डुम्रे-गुफाचौर-होलाङ्गदी सडक स्तराेन्नती;कालाेपत्रे गर्नलाई शिलान्यास

पाल्पा, तानसेन नगरपालिकाले गाैरव याेजनाकाे रूपमाअगाडि बढाएको डुम्रे-गुफाचौर-होलाङ्दी सडक शिलान्यास भएको छ । तानसेन नगरपालिकाकाे डुम्रेदेखि गुफाचौर हुँदै होलाङ्दी सडक लाई नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले शिलान्यास गर्नुभएको हाे ।तानसेन नगरपालिका र विश्व बैंकसँगकाे सम्झौता अनुसारको आर्थिक सहयोगमा सडकलाई स्तरोन्नति सहित कालोपत्रे गर्ने गरि सम्झाैता भएको थियाे । साेही सम्झौता अनुसार तानसेन नगरपालिकाले गौरव आयोजनाकाे रूपमा डुम्रेदेखि गुफाचाैर हुँदै हाेलाङ्गदी सडकलाई स्तराेन्नती सहित कालाेपत्रे गर्ने भएको छ। नगरकाे गाैरव याेजना रहेको पर्यटकीय सडकले स्तराेउन्नती कालाेपत्रेसंगै स्थानीयलाई प्रत्यक्ष लाभान्वित गराउने भएको हाे। डुम्रेखोला, सुनडाँडा, तेल्घा, गुफाचौर, गाउँडाँडा, सल्लाघारी हुँदै होलाङ्गदी आउने सडककाे स्तराेन्नतीले नगरका स्थानीय जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ।

तानसेन नगरपालिकाकाे विश्व बैंकसंगको सम्झौतासंगै सडक निर्माण याेजनाकाे काम सञ्चालन हुने छ। तानसेनकाे डुम्रेदेखि गुफाचाैर हुँदै हाेलाङ्गदी खण्ड पर्यटकीय सडककाे रूपमा ट्याक निर्माण भएपछि सडक स्तरोन्नतिलाई तानसेन नगरपालिकाले वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिसंग सम्झौता गर्दै कामलाई अघि बढाएको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शिलान्यासमा बताउँनुभयाे । उहाँले तानसेन नगरपालिकाको याे गौरवकाे सडक योजनाको रहेको बताउँदै कृषि तथा पर्यटकीय सडकको योजनाका रूपमा अघि सार्दै सडक विस्तारलाई नगर सरकारले धेरै प्रयास गरेको बताउँनुभयाे । सडक निर्माण भएपछि तानसेन वडा नम्बर ८ , १० , ११ र ५ का नागरिकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने नगर प्रमुख श्रेष्ठले बताउँनुभयाे। तानसेनकाे याे सडक स्तरोन्नति र कालोपत्रे भएपछि वडाहरूबाट नागरिकले उत्पादन गरेको कृषि सामग्री, कृषि उपजकाे बजारीकरणमा सहयोग पुग्ने विश्वास गर्नुभयो । तानसेन नगरपालिकाकाे अधिकांश भूभाग ग्रामीण परिवेशमा आधारित रहेको भन्दै ग्रामीण भेगका नागरिकहरू कृषि पेशामा आवद्व रहेकोले तानसेन नगरपालिकाले ती नागरिकको दैनिक जीवनसंग प्रत्यक्ष लाभान्वित हुन सडक याेजना काम थालिएको श्रेष्ठले बताउँनुभयाे। उहाँले सडक स्तराेन्नती कालाेपत्रे याेजनाकाे काम सम्पन्न भएको पछि नगरका ग्रामीण परिवेशमा रहेको चारवटा वडाका नागरिकलाई यात्राकाे सहजता र कृषि उपजकाे बजारीकरणलाई फाइदा पुग्ने बताउँनुभयाे । तानसेन नगरपालिकाकाे गुफाचाैर पछिल्लो समयमा पर्यटककाे राेजाइकाे केन्द्र बनिरहेको बताउँदै नगरप्रमुख श्रेष्ठले यसक्षेत्रकाे विकासका लागि सहयोग पुग्ने,आगामी दिनमा सडक स्तरोन्नति र कालोपत्रे भएपछि यस क्षेत्रकाे पर्यटन प्रवर्द्वनमा थप टेवा पुग्ने उहाँले बताउँनुभयाे ।

शिलान्यास कार्यक्रममा तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले तानसेन नगरपालिकाले याे सडक कृषि मार्ग सडककाे रूपमा अगाडि बढाउने साेंचका साथ नगरपालिकाकाे विशेष प्राथमिकता राखेको बताउँनुभयाे । उहाँले कार्यक्रममा बाेल्दै भन्नुभयो नगर सरकारले विशेषगरी यसक्षेत्रबाट उत्पादित कृषि उपजकाे सहज बजारीकरण गर्न सडकले सहयोग पुर्‍याउने अपेक्षा गरिएकोले सडकलाई प्राथमिकता राखेको बताउँनुभयाे । नगरपालिकाले सडकलाई पर्यटकीय मार्गकाे रूपमा विकास गर्ने हेतुले पनि प्राथमिकता राखेर स्तराेन्नती र कालाेपत्रकाे काम अघि बढाएको बताउँनुभयाे । तानसेनकाे डुम्रेदेखि गुफाचाैर हुँदै हाेलाङ्गदी आउने सडक आफैमा महत्त्वपूर्ण रहेको भन्दै यसकाे विकासले प्राकृतिक रूपमा आफै निर्माण भएकाे गुफाचाैर एवं यसक्षेत्र आसपासका स्थान पर्यटकिय सम्भावना बाेकेकाे क्षेत्र रहेकोले पनि नगरपालिकाले यस सडकलाई पर्यटकीय मार्गकाे रूपमा परिकल्पना गर्दै विकास गर्नलाई प्राथमिकता दिएको बताउँनुभयाे । त्यस्तै याे सडक निर्माण सम्पन्न भएपछि बाहिर जिल्लाबाट पाल्पाको तानसेन नगरपालिका प्रवेश भएर यात्रा गर्ने यात्रुहरूलाई एकवटा मात्र सडक रहेकोले याे सडक निर्माण सम्पन्न भएपछि वैकल्पिक सडकमार्गकाे रूपमा पनि प्रयाेग गर्न सकिने सम्भावना बढी रहेकोले नगरपालिकाकाे कार्यपालिका बैठकबाट विशेष प्राथमिकतामा राखेको बताउँदै बजेटकाे लागि विशेष पहल गरेको बताउँनुभयाे ।

शिलान्यास कार्यक्रममा तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आयोजना कुल रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपैयाँ ७७ पैसामा सम्झौता भएको बताउँदै बाटो स्तरोन्नति भएपछि गुफाचौर जाने पर्यटकहरूमा वृद्धि हुने, स्थानीय स्तरमा होटल रेष्टुराहरू सञ्चालन हुने, कृषिकाे उत्पादन तथा पशुपालनमा वृद्धि हुने, स्थानीय नागरिकको आयआर्जनमा वृद्धि हुँदै समग्र तानसेनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताउँनुभयाे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नागिलाले १३ महिनाभित्र याेजना निर्माण काम सम्पन्न गर्ने गरि आयोजना सम्झौता भएको बताउँदै उहाँले ६ दशमलव ८ किलोमिटर सडकको स्तरोन्नति र कालाेपत्रे हुने बताउँनुभयाे।तानसेन वडा न १० का स्थानीय सुरेश बाेहाेराले सडक स्तरोन्नति र कालोपत्रेकाे काम सम्पन्न भएपछि यसक्षेत्रका स्थानीय कृषक हरूले उत्पादन गरेको कृषि उपजकाे बजारीकरणमा टेवा पुग्ने बताउँनुभयाे । विशेषगरी बर्खाकाे समयमा सडकमा पहिराेकाे कारण अवरुद्ध हुदा कृषकहरूकाे उत्पादन तरकारी नष्ट हुने अवस्था रहेको भन्दै सडककाे स्तराेन्नतीले त्याे समस्या हट्ने र सहज हुने गरिएको बताउँनुभयाे। उहाँले ग्रामीण भेगका कतिपय कृषकहरूले कृषिकर्मबाट गुजारा गर्ने हुँदा याे सडक स्तरोन्नति र कालोपत्रे पश्चात् कृषकलाई ठुलाे राहत मिल्ने बताउँनुभयाे ।तानसेन वडा न १० गाउँडाँडाका धनबहादुर रानाले कच्ची सडक र बर्षातकाे समयमा पहिराेका कारण सडक अबरुद्ध हुँदा यात्रा गर्न असहज परिस्थिति रहेको बताउँदै तानसेन नगरपालिकाबाट अहिले सडक स्तरोन्नति र कालोपत्रे गर्न सुरू भएको छ । यसले हामीहरू खुशी भएका छाै भन्नुभयो । विशेषगरी याे सडक डुम्रे खोला, सुनडाँडा, तेल्घा, गुफाचौर, गाउँडाँडा, सल्लाघारी, होलाङ्दीसम्म रहे पनि याे पटक गुफाचौर सम्ममात्र स्तरोन्नति र कालोपत्रे हुने भएकाले आगामी वर्षहरूमा क्रमश काम गर्नलाई विशेष बजेटकाे व्यवस्था हुने हामीले विश्वास गरेको अधिकांश स्थानीय नागरिकहरूकाे भनाइ रहेको छ । डुम्रेदेखि गुफाचौर, गाउँडाँडा, सल्लाघारी हुँदै होलाङ्गदीसम्म पुग्ने सडककाे स्तरोन्नति र कालोपत्रे हुनुपर्ने माग वडा नं. ११,५ र वडा नं. १० गाउँडाँडा लगाएतका स्थानीय नागरिकको रहेको बताउँनुभयाे ।

कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष प्रदिप खनाल, वडा नं. ८ का वडाध्यक्ष सोमनाथ अर्याल, वडा नं. ९ का वडाअध्यक्ष राजेश कुमार अर्याल, तानसेन नगर कार्यपालिका सदस्यहरू सहितकाे तानसेन नगरपालिका वडाका जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी एवं स्थानीयहरूको उपस्थिति रहेको थियाे । कार्यक्रमकाे तानसेन नगरपालिका वडा न १० का वडा अध्यक्ष हिमलाल पंगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा तानसेन नगरपालिका सामाजिक विकास अधिकृत भरतप्रसाद आर्चायकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *