नवयुग सहकारीको दुईदिने उद्घोषण कला तालिम सम्पन्न

पाल्पा, तानसेन नगरपालिका-७ प्रभासमा रहेको नवयुग कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूका लागि दुईदिने उद्घाेषण कला तालिम सञ्चालन गरि सम्पन्न गरेको छ । नवयुग कृषि सहकारी संस्थाकाे सहकारी सामाजिक सेवा उप समितिद्वारा सञ्चालन गरिएको उद्घाेषण कला तालिममा १८ जना सहभागी शेयर सदस्यहरूलाई सहकारी शिक्षाकाे ज्ञान अनिवार्य र नेतृत्व विकास गर्नका लागि उद्घाेषण कलाकाे आवश्यक रहने भएकोले सहकारीले आफ्नै भवनमा तालिम सञ्चालन गरि सम्पन्न गरेको हाे।नवयुग कृषि सहकारी संस्थाकाे सहकारी सामाजिक सेवा उपसमितिद्वारा सञ्चालन गरिएको सहकारी शिक्षा र उद्घाेषण कला तालिमको सहजीकरण सहकारीका अध्यक्ष महेश्वर पन्त र कार्यकारी प्रमुख सराेज न्याैपानेले गर्नुभएको थियोे ।

नवयुग कृषि सहकारी संस्था लिमिटेडकाे सामाजिक सेवा उपसमिति उपसमितिकाे आयोजनामा सञ्चालन भएको सहकारी शिक्षा तथा उद्घाेषण कला तालिम समापन कार्यक्रममा वोल्दै सञ्चालक समितिका अध्यक्ष महेश्वर पन्तले सहकारी सदस्यकाे सहभागीतामा थुप्रै विकासका काम गर्न सकिने बताउँदै आर्थिक बृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्न सकिने सहकारीकाे गतिविधि प्राप्त भएको उपलब्धि सदस्यलाई न्यायाेचित वितरण गर्दै आर्थिक असमानताकाे अन्त्य र शाेषणरहित समाजको निर्माण गरि राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको वताउँनुभयो । उहाँले राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा महिलाहरूको उपस्थिति कम रहेको कुरा उल्लेख गर्दै उहाँले याे उद्घाेषण कला तथा नेतृत्व विकास तालिमले महिलालाई नेतृत्वतहमा पुर्‍याउन सहयोगी भुमिका खेल्नेमा विश्वास व्यक्त गर्नु भयो।सहकारी संस्थाका कार्यकारी अधिकृत सराेज न्याैपानेले तालिम समापन कार्यक्रममा बाेल्दै भन्नुभयो पछिल्लो समयमा सहकारी संस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएकाे कुरा उल्लेख गर्दै तालिममा सिकेको सीप ज्ञानलाई व्यवहारमा ठिक ढंगले उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *