बुटवल, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (लुस्कून) को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा रुपन्देहीको बुटवलमा एकदिने ’साकोसमा महिला सशक्तीकरण’ सम्बन्धि तालिम सम्पन्न भएको छ । सशक्तीकरण तालिमकाे नेफ्स्कून सञ्चालक ज्ञानु पौड्यालले गर्नुभएको हाे । साकाेसमा महिला सशक्तीकरण कार्यक्रममा सहजीकरण गर्नुहुँदै नेफ्स्कुन सञ्चालक पौड्यालले महिलाहरू सशक्तिकरणका लागि सर्वप्रथम महिलामा सचेतना जरुरी रहेको बताउँनुहुँदै उहाँले महिलाहरुकाे उपस्थितिमा मात्र सिमित नभइ निर्णायक तहमा समेत सहभागीता बढाउनुपर्नेमा जोड दिनुभयो ।सशक्तीकरण कार्यक्रममा सञ्चालक पौड्यालले महिलाविरुद्ध हुने सबैप्रकारका विभेद र हिंसाको अन्त्य गर्नुपर्ने बताउँनुभयो । उहाँले महिलाको हकअधिकारको सुरक्षा एवं प्रवर्द्धनका लागि राज्यद्वारा प्रदत्त अधिकार प्राप्तिका लागि हरेक तहमा महिला जागरुक हुनुपर्नेमा जोड दिनुभयो । अब हरेक क्षेत्र तहका साथै सहकारीकाे निर्णायक तहमा महिलाहरूको उपस्थिति सहभागीता ५० प्रतिशत पुर्याउन पहल गर्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।
लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा शिक्षा उपसमिति संयोजक निर्मला अधिकारीको सञ्चालनमा भएको उक्त सशक्तीकरण तालिममा प्रोस्कून महासचिव बसन्त प्रसाद ढकाल, कोषाध्यक्ष प्रेम गुरुङ, सञ्चालक निर्मला अधिकारी र उमा पोखरेलको उपस्थिति थियो । सशक्तीकरण कार्यक्रमकाे महासचिव बसन्त प्रसाद ढकालले स्वागत र व्यवस्थापक तारा अर्यालले तालिमको व्यवस्थापन गर्नुभएको थियो । साकाेसमा महिला सशक्तीकरण तालिममा रुपन्देहीबाट ३२, पश्चिम नवलपरासीबाट ८, कपिलवस्तुबाट ३, दाङबाट २, गुल्मीबाट १ र बाँकेबाट १ गरी ४७ जना साकोस सञ्चालक महिलाहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।