पूर्वखाेला गाउँपालिकाको १५औँ अधिवेशनकाे तेस्रो बैठक सम्पन्न

पाल्पा, पूर्वखोला गाउँपालिकाकाे १५ औँ अधिवेशन तथा गाउँ सभाकाे तेश्रो बैठक सम्पन्न भएको छ । बैठकमा गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाकाे १५औँ अधिवेशनको गाउँ सभामा तेस्रो बैठकको कार्यसूचीको जानकारी गराउँनुभयो । गाउँपालिकाकाे तेस्रो बैठकमा कार्यसूची अनुसारकाे आर्थिक विकास समिति संयोजक नीरबहादुर सारु, सामाजिक विकास समिति संयोजक विष्णुकुमार पल्ली, भौतिक पूर्वाधार विकास समिति संयोजक गिरिमान आले, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक धनबहादुर घर्ती,सुशासन तथा संस्थागत विकास समिति संयोजक कृष्णप्रसाद भट्टराई, गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक भागीरथी शर्मा भट्टराई र विद्येयक समिति संयोजक मेहरसिंह थापाले आ-आफ्नो समितिको तर्फबाट प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई गाउँ सभाकाे बैठकमा छलफल गर्दै महत्त्वपूर्ण सुझाव राख्दै गाउँ सभामा प्रस्तुत प्रतिवेदनलाई सर्वसम्मतिले पारित भएको छ ।

त्यस्तै गाउँपालिकाको आर्थिक विद्येयक- २०८१ मा महत्त्वपूर्ण छलफल गर्दै परिमार्जित सहित सर्वसम्मतिले पारित गरिएको हाे । आ.व. २०८१/०८२ को प्रस्तावित बजेटमाथि सात जना गाउँ सभाका सदस्यहरुले आ-आफ्नो भनाई राख्नुभएको थियो।गाउँ सभाकाे बैठकको शून्य समयमा सार्वजनिक एवं समसामयिक विषयमा महत्वका साथ आठ जना गाउँ सभा सदस्यहरुले भनाई राख्नुभएको थियो ।सभाको चौथों तथा अन्तिम बैठक २०८१ असार २७ गते बस्ने गरि गाउँपालिकाकाे १५औँ अधिवेशन तथा गाउँ सभाकाे तेस्रो बैठकका सभाध्यक्षबाट समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *