तानसेनकाे दस नम्बर वडा कार्यालयबाट जेष्ठ नागरिक सम्मान

पाल्पा, तानसेन नगरपालिका वडा नं १० ले वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजमा जेष्ठ नागरिकको भुमिका अमुल्य रहेको बताउँदै वडा कार्यालयले प्रत्येयक वर्ष वडाका नागरिकहरूलाई सम्मान गर्दै आइरहेको छ । आफनो समयमा नगरिकले समाजमा निर्वाह गरेको योगदानको कदर स्वरुप जेष्ठ नागरिक सम्मान गरिदै आएको वडा कार्यालयले जनाएको छ ।सम्मान कार्यक्रममा वडाका बिभिन्न स्थानका ३८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रशासकिय अधिकृत हरिराम नागिला, सामाजिक बिकास अधिकृत भरत आचार्य लगाएतले सम्मान गर्नु भएको थियो । सम्मानित जेष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र, बिद्युतिय जग र ग्लुकोज जस्ता सामग्री प्रदान गरिएको थियो । सो अवसरमा बोल्दै वडा नं १० का वडा अध्यक्ष हिमलाल पंगेनीले जेष्ठ नागरिकको हेरचाह गर्नुनै सबै भन्दा ठुलो धर्म हुने भन्दै वडाले सक्दो रुपमा त्यस्ता नागरिकको हेरचाह गर्दै आइरहेको बताउनु भयो ।

कार्यक्रमा बोल्दै तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरतप्रसाद आचार्यले जेष्ठ नागरिकसंग अथाह ज्ञानकाे अनुभव रहेकोकुरा उल्लेख गर्दै ती जेष्ठ नागरिकका सीप ज्ञान र कला,संस्कृति अहिलेको पुस्ताले सिक्नु पर्ने बताउँनुभयो । कार्यक्रमा तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले समाजमा रहेका पाकापुस्ता एवं जेष्ठ नागरिकबाट हामीले सिक्ने धेरै बिषयहरू भएको र ती जेष्ठ नागरिकहरूको अनुभवलाई अनुसरण गर्दै जेष्ठ नागरिकलाई सम्मानढंगबाट जीवन जीउँने वातावरण मिलाउनु हामी सबैको दायित्व भएको कुरालाई उहाँले उल्लेख गर्नुभयो ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले समाजमा रहेका जेष्ठ नागरिकको महत्वपुर्ण भुमिका रहेको भन्दै उहाँले वडाले सकारात्मक सन्देश दिनका लागि पनि याे सम्मान कार्यक्रम गरिएको बताउँनुभयो ।कार्यक्रममा कार्यपालिका सदस्य अनु रामदाम, वडा सदस्य धनकुमारी विष्ट, सदस्य चुनकुमारी कामी लगाएतले बोल्दै जेष्ठ नागरिकहरूको सम्मान सिंगो देशका जनताको सम्मान भएको बताउँनुभयो ।

कार्यक्रमा सम्मानित जेष्ठ नागरिकका तर्फबाट बोल्दै देबीबहादुर कार्कीले यस किसिसमकाे कार्यक्रमले आफुहरुलाई दीर्घ जीवन जीउँन हौसला मिल्ने बताउँनुभयो ।वडा स्तरीय योजना तथा कार्यक्रमका लागि बिनियोजित भएको रकमबाट कार्यक्रम गरिएको हो । वडा अध्यक्ष हिमलाल पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिब श्रृषिकेश घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *