पुर्वखाेला गाउँपालिकाकाे बजेट ४५ करोड ४७ लाख ८७ हजार

पाल्पा,पुर्वखाेला गाउँपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम सहित ४५ करोड ४७ लाख ८७ हजार रूपैयाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत भएको छ ।गाउँपालिकाकाे १५औँ गाउँसभाकाे दाेस्राे बैठकमा गाउँपालिका उपाध्यक्ष भागिरथि भट्टराईले उक्त बजेट प्रस्तुत गर्नुभएको हाे ।

गाउँ सभामा बजेट प्रस्तुत गर्नुहुँदै उहाँले पुर्वाधार विकास तर्फ ७ करोड ५७ लाख ८८ हजार , सामाजिक विकास तर्फ ४ करोड ८० लाख ४५ हजार ,आर्थिक विकास तर्फ २ करोड १३ लाख ८० हजार,वातावरण तथा विपद व्यवस्थापन तर्फ ३५ लाख ५० हजार,संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ३० लाख २५ हजार बजेट प्रस्तुत गर्नुका साथै आर्थिक विधेयक -२०८१ समेत गाउँ सभामा प्रस्तुत गर्नुभएको छ । उपाध्यक्ष भट्टराईबाट गाउँसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक र आर्थिक विधेयक माथि सभाका सदस्यहरूले विशेष छलफल गर्दै दिनुभएको सुझावलाई संशोधन गर्नेगरि असारकाे १९ गते तेस्राे बैठकबाट पारित गर्ने निर्णय गाउँ सभाले गरेको हाे ।

गाउँपालिकाकाे १५ औँ गाउँसभाकाे पहिलो बैठक असार ७ गते सुरु भई गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँ सभा समक्ष प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई संशोधन सहित पारित गरिएको थियोे । गाउँसभाकाे तेस्रो बैठक असार १९ गते बस्ने गरि गाउँपालिका अध्यक्ष एवं गाउँसभाका अध्यक्ष थापाले गाउँ सभाकाे समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *