तिनाउ गाउँपालिकामा सर्फ तथा साबुन बनाउने तालिम सम्पन्न

पाल्पा, तिनाउ गाउँपालिकाको दोभानमा सर्फ तथा साबुन बनाउने तीनदिने तालिम सम्पन्न भएको छ । तिनाउ गाउँपालिका-२ दोभानमा आयोजित सर्फ तथा साबुन बनाउने आधारभूत तालिमकाे दाेभान सामुदायिक सिकाई केन्द्र भवनमा सञ्चालन गरिएको थियो ।

सर्फ तथा साबुन बनाउने तीनदिने आधारभूत तालिमकाे सम्पन्न कार्यक्रमकाे समापनमा बोल्दै तिनाउ गाउँपालिका पूर्व उपाध्यक्ष दमयन्ती थापाले तालिममा सहभागीहरूले सिकेका सीप तथा ज्ञानलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुहुँदै उहाँले व्यवहारमै वास्तविक लागु गरे मात्र तालिमको औंचित्यता हुने बताउँनुभयाे। त्यस्तै तालिम समापन कार्यक्रममा बाेल्दै तिनाउ गाउँपालिकाका पूर्व प्रवक्ता एवं वडाअध्यक्ष राजेशकुमार श्रेष्ठले तालिम सहभागी हुनुभएका महिला दिदीबहिनीहरूले तालिम लिएर प्रमाणपत्रकाे बटुल्ने काम मात्र नभई सिकेको सीपलाई व्यवहारमै प्रयोग गरेर देखाउनु पर्नेमा जोड दिनुभयाे ।

सर्फ तथा साबुन बनाउने तालिममा तिनाउ गाउँपालिका एक र दुई वडाका चाैविस जना प्रशिक्षार्थीकाे रहेको कार्यक्रममा तालिमकाे सहजीकरण अनु बुढाथोकीले गर्नुभएको थियोे । सर्फ तथा साबुन बनाउने तीनदिने तालिमको समापन कार्यक्रम दाेभान सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपति शर्माले अध्यक्षता गर्नुभएको कार्यक्रममा सहजकर्ता सरिता गाहाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *