तानसेनकाे दमकडामा दुईदिने नेतृत्व विकास सम्वन्धि क्षमता विकास अभिमुखिकरण तालिम

पाल्पा, तानसेन नगरपालिका ९ नं. वडा कार्यालय दमकडाकाे आर्थिक सहयाेगमा तानसेनकाे दमकडामा महिलाहरुकाे लागि दुईदिने नेतृत्व विकास र अभिवृद्धि गर्नका लागि दुईदिने क्षमता विकास तालिम आयोजना गरिएको छ । वडा कार्यालय दमकडाकाे आर्थिक सहयोगमा सुरु हुने क्षमता विकास तालिम कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख काशीका गैरेले कार्यक्रमकाे उद्घाटन गर्दै यस किसिमको तालिम सञ्चालनले महिलाहरूकाे क्षमता अभिवृद्धि हुनुका साथै महिलाहरूमा रहेको अन्तरनिहित क्षमता प्रतिभा पहिचान गरि सीप विकासको माध्यमबाट नेतृत्व तहमा पुग्न र विकासमा सहयोग पुर्‍याउने छ भन्दै उहाँले कार्यक्रमकाे पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं तानसेन वडा नं.९ का वडाका वडाअध्यक्ष राजेशकुमार अर्यालले महिलाहरूकाे सीप विकास एवं नेतृत्वकाे लागि क्षमता विकास हुन जरुरी रहेकोले पनि क्षमता अभिवृद्धि गर्नका लागि वडाबाट विशेष कार्यक्रम गर्ने याेजना बनाएर बजेट व्यवस्थापन गरेको बताउँनुभएकाे हाे । कार्यक्रम बाेल्दैमा उहाँले दुईदिने तालिममा सहभागी हुनभएका दिदीबहिनीहरूले आफ्नो रूचि अनुसार क्षमता अभिवृद्धिका लागि लिएको सीप विकास तालिमले अझ सक्रियता बढाउनेमा विश्वास लिएको बताउँदै कार्यक्रम पूर्ण सफलताको शुभकामना दिनुभयो ।महिलाहरूका लागि दुईदिने क्षमता विकास तालिम कार्यक्रमकाे उद्घाटनमा अतिथि माेहनप्रसाद सापकाेटा, माधवप्रसाद वस्याल, हरिसुमन रेग्मीले आ-आफ्नो भनाइ राख्नुहुँदै उहाँले तालिमको पूर्ण सफलताकाे शुभकामना दिनुभयो ।

कार्यक्रममा प्रशिक्षण टुकलाल पाण्डे र श्रीकृष्ण आत्रेयले सहजीकरण गर्नुभएको थियो । भवानी गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रा ढकालको स्वागत र साबित्रा पाण्डेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *