‘जीविकोपार्जका लागि दिगो भू-व्यवस्थापन’ भन्ने नारा दिएर यहाँका किसानहरूले व्यावसायिक रूपमा अम्रिसो,टिमुर तथा दालचिनी खेती थालेकाे राउतले बताउँनुभयाे । रैनादेवी छहरा गाउँपालिका जुठापाैवा, नेपानेडाँडाका विपन्न गरिब किसानलाई आर्थिक उपार्जनमा टेवा पुग्ने उहाँले बताउँनुभयाे। करिब एक सय पचास घरधुरी सामूहिक खेतीमा आबद्ध उहाँले भन्नुभयो । ‘यी बिरूवा हुर्किएर आम्दानी दिने बेलासम्म आफ्नो संस्थाले निरन्तर सहयोग, सहकार्य र समन्वय गर्नेछ।’ कुराकानीमा उहाँले बताउँनुभयाे। समूहमा आबद्ध रहनुभएका सदस्यहरूको सक्रिय सहभागितामा सहकारी सञ्चालन गर्ने योजना समेत रहेकोले किसानलाई सहकारी सञ्चालनबारे तालिम पनि दिइने छ उहाँले भन्नुभयो । उत्पादन भएका वस्तु सहकारीमार्फत बिक्री वितरण गरिने समेत उहाँले बताउँनुभयाे ।रोपिएका बिरूवा हुर्किएर आम्दानी दिन थालेपछि वार्षिक तीन करोडको कारोबार हुने अनुमान छ। बढीमा अबको दुई वर्षमा यी बिरूवाले उत्पादन दिने छन्।

डिभिजन वन कार्यालय पाल्पा पूर्व रेन्जर टोपबहादुर रावलले कुराकानीमा बताउँनुभयाे । यी राेपेका बिरुवा बाँदरले खादैनन् यी बिरूवा नगदे बाली हो भन्दै उहाँले यसको बिक्रीका लागि बजार पनि समस्या छैन । अहिले पाल्पाका जुनकुनै ठाउँमा व्यापारीहरू आफैँ पुगेर अम्रिसो टिमुर दालचीनी लगायतका उत्पादन भएका वस्तु खरिद गर्दै आएकाे भन्दै उहाँले मागअनुसार उत्पादन हुन सकेको छैन भन्नुभयो । यहाँका किसानलाई पनि बजारको अभाव नहुने पनि पूर्व रेन्जर रावलले बताउँनुभयाे। अम्रिसोको फूल,डाँठ र जरा बिक्री हुन्छ। टिमुर महँगोमा बिक्री हुन्छ। दालचीनी मसलामा बिक्री हुन्छ र भारतमा बढी निर्यात हुँदै आएको छ उहाँले बताउँनुभयाे । यसका बोटहरूले पहिरो तथा भू-क्षय पनि रोक्नलाई सहयोग गर्छ भन्दै धेरै फाइदा रहेको छ उहाँले भन्नुभयो । यसैबीचमा जुठापाैजा नेपानेडाँडाकै साठी घर परिवारले बदाम खेती पनि सुरु गरेका छन्। यही कार्यक्रम अन्तर्गत परीक्षणको रूपमा बदामको बिउ नि:शुल्क वितरण गरिएको हो । सफल भए व्यावसायिक खेती गर्ने किसानहरूको योजना छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *