न्यु होराइजन पाल्पाकाे एसइइ उतीर्ण विद्यार्थीलाई सम्मान

पाल्पा, न्यु होराइजन आवासीय माध्यमिक विद्यालय तानसेन, पाल्पाले २०८० काे एसईई परीक्षामा सहभागी भई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । न्यु हाेराइजन आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षामा सफल भएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै बधाई तथा सम्मान गरेको हाे । बधाई तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं न्यु हाेराइजन इन्सिच्युष्ट बुटवलका प्राचार्य लोकनाथ उपाध्यायले एसईई उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई बधाई दिदै खादा तथा मायाको चिनोले सम्मान गर्नुभएको हाे ।

न्यु हाेराइजन बुटवलका प्राचार्य उपाध्यायले बधाई तथा सम्मान कार्यक्रममा बाेल्नुहुदै पाल्पाली शिक्षा अनुरागि अभिभावकको माग अनुसार पाल्पामा न्यु हाेराइजनकाे स्थापना गरेको बताउँनु भयो।उहाँले २०८० को एसईईमा जिल्लामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा शिक्षक तथा विद्यार्थीहरुलाई बधाईकाे शुभकामना मन्तब्य दिनुहुदै विद्यालयले अहिले सम्म गुणस्तरीय शिक्षा दिन सफल भएकोले आगामी दिनमा पनि विद्यार्थीहरुकाे अध्ययनलाई मिहिनेतका साथ पठनपाठन गराउनेमा विद्यालय प्रतिबद्ध रहेकोले विद्यार्थीहरू न अलमलिकन न्यु हाेराइजनमा भर्ना भई ढुक्कसंग आफ्नो अध्यापनलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

बधाई तथा सम्मान कार्यक्रममा विद्यालयका शिक्षक हुमप्रसाद श्रेष्ठले विद्यार्थीहरुलाई बधाई दिनुहुदै न्यु होराइजनमा राम्रो पढाइ हुदै आएकाेले विद्यार्थीकाे प्रमुख राेजाइ रहने गरेको बताउँनुभयो। एसईई उत्तीर्ण विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिअध्यक्ष निर्मलप्रसाद लाकाेलकाे अध्यक्षता र विद्यालयका प्राचार्य डासुराम पन्थको स्वागत तथा विद्यालयका शिक्षक कृष्ण ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *