तानसेनका दुई विद्यालय जनता र देववाणीले उत्कृष्ट नतिजाको खुशीयालीमा विद्यार्थीहरूकाे र्‍याली सहित बजार परिक्रमा

पाल्पा, जनता माध्यमिक विद्यालयले चार जिपिए र देववाणी माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा सहित जिल्ला प्रथम भएको खुशीयालीमा विद्यार्थी शिक्षक र अभिभावक सहितकाे र्‍याली निकाल्दै बजार परिक्रमा गराएको छ। जनता माध्यमिक विद्यालय र देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले एसईईमा चार जिपिए सहितकाे उत्कृष्ट नतिजा ल्याउन सफल भएपछि खुसीयालीमा र्‍याली सहितकाे तानसेन बजार परिक्रमा गरेएका हुन् ।

पाल्पा जिल्लाको तानसेन नगरपालिकाका दुई विद्यालयबाट २०८० को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल भएपछि खुसीयाली उत्सव र्‍याली निकाल्दै खुशीयाली मनाएका हुन् । जनता माध्यमिक विद्यालय (जेभिटी) र देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले एसईईमा उतीर्ण विद्यार्थीहरू र अभिावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित विद्यालयका अन्य विद्यार्थीकाे सहभागीतामा पञ्चेबाजा मा नाच्दै खुशी मनाउँदै तानसेन नगर परिक्रमा गरेका हुन् । जनता माध्यमिक विद्यालयबाट यसवर्ष सहभागी विद्यार्थी मध्य चार जिपिए सहित ६७जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा एसइइमा पास हुन सफल भएका छन् । जनता विद्यालयले चार जिपिएसहित ६७ जना बालबालिकाहरुलाई उतीर्ण गराएर लुम्बिनी प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालय प्रधानाध्यापक हरिप्रसाद घिमिरेले बताउँनुभयाे ।

त्यस्तै देववाणी संस्कृत तथा साधारण माविले ५०जना भन्दा माथि विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी गराएर ४४ जना विद्यार्थी उतीर्ण गराई जिल्लाकै सामुदायिक विद्यालयतर्फकाे पहिलो हुनसफल भएको विद्यालय प्रधानाध्यापक कृष्णबहादुर थापाले बताउँनुभयाे । देववाणी माविले विद्यालय परिसरबाट नारायाणस्थान, भिमसेनटोल, टुँडिखेल, लहरेपिपल, सिल्खानटोल, मखनटोल, शितलपाटी हुँदै असनटोलबाट विद्यालयसम्म पञ्चे बाजाकाे साथ नाचगान गर्दै खुसीयाली मनाएको थियो ।

त्यस्तै जनता मावि जेभिटीले पञ्चेबाजा सहित विद्यालय देखी भगवतीटोल, शिवालय मन्दिर, माथिल्लो गैरागाउँ, भुसालडाँडा, मेहलधारा, नारायाणस्थान, भिमसेनटोल, टुँडिखेल, लहरेपिपल, सिल्खानटोल, मखनटोल, शितलपाटी हुँदै विद्यालय प्राङ्गणमा पुगेर बधाई तथा शुभकामना सभामा परिणत भएको थियो ।

र्‍याली पछिकाे आयोजित बधाई तथा शुभकामना सभामा बोल्दै जेभिटी विद्यालय व्यबस्थापन समिति अध्यक्ष रामजी पोखरेलले विद्यालयमा पढ्ने र पढाउने वातावरण विद्यार्थीमैत्री रहेकाले याे एसईईमा चार जिपिए सहितको उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँनुभयाे । विगत ३वर्षदेखी जेभिटीले एसईई तथा कक्षा १२को नतिजामा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गर्दै आएको अध्यक्ष पोखरेलले बताउँनुभयाे । कार्यक्रममा अविभावक गोपाल ढुङ्गानाले विद्यालयकाे मिहिनेत शिक्षकहरूको लगनशीलता र अभिभावककाे साथ विद्यार्थीहरूको अध्ययन प्रति अथाह मेहनतले नै याे नतिजा हासिल भएको हाे भन्दै यही वातावरणले आफ्नो छोरा उत्सव ढुङ्गानाले जनता विद्यालय जेभिटीबाट चार जिपिए प्राप्त गर्न सफल भएको बताउँनुभयाे । आफ्नो छोरा उत्सवलाई नर्सरीदेखी नै सामुदायिक विद्यालयमै पढाउँदै आएको समेत अभिभावक ढुङ्गानाले बताउँनुभयाे ।

कार्यक्रममा विद्यार्थी उत्सव ढुङ्गानाले गुरुहरुकाे अथाह मिहिनेत र राम्रोसँगकाे शिक्षण अभ्यास एवं सिकाएकाे कुराहरु घरमा गएर राम्रोसँग पढ्ने र लेख्ने सबै विषयहरुलाई बराबर ध्यान दिएर पढेकाले चार जिपिए ल्याउन सफल भएको बताउँनुभयाे। विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले जनता मावि जेभिटी तानसेन लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालय भएको, चार जिपिए अंक ल्याउन महङ्गा महङ्गा विद्यालय नभई जनता विद्यालय नै रोज्नु पर्ने बताउँनुभयाे । शिक्षक, व्यवस्थापन समिति, अभिभावक सबैको एउटै चाहना र लक्ष्य विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले ढुक्क भएर आ-आफ्ना बालबालिकाहरूलाई अध्ययनको लागि जनता माविमा पठाउन प्रधानाध्यापक घिमिरेले अनुरोध गर्नुभयाे ।

विद्यालय व्यवस्थापन समिति सदस्य हरिवोल भट्टराईले विगतका वर्ष नै देखी जनता माविले एसईईमा सबै भन्दा धेरै विद्यार्थीहरुलाई उर्तीण गराउन सफल विद्यालय बन्न सफल भएकोले अहिले धेरैको रोजाई नै जेभिटी बनेको बताउँनुभयाे । शिक्षक रामप्रसाद ढकालले सबैको मेहनतबाट याे नतिजा प्राप्त गर्न सफल भएको बताउँदै जिल्लामा सबैभन्दा बढि विद्यार्थीहरु एसईईमा उतिर्ण गराउन सफल विद्यालय भएको बताउँनुभयाे।

जेभिटीले एसइई परिक्षामा उतीर्ण भएका विधार्थीहरुलाई कक्षा ११ मा शिक्षा, व्यवस्थापन, विज्ञान र यसवर्ष देखि होटेल म्यानेजमेन्ट पढाई सुरु हुने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *