नागरिकको आधारभूत आवश्यकतामा पूर्वखोलाको लगानी

पाल्पा, पूर्वखोला गाउँपालिकाले नागरिकहरूको आधारभूत आवश्यकता अनुसारको लगानी गर्दै आएको बताएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास निर्माण कृषि तथा पशुपालनक्षेत्रमा नागरिकको माग र आवश्यकता एवं सहभागिता सुनिश्चिता गर्ने गरि प्राथमिकता दिएर योजना तथा विकासका कार्यक्रमहरूमा लगानी गर्दै याेजना सञ्चालनकाे काम गर्दै आएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाले नागरिकलाई सहज सेवा उपलब्ध गराउँदै जनता काे आधारभूत स्वास्थ्य सेवामा सहज उपलब्ध गराउनका लागि सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माणको कामलाई तिव्रता दिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउँनुभयो । उहाँले अहिलेसम्म छ वडा मध्ये चारवटा वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण भएको र चालु आर्थिक वर्षमा जल्पा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गरिएको बताउँनुभयो । गाउँपालिकाको वडा नम्बर एक सिलुवामा भवन निर्माणाधीन छ भने वडा नम्बर चारको देविनगरमा नयाँ भवन बनाउने योजना अघि सारेको अध्यक्ष थापाले जानकारी गराउँनुभयाे । गाउँपालिकाले नियमित रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै लक्षित कार्यक्रममा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमकाे सञ्चालन गरि किशोरकिशोरीहरूलाई सचेतना जगाउने काम र ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य उपचार गर्दै जेष्ठ नागरिक सम्मान,आँखा परीक्षण एवं विशेषज्ञ सहित स्वास्थ्य शिविरकाे सञ्चालन गरि नागरिकलाई स्वस्थ राख्ने काममा सहजीकरण गर्दे आएको उहाँले बताउँनुभयो ।गाउँपालिकामा पछिल्लो समय बसाईँसराई गर्नेको संख्या कम रहेको जानकारी दिदै अहिले भन्दा पनि पहिल्लै नै रोजगारीकाे अवसरका लागि गाउँबाट बसाईँसराई गर्नेकाे दर उच्च रहेको बताउँदै उहाँले बसाइँसराइ गरेकाले अहिले आएर कागज पत्र बनाउँदा संख्यामा बढी देखिएको अध्यक्ष थापाले बताउँनुभयो । उहाँले अवसरकाे खाेजी गर्दै सहज आर्थिक आय आर्जनका लागि बसाइँसराइ गरेको हुन सक्ने बताउँदै अहिलेनै बसाईँसराईलाई रोक्न र नागरिकको आर्थिक विकासका लागि निर्वाहमूखी रहेको कृषि उत्पादनलाई व्यवसायिक उत्पादनकाे रूपमा लगिएको बताउँदै अध्यक्ष थापाले जसमा मकैको बीउ उत्पादन पकेट क्षेत्रको विकास गरिएको छ ।

त्यस्तै तरकारी खेती, फलफुल, पशुपालनका निम्ति लागि क्षमता विकास तालिम पशुपन्छी लगायतका क्षेत्र र खोर व्यवस्थापनमा विशेष अनुदान र सबै खेतीका लागि आधुनिक कृषि औजार प्रयोगलाई औजार वितरण कार्य गरिएको अध्यक्ष थापाले बताउँनुभयो । जनताको आवश्यकता अनुसार सडक पहुँचमा वृद्धि , खानेपानी, विद्युतका क्षेत्रमा विशेष ध्यान दिएर गाउँपालिकाले काम गरिरहेको उहाँले बताउँनुभयाे । आगामी वर्षमा गाउँपालिकाले भूमी बैक निर्माण गरेर कृषिजन्य उत्पादनका लागि एकीकृत रुपमा पकेट क्षेत्र बनाई काम गर्ने योजना रहेको बताउँनुभयाे।

गाउँपालिकामा घट्दो जनसंख्या र बसाइँसराइकाे कारणले गाउँ रित्तो हुने अवस्था सिर्जना हुने देखियो त्यसैले गाउँपालिकाले विशेष याेजना सहित त्यसतर्फ ध्यान दिएको जनाएको छ। गाउँपालिकाबाट गाउँमै रहेका बालबालिकाहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष ध्यान दिइएको अध्यक्ष थापाले बताउँनुभयो । अहिले विश्वकाे बजारमा विक्ने र प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नका लागि गाउँपालिकाले प्रविधिमैत्री सिकाईमा जोड दिइएको छ, अध्यक्ष थापाले कुराकानीमा बताउँनुभयो ।गाउँपालिकाको लामो समयको लगानी पछि पर्यटन विकासबाट नागरिकले फाइदा लिन सफल भएको समेत अध्यक्ष थापाले बताउँनुभयो । वडा नम्बर दुईको जल्पा ढोलिमारामा स्थापना भएको होमस्टे र किबी खेतीकाे लागि पकेटक्षेत्र गाउँपालिकाकाे नमुनाको रुपमा अगाडि बढेको उहाँको भनाई रहेको छ । पूर्वखाेला गाउँपालिकाभित्र रहेका ऐतिहासिक एवं धार्मिकक्षेत्र पर्यटकीय स्थलको रूपमा विकास गर्दै व्यवस्थापनमा जोड दिदै आएको अध्यक्ष थापाले बताउँनुभयो । उहाँले सहकारी संस्थाको व्यवस्थापन,वन तथा वातावरण,विपद् व्यवस्थापन गुरु योजना निर्माणको काम गरिएको जानकारी समेत गराउँनुभयो ।

गाउँपालिकाले सबै क्षेत्रमा बराबर याेजना निर्माणकाे कामलाई प्राथमिकता राखेर काम गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रासद श्रेष्ठले बताउँनुभयो । उहाँले चालु आर्थिक वर्षमा काम गर्नेगरी गाउँपालिकाबाट गरिएको योजना तर्जुमा र बजेट मध्येका करिब तीन सय योजनामध्ये अधिकांशको फरफारकको काम सकिएको बताउँनुभयो । उहाँले यस वर्ष गाउँपालिकाले जिल्लामै पहिलो हुनेगरी भू-उपयोगकाे वर्गीकरणका सबै काम सकाएकाे पनि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउँनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *