परिराेशनीकाे हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पण

काठमाडौँ संवाददाता, साहित्यकार एवं हास्यव्यङ्ग्यकार नारी स्रष्टा गायत्री लम्साल “परिरोशनी” को सातौँ हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पण भएको छ । डा.गोविन्दराज भट्टराईले कार्यक्रमकाे प्रमुख आतिथ्यता ग्रहण गर्नुहुँदै स्रष्टा लम्साल परिराेशनी” काे हास्य व्यङ्ग्य लेखन गहन विषयबस्तुमा मार्मिक ढंगबाट अत्यन्तै कुसलता पूर्वक लेखिएको हुँदा आम पाठक स्राेताले पुस्तक पढ्दा झिँजाे नलाग्ने र उहाँको हास्यव्यङ्ग्य लेखनमा डरलाग्दो उपस्थितिले चकित भएको डा. भट्टराईले बताउँनुभयाे । लाेकार्पण कार्यक्रममा प्रमुख अतिथि रहनुभएका डा.भट्टराईले उहाँको याे लेखन खुवीले हास्यव्यङ्ग्य खुशी र आनन्द दुवै दिएको समेत उहाँले बताउँनुभयाे ।

त्यस्तै लाेकार्पण कार्यक्रममा दीप प्रज्वलन पछि हास्यव्यङ्ग्य लेखक परिराेशनीलाई बधाई तथा शुभकामना दिनुहुँदै डा.अञ्जना वस्तीले लेखनको क्रममा सबै घुम्ती र आराेहलाईजस्ताको तस्तै पारगर्दै मार्मिक ढंगले चाेटिलाे व्यङ्ग्य गर्न सफलभएको बताउँदै उहाँले हरेक विषयबस्तुमा गहन एवं दरिलोढंगले विषयमा केन्द्रीकृत भएकाे प्रष्टाउँदै हास्यव्यङ्ग्य कृतिको मार्फत आम पाठकलाई छुट्टै स्वाद दिन सफल भएको बताउँनुभयाे । लाेकार्पण कार्यक्रममा कृतिमाथिकाे समीक्षा गर्दै अनिता पन्थीले कृतिको आरम्भका निबन्धको समीक्षात्मक टिप्पणीमा भन्नुभयो गायत्रीको हास्यव्यङ्ग्यात्मक शैलीले आफूलाई अत्यधिक प्रभाव पारेको बताउँनुभयो । ‘रुद्रघण्टी’ कृतिको मध्येभागका निबन्धहरूमाथि समीक्षात्मक टिप्पणी अनिता कोइरालाले गर्नुभयो । ‘हाँस्नु छैन कदापी नारीहरुले बेस्या हुन्या हाँस्तछन्’ भन्ने चिन्तन र चेतनालाई चुनौती दिँदै हामी महिला सर्जकहहरू सक्रिय हुँदै आएको र हास्यव्यङ्ग्य चेतनालाई मुखरित गर्न ‘रुद्रघन्टी’ स्रष्टा गायत्री यसमा पनि सफल रहेको धारणा कोइरालाले राख्नुभएको थियो । त्यसै गरि अर्का वक्ता हास्यव्यङ्ग्य समीक्षक नरनाथ लुइँटेलले ‘रुद्रघण्टी’का बाँकी निबन्धहरूको आड लिएर गायत्री लम्साल परिराेशनीको हास्यव्यङ्ग्य लेखनकलाले पहिल्याएका वा प्रस्तुत गरिएका दुस्प्रवृतिहरूको विषय खुलासा गर्नुभएको थियो । कार्यक्रममा लुइँटेलले फित्कौलीको आरम्भकाल अर्थात २०६३ को सेरोफेरोदेखि नै गायत्री हास्यव्यङ्ग्य लेखनमा सक्रिय रहेको बताउँदै उहाँले ‘रुद्रघन्टी’ सम्म आइपुग्दा उहाँले परिपक्वतामा प्रौढता हासिल गर्नलाई थालेको समेत उल्लेख गर्नुभयो ।कृतिको लेखकीय मन्तव्यका क्रममा गायत्रीले आफ्नै जीवनका कथा व्यथा परिघटना र आरोह अवरोहको खुलासा गर्दा लाेकार्पणमा सहभागी स्रष्टाहरू भावुक बन्नु भएको थियाे । ‘आफ्नै जीवनका यिनै अँध्यारा र विस्मयकारी परिस्थितिसँग कुस्ती खेल्दै म लेखनमा ओर्लिएकी हुँ, भन्दै उहाँले यहाँसम्म आइपुग्न मलाई साथ,सहयोग र आत्मबल प्रदान गर्ने सबैप्रति कृतज्ञ छु‘ गायत्रीले भन्नुभयो ।

रुद्रघण्टी शल्यक्रिया’ समारोहको ब्यानरमा हास्यव्यङ्ग्य लेखनमा रुचि राख्ने लब्ध प्रतितिष्ठित स्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रममा निम्तालुहरूमा डा. कुमार कोइराला,दिब्य गिरी, सरोज घिमिरे, माणिकरत्न शाक्य, राम श्रेष्ठ, पिँडालु पण्डित, चक्र दवाडी, गीता दवाडी, गणेश खनाल, भोला घिमिरे, सुवासचन्द्र ढुंगेल, नारायण शर्मा, टेकनारायण ढकाल, हरिकला उप्रेती, भगवती खड्का, डा.अवनीभुषण उपाध्याय, इदा उपाध्याय, डिल्लीप्रसाद मूलतिहून, देवीमाया दहाल, रीता खत्री, रेणुका भट्टराई, नारद घिमिरे, सविता बराल, रेजिना आपगाइँ, डम्बर घिमिरे, आरसी रिजाल, थरेन्द्र बराल, भारती न्यौपाने, डा.अम्बिका अर्याल, डा.जीवन जीवन्त, विष्णु आचार्य, डा.सुमन ढकाल, आनन्दकला राई, देवी घिमिरे, भक्ति घिमिरे लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

डा. गोविन्दराज भट्टराईले छ पृष्ठ लामो विश्लेषणात्मक भूमिका लेख्नु भएको ‘रुद्रघण्टी’ कृतिको मूल्य ३ सय १५ उल्लेख छ भने यसलाई मञ्जरी प्रकाशनले प्रकाशित गरेको हो । सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गान्मागेकाे अध्यक्षतामा भएको कार्यक्रम सराेज घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *