तिलोत्तमा नगरमा उत्पादनका आधारमा किसानलाई अनुदान

रुपन्देही संवाददाता, तिलोत्तमा नगरपालिकाले कृषिमा उत्पादन लाई आधार मान्दै किसानहरूलाई अनुदान रकम प्रदान गर्ने भएको छ। नगरपालिकाले दुग्ध सहकारी मार्फत किसानलाई दिदै आएको अनुदान रकम अबदेखि उत्पादनमा आधारित भई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको हो। तिलाेत्तमा नगरपालिकाले कृषिमा उत्पादनकाे आधारमा रही अनुदान दिने नीतिअनुरूप यसवर्ष ४६ लाख ६ हजार पाँच सय ६९ रुपैयाँ रकम अनुदान स्वरूप किसानहरूलाई उपलब्ध गराएको छ।

किसानलाई कृषि उत्पादनमा थप प्रोत्साहन गर्न सहकारीमार्फत बिक्री गरिएको दूधको परिमाणअनुसार हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख रामकृष्ण खाँणले बताउँनुभयाे। उहाँले सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षणकाे प्रतिवेदन आधारमा २१ वटा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरूले अनुदान स्वरूप रकम प्राप्त गरेकाे उहाँले बताउँनुभयाे ।

अघिल्लो दुई आर्थिक वर्षमा पनि तिलाेत्तमाले अनुदान स्वरूप किसानलाई रकम उपलब्ध गराउँदै आएको बताउँदै यसवर्ष पनि उत्पादनकाे आधारमा किसानलाई अनुदान दिँदा साना किसान मर्कामा नपर्ने र लाभान्वित हुने भएकाले यो नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउँनुभयाे। उहाँले भन्नुभयो नगरपालिकाबाट धेरै किसान मुखी कार्यक्रमहरू हुँदै आएको छ र अन्य कार्यक्रम समेत सञ्चालनमा रहेको जानकारी दिनुभयो ।उहाँले गत वर्ष नगरपालिकाले ४५ लाख ९८ हजार आठ सय २१ रुपैयाँ बराबरको अनुदान रकम वितरण गरेको भन्दै उहाँले तिलाेत्तमालाई दूधमा आत्मनिर्भर बनाउन याे अनुदान वितरणले तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकाेले पनि यसकाे लाभांश किसान स्वयंले लिने गरेको बताउँनुभयाे। उहाँले किसानकाे उत्पादन भएको दुग्धकाे बिक्रीलाई झन्डै आधा सहकारीमार्फत बिक्रीवितरण हुँदै आएकोले सहज भएको समेत उहाँले बताउँनुभयाे । किसान लक्षित कार्यक्रम अन्तर्गतअनुदानले तिलोत्तमा नगरपालिकाकाे किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ किसान लक्षित गरी गहुँको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि गहुँ बिक्री नभए नगरपालिकाले खरीद गर्नेसम्मको जिम्मा लिएको छ उपप्रमुख चाैधरीले भन्नुभयो । जसले किसानलाई उत्साहित बनाउदै संघीय सरकारले समेत मूल्य तोक्न नसकिरहेको बेला तिलोत्तमाले न्यूनतम समर्थन मूल्य तोकेपछि किसानहरू गहुँ खेतीका लागिआकर्षित एवं अग्रसर देखिएका छन् उपप्रमुख चाैधरीले भन्नुभयो ।

किसानले लागत अनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आएपछि नगरपालिकाले विषेश गहुँको समर्थन मूल्य तोकेको तिलाेत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयाे । उहाँले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी समेत हटेको दावी गर्नुभयो । तिलोत्तमामा दुई हजार सात सय हेक्टर जमिन क्षेत्रफलमा गहुँ खेती हुने गरेकोमा करिब आठ हजार मेट्रिक टन उत्पादन हुँदै आएको उहाँले बताउँनुभयाे। नगरपालिकाले वडा नं १७ लाई गहुँको पकेटक्षेत्र समेत तोकेको छ भन्नुभयो । त्यसैगरी वडा नं.११, १२, १३, १४, १५, १६, ६, ७, ८, ९ र १०काे क्षेत्रमा समेत गहुँ खेती हुने गरेको जानकारी गराउँनुभयाे । त्यस्तै उहाँले संघीय सरकारले धानको लागि तोकेको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गराउन पनि नगरपालिकाले सहजीकरण गरेपछि साना किसान सहकारी संस्थाहरुले किसानको धान खरीद गर्न थालेका छन् भन्नुभयो ।तरकारी उत्पादनमा नमूना कहलिँदै अब नगरपालिकाहरुमा भारतीय तरकारी भित्रिरहँदा तिलोत्तमा नगरपालिकाले किसान लाई नगरभित्र उत्पादन गरेका कृषिबस्तुकाे बजारीकरण साेझै किसानकाे खेतबारीबाट तरकारी वा अन्य उत्पादन भएको कृषि बस्तु उपभोक्ताको घरदैलोमै पुर्‍याउने काम गर्ने योजना सहित काम गर्ने गरि याेजना बनाएकाे नगर प्रमुख रामकृष्ण खाँणले बताउँनुभयाे ।

बाहिरबाट आउने तरकारी नियन्त्रण गर्दै आफ्नै नगरकाे उत्पादन उपभोग गर्नका लागि उपाेभाेक्ताकाे घरदैलोमा सिधै पुर्‍याउने र यसबाट तिलोत्तमा नगरपालिकाभित्र उत्पादन भएका तरकारी नगरपालिकाभित्रै बजारिकरण गरिने समेत प्रमुख खाँणले बताउँनुभयाे।यसै गरि नगरपालिकाले “एक घर,एक करेसाबारीपकेट क्षेत्रमा व्यावसायिक तरकारी” भन्ने नाराका साथ वडा नम्बर १४ लाई “तरकारी पकेट क्षेत्र” र अन्य वडाहरूमा एक घर एक करेसाबारी भन्ने नीति अवलम्बन गर्दै अगाडि बढेको तिलोत्तमा यतिबेला तरकारीमा आत्मनिर्भर रहेको खाँणले बताउँनुभयाे । कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै तिलाेत्तमा नगरपालिकाले ‘व्यावसायिक रुपमा काम गर्ने किसानहरूलाई नगरपालिकाको सम्मान संगै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्बन गरेपछि तरकारी खेतीका लागि यहाँ किसान अग्रसर भएको नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउँनुभयाे । ‘किसानमुखी नीतिले नै तिलोत्तमामा कृषिमा आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको हो,’ उहाँले भन्नुभयो ।तीव्र रूपमा शहरीकरणतर्फ उन्मुख नगरपालिकाले किसानलाई प्रोत्साहन हुने गरी कृषि बस्तुमा आधारित प्रोत्साहनकाे अनुदान कार्यक्रम पनि थालेको छ।

नगरपालिकाले कृषिको उत्पादकत्व बढाउन गहुँ, धान र तोरीको बीउमा अनुदानको कार्यक्रम अगाडि बढाएको हो। चालु आर्थिक वर्षमा गहुँ, धान र तोरीको बिउको वृद्धिका लागि नगरपालिकाले दस लाख रुपैयाँ छुट्याएर कार्यान्वयन गरेको छ। जसको लक्ष्य खाद्यान्न बालीमा उन्नत बिउलाई बढावा दिएर बीस प्रतिशत उत्पादकत्व बढाउनु हो।गहुँ, धान र तोरीको उत्पादनलाई वृद्धि गर्न भन्दै नगरपालिकाले तिलोत्तमा नगरपालिकाका वडा नम्बर १२ र १७ वडाका १२ किसानलाई विजवृद्धि कार्यमा संलग्न गराएको समेत जानकारी गराएको छ।

तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसाल का अनुसार खाद्यान्नतर्फ ५८ हजार ५९८ केजी र तोरीतर्फ २ हजार ३५० गरी कुल ६० हजार ९४८ केजी बिउ उत्पादन भएर सिड कम्पनीमा गएको उहाँले बताउँनुभयाे।नगरपालिकाले खाद्यान्न बालीमा ३ रुपैयाँ प्रतिकेजी अनुदान र तेलजन्य बालीमा ५रुपैयाँ प्रतिकेजी अनुदान दिइएको समेत कृषि शाखा प्रमुख भुषालले बताउँनुभयाे । उहाँले तिलाेत्तमाकानगरवासीहरूलाई कृषि उपजमा आत्मनिर्भर बनाउने र कृषिमा किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले शुरू गरेको ‘उत्पादनमा आधारित प्रोत्साहन अनुदान’ कार्यक्रम आगामी वर्षमा अझै विस्तार गर्दै लैजाने समेत जानकारी दिनुभयो ।उहाँले कृषि शाखामार्फत उन्नत गहुँको बिउ अनुदानमा वितरण गर्नेदेखि लिएर दूध उत्पादन बढाउन दुग्ध उत्पादक किसानलाई अनुदानका कार्यक्रमहरू छन्। कृषि शाखा प्रमुख भुसालले भन्नुभयाे। उहाँले त्यसरी सिड कम्पनीलाई बिउ बिक्री गरेबापत किसानले बजार मूल्य भन्दा १५ प्रतिशत बढी रकम पाउने समेतजानकारी गराउँनुभयाे। किसानले लगाउने मूल बिउ अनुसन्धान केन्द्र अथवा सिड कम्पनीबाट खरिद गर्ने गरेको कृषि शाखा प्रमुख भुषालले बताउँनुभयाे। बिउ खरिद पछि सिड कम्पनीले उत्पादन गर्ने ठाउँको प्रमाणीकरण गरिदिने गरेको र त्यसपछि मात्र किसानहरूले बिउ उत्पादन गर्ने गरेको उहाँको भनाइ रहेको छ । गहुँ खेतीमा बढी अनुदान दिदै आएको नगरपालिकाले किसानलाई प्रोत्साहन वितरणका लागि पहिलो पटक ०८० पुस १२ गते सूचना प्रकाशित गरेको हाे उहाँले भन्नुभयो । किसानको सहभागिता सोचे अनुरुप हुन सकेन उहाँले बताउँनुभयाे।त्यसपछि नगरपालिकाले पुनः यहि वैशाख ३१ गते सूचना जारी गरेर कृषकबाट कृषि वस्तु उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण कार्यक्रमका लागि निवेदन माग गर्दै सूचना प्रकाशन गरेको र माग गरेको मध्ये बाह्र किसानलाई अनुदान दिने निर्णय नगरपालिकाले गरेको कृषि शाखा प्रमुख भुषालले बताउँनुभयाे । त्यही मध्ये छ कृषक गहुँ, चार कृषक धान र दुई कृषक तोरी उत्पादन गर्नुहुने कृषक रहेको उहाँले बताउँनुभयाे ।तिलोत्तमामा २ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेकोमा करिब ९ हजार मेट्रिक टन उत्पादन हुँदै आएको छ। नगरपालिकाले वडा नं. १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ।

त्यसैगरी वडा नं. ६, ७, ८, ९, १०,११, १२, १३, १४, १५, १६ ठूलो क्षेत्रफलमा गहुँ खेती हुने गरेको तिलोत्तमा नगरपालिकाले जनाएको छ। किसानलाई लक्षित गरी गहुँको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि गहुँ बिक्री नभए नगरपालिकाले खरीद गर्ने सम्मको जिम्मा लिएको छ। जसले किसानलाई उत्साहित पनि बनाएको छ । संघीय सरकारले गहुँको समर्थन मूल्य तोक्छ। त्यसपछि उक्त मूल्यमा खरिद बिक्रीका लागि कार्यान्वयनमा सघाउँछ। तर अहिले तिलोत्तमामा समर्थन मूल्यभन्दा बढीमै किसानले गहुँ बिक्री गर्ने गरेको कृषि शाखा प्रमुख दोमलाल भुसालले बताउँनुभयाे। संघ सरकारले ५० केजीलाई ३६५० न्यूनत्तम मूल्य तोकेपछि नगरभित्र ४ हजार रुपैयाँमा ५० केजी बिक्री भएको छ। यसले किसानहरूलाई फाइदा पुगेको उहाँले भन्नुभयाे।गहुँको समर्थन मूल्य तोकिएपछि बिचौलियाको समेत मनोमानी हटेको दाबी उहाँले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *