तिनाउकाे नीति तथा कार्यक्रम सार्वजनिक : आर्थिक विकासमा जोड

पाल्पा, तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।तिनाउ गाउँपालिकाले आर्थिक वर्षकाे लागि प्रस्तुत नीति तथा कार्यक्रम मार्फत आर्थिक र सामाजिक विकासमा जोड दिएकाे हाे । तिनाउ गाउँपालिकाकाे १५औँअधिवेशन तथा गाउँ सभामा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले गाउँ सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले यी विषयलाई प्राथमिकता दिएको हो ।सभाका सभाध्यक्ष श्रेष्ठले गाउँसभामा प्रस्तुत कार्यक्रममा दुई सय ३६ शीर्षकको नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्दैै भौतिक पूर्वाधारकाे निर्माणले मात्रै विकास पूर्ण नहुने भएकोले आर्थिक तथा सामाजिक विकासकाे शीर्षकलाई प्राथमिकतामा राखेको उहाँले बताउँनुभयो । गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अध्यक्ष श्रेष्ठले विगतका वर्षहरूको तुलनामा आगामी आर्थिक वर्षका लागि फरक तरिकाले बजेट नीति तथा कार्यक्रम याेजनाको बाँडफाँड गरिएको बताउँनुभयो । पहिले वडामा बजेट सिलिङ्ग दिने प्रचलन रहेकोमा यसपटक विषयगत समितिबाट नीति तथा कार्यक्रम र योजनाका लागि बजेट बाँडफाँड गरिने छ उहाँले भन्नुभयो।

बजेट बाँडफाँड गर्दा योजनाहरू पहुँच शक्तिका आधार नभएर जनताको आवश्यकतामा गाउँपालिका विषयगत समितिले तोकेको प्राथमिकता एवं आवश्यकताका आधारमा बाडँफाँड गर्ने गरी नीति तथा कार्याक्रम ल्याएको बताउँनुभयो ।आगामी आर्थिक वर्षमा कुल बजेटबाट सामाजिक विकासतर्फ २० प्रतिशत, पूर्वाधारतर्फ ३० प्रतिशत आर्थिक विकासतर्फ २५ प्रतिशत, वन वातारण तथा विपद् व्यवस्थापनमा १० प्रतिशत, संस्थागत विकास र सुशासनमा ५ प्रतिशत बजेट विनियोजन हुने अध्यक्ष श्रेष्ठले गाउँ सभामा बजेट नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्दै भन्नुभयो । टुक्रे योजना बाडेर मात्रै विकास नहुने हुँदा कम्तिमा पाँच लाख भन्दा माथिको योजना बनाई कार्यान्वयनमा लगिने समेत अध्यक्ष श्रेष्ठले बताउँनुभयो ।१५औँ गाउँ सभामा तथा अधिवेशनमा सहभागी हुनुभएका गाउँ सभाका सदस्यहरुले वडागत रुपमा ल्याइने याेजनाकाे बजेट पाँच लाख भन्दा माथिको हुन नहुने तर्क राख्नुभएकाे थियोे । सभाका सदस्यहरूले राख्नुभएको धारणामा अध्यक्ष श्रेष्ठले वडा मर्मत सम्भार कोषबाट अधुरा कामहरुलाई सम्पन्न गर्ने तथा टुक्रे योजनाका लागि बजेट नराख्ने तयारी गरिएको गाउँ सभामा बताउँनुभयो ।

पहिले विकास भनेको पूर्वाधार मात्रै हो भन्ने अवस्था रहेको भएता पनि अहिले त्यो पछिल्लो समयमा गलत भएको भन्दै युवा स्वरोजगार, सामाजिक र आर्थिक विकास लागि योजना बनाएर अघि बढ्ने लक्ष्य गाउँपालिकाकले लिएको अध्यक्ष श्रेष्ठको भन्नुभयो । जस अनुसार गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमले यी कार्यक्रम समावेश गरि सीपमूलक तालिम र व्यवसाय गर्नेलाई प्रोत्सहान स्वरूप बजेट नीति तथा कार्यक्रममा समेटिएको उहाँले जानकारी दिनुभयो ।यस्तै गाउँपालिकाले गौरवको योजना बनाउँदा एक वडा एक करोड बजेट भित्रको परिधिमा रहेर काम गर्ने योजना रहेको भन्दै उहाँले जसमा कम्तिमा एउटा योजना ७० लाख र अर्को योजना ३० लाखसम्मको वडामा योजनाका लागि बजेट विनियोजन गर्ने गरी काम गरिएको बताउँनुभयो ।

यस्तै राजश्व वृद्धि गर्नका लागि खानीजन्य पदार्थको व्यवस्थापन र निकासी, विपद् व्यवस्थापन र सुशासन, शिक्षामा गुणस्तरीय कायम गर्नका लागि आवश्यक कार्य गर्न गाउँपालिकाले विशेष ध्यान दिएर नीति तथा कार्यक्रम बनाउँदा समावेश गरिएको गाउँ सभाका सचिव एवं गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताउँनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *