तानसेनले दियो लाेगाे अंकित झाेला : स्वास्थ्य स्वयंसेविकालाई

पाल्पा,तानसेन नगरपालिकाले सेवाप्रवाहलाई थप व्यवस्थित र गतिशील बनाउन नगरपालिकाभित्र क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई झोला वितरण गरेको छ । तानसेन नगरपालिकाले एक लाखको बजेटमा झाेला खरिद गरि तानसेन नगरपालिकाभित्रका सबै वडामा क्रियाशील रहनुभएका स्वास्थ्य स्वयंसेविकालाई नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजाली एवं प्रमुख प्रशासकिय अधिकृत हरीराम नागिलाले ८९ जना स्वास्थ्य स्वयंसेविकालाई झोला वितरण गर्नुभएको हो ।

झाेला वितरण कार्यक्रममा बाेल्दै नगर उपप्रमुख गाहाले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्यक्षेत्रमा गरेको याेगदान,अहोरात्र खटेर गरेको कामकाे चर्चा गर्दै स्वास्थ्य स्वयंसेविकाले दिएकाे याेगदानले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज भएको बताउँनुभयाे। उहाँले स्वास्थ्य स्वयंसेविकाले गरेको काम र याेगदानलाई उच्च मुल्यांकन गरेको बताउँदै उहाँहरूकाे सेवामा सहजता हाेस् भन्ने उद्देश्यले तानसेन नगरपालिकाको लोगो अंकित झोला वितरण गरिएको बताउँनुभयो ।मानव जीवनकोआधारभूत आवश्यकता भनेको स्वास्थ्य रहेको भन्दै स्वास्थ्य क्षेत्रको विकास एवं सुधार आवश्यक रहेको छ, उहाँले भन्नुभयो, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई कसरी सेवामुलक र प्रभावकारी बनाउनुपर्छ ।’ भन्ने विषयमा जस्तो सुकैअवस्थामा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय र प्रशंन्सनीय रहेकोले नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन थप योगदान दिन आग्रह गर्नुभयो । स्वास्थ्य क्षेत्रमा चलेका अभियानहरु खुला दिसामुक्त अभियान, पूर्ण खोप अभियान लगायत कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको उपप्रमुख सिंजालीले बताउँनुभयाे।

शिशु, बाल मातृ मृत्युदरलाई कम गर्नमा विशेष भूमिका स्वास्थ्य स्वयंसेविकाहरुको रहेको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन गर्न सम्मानका लाेगाे अंकित झाेला वितरण कार्यक्रम अन्तर्गत नगरभित्र रहेका ८९ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप झोला वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउँनुभयो । उहाँले समाज परिवर्तनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रमुख एवं महत्त्वपूर्ण रहेको बताउँदै नगरपालिकालाई घरमा हुने प्रसूतिलाई मुक्तगराई शून्य घरकाे प्रसुतिलाई स्वास्थ्य संस्थामा गएर गर्ने वातावरण सिर्जनामा स्वास्थ्य स्वयंसेविकाहरूले खेल्ने भूमिका मुख्य रहेको बताउँनुभयाे। उहाँले नगरलाई घरकाे प्रसुति मुक्त बनाउन र स्वास्थ्य संस्थामा मात्र गई सुत्केरी हुने वातावरण बनाउन स्वयंसेविकाहरु लाग्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत नागिलाले जोड दिनुभयो।

तानसेन नगरपालिका स्वास्थ्य शाखाले गर्भवती तथा सुत्केरी जाँच,बालबालिकाले लगाउने खोपका कार्यक्रम लगायतका विभिन्न कार्यक्रममा स्वयंसेविकाहरुले अग्रस्थानमा रहेर काम गरेकाले उनीहरुको सम्मान स्वरूप प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताउँनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाहरु समाज परिवर्तनका संवाहक भएको बताउँदै उहाँले आगामी दिनमा पनि स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहनलाई सम्मान गर्न कार्यक्रम गर्ने बताउँनुभयो । गाउँ टाेलकन घरघरमा हिँड्न तथा अत्यावश्यक सामग्री लिएर हिँड्दा झोला आवश्यक झाेला आवश्यक रहेकाेले झोलालाई वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेको भनाइ रहेको छ ।

स्वास्थ्य सामग्री तथा रजिष्टर राख्नका लागि झोलालाई वितरण गरेकाेमा आफूहरु खुसी भएको तानसेन- ३ की महिला स्वास्थ्य स्वयंसेविका पुनम श्रेष्ठले बताउँनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो क्षेत्रमा स्थायी अस्थायी परिवार नियोजनकाे बारे परामर्श सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्द्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउनलाई प्रोत्साहन लगायत काम गर्दै आएकाे बताउँनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *