नेपाल पत्रकार महासंघ पाल्पाद्वारा प्रकाशित प्रवाह बुलेटिन सार्वजनिक

पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाशाखाद्वारा प्रकाशन भएको बुलेटिन प्रवाहलाई सार्वजनिक गरिएको छ । प्रवाह बुलेटिन सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल,वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले पत्रकारहरूकाे सहभागीतामा संयुक्त रूपमा प्रवाह बुलेटिन पत्रिका सार्वजनिक गर्नुभएको हाे ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाकाे आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेपाल पत्रकार महासंघ पाल्पाले समय –समयमा रचनात्मक कामहरु गर्दै आएको बताउँदै सामाजिक विषयवस्तुमा खवरदारी,निगरानी गर्दै आएको बताउँनुभयाे । उहाँले महासंघको प्रवाह बुलेटिनको माध्यमबाट महासंघ तथा पत्रकारहरुका गतिविधिहरु समेट्दै आम नागरिकहरुको धारणा अवस्थालाई उजागर गर्ने काम गरिरहेकाे, पत्रकारकाे माध्यमबाट जुनसुकै गतिविधि थाहा पाउन सजिलो हुने र जनताको नजरमा जस्ता कुराहरु पनि थाहा पाउन सजिलो भएको समन्वय प्रमुख खनालले उल्लेख गर्नुभयाे। कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारहरू समाजको ऐना भएकाले हरेक विषयमा सत्य तथ्य र वस्तुनिष्ठ भएर काम गर्नुपर्नेमा जोड दिदै उहाँले पेसामा इमानदार भएर कलम चलाउन आग्रह गर्नुभयो । उहाँले वि.सं. २०५४ सालदेखि नेपाल पत्रकार महासंघको बुलेटिनकाे रूपमा प्रकाशित हुँदै आएको प्रवाह बुलेटिनलाई वर्तमान समितिले पनि निरन्तरता दिदै आएको बताउँदै पत्रकारिताको अवस्था उजागर गरेको बताउँनुभयाे ।अहिलेकाे पत्रकारिता जनताका समस्याप्रति भन्दा आफुखुसीमा पत्रकारिता मौलाउँदो रहेकाे भन्दै बरिष्ठ पत्रकार शर्माले चिन्ता व्यक्त गर्नुभयाे ।

सार्वजनिक कार्यक्रममा पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाले प्रकाशित बुलेटिन प्रवाहमा समेटिएका विषयबस्तु र पत्रकारहरुको वर्तमान अवस्था, जनप्रतिनिधि एवं कर्मचारीहरुको नजरमा पत्रकारहरु विषयमा केन्द्रित रहेकोले याे अलि फरक ढंगबाट प्रवाह प्रकाशन भएको बताउँनुभयाे।सार्वजनिक कार्यक्रममा पत्रकारहरु मिलन विक,कृष्ण कार्की , मुक्ति न्यौपाने,भरत शर्मा कृष्ण पोखरेलले प्रकाशित बुलेटिनकाे चर्चा गर्नुभएकाे थियोे । नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा भएको कार्यक्रम सचिव यज्ञमुर्ति तिमिल्सीनाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *