पूर्वखोला गाउँपालिकाकाे आगामी वर्षको बजेट ४५ करोड बढी

पाल्पा, पूर्वखोला गाउँपालिकाको १५औँ अधिवेशन तथा गाउँसभाकाे चौथो बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड ४७ लाख ८७ हजार रूपैयाँ बराबरको बजेट पारित गरेको छ ।गाउँ सभाकाे चाैथाे बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि चालुतर्फ ३०करोड ८५ लाख ४ हजार रूपैयाँ र पूंजिगततर्फ १५ करोड २२ लाख ८३ हजार रूपैयाँ गरी कुल ४५ करोड ४७ लाख ८७ हजार रूपैयाँकाे बजेट पारित गरेको पूर्वखाेला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले जानकारी गराउँनुभयाे ।उहाँले पूंजिगतमा भौतिक पूर्वाधार विकासतर्फ ७ करोड ५७ लाख ८८ हजार, सामाजिक विकासतर्फ ४ करोड ८० लाख ४५ हजार, आर्थिक विकासतर्फ २ करोड १३ लाख ८० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ लाख ५० हजार, सुशासन तथा संस्थागत विकासतर्फ ३० लाख २५ हजार बजेट विनियोजन गरेको समेत कुराकानीमा बताउँनुभयो ।

गाउँपालिकाकाे १५औँ अधिवेशन तथा गाउँसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रमलाई गाउँ सभाको चाैथाे बैठकले पारित गर्दै सम्पन्न भएको गाउँ सभामा माननीय लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले गाउँपालिकाले जनताको माग र आवश्यकता अनुसारको विकास नीति र बजेट बनाउनुपर्ने बताउँनुभयो । उहाँले शिक्षा,स्वास्थ्य तथा उत्पादनमूखी कार्यक्रम सञ्चालन गर्दै नागरिकको आर्थिक आयआर्जन वृद्धि गर्नमा जोड दिनुपर्ने बताउँनुभयो । प्रदेश सभा सदस्य सारूले गाउँ सभाकाे बैठकमा बाेल्दै भन्नुभयो पछिल्लो समयमा विकास निर्माणको गति तीव्र भएपनि ग्रामीण भेगमा जनताको संख्या कम हुँर्दै गएकोले यस विषयमा ध्यान दिनुपर्ने बताउँनुभयो ।उहाँले गाउँपालिकाकाे गाउँ सभा बैठकमा पूर्वखोलाको विकासका लागि लुम्बिनी प्रदेशबाट धेरै भन्दा धेरै योजनाहरुको लागि बजेटको व्यवस्था गर्नमा आफू खटेको बताउँदै पूर्वखोलाको विकासको लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता समेत बैठकमा व्यक्त गर्नुभयो । गाउँ सभामा सभाका सदस्य भुवन सिंजाली, वासुदेव न्यौपाने, समुन्द्रा भारती,सावित्रा थापा,रविन कुमार श्रेष्ठ, शान्ति विक लगायतले आ-आफ्नाे भनाई राख्नुभएको थियो । गएको असार ७ गते देखि सुरु भएको गाउँसभाको चौथो बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको हो ।

यसका साथै गाउँ सभाले गाउँपालिकाकाे १५औँ अधिवेशन तथा गाउँ सभामा समक्ष प्रस्तुत नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विभिन्न समितिबाट प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै समसामयिक विषयमा विभिन्न निर्णय गरिएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रोत्सहानका लागि गाउँसभाको अवसरमा तामाखानी सामुगा मोटरबाटो उपभोक्ता समिति सिलुवाका पदाधिकारी, विषयगत शाखाको तर्फबाट स्वास्थ्य शाखाका प्रमुख मोहन ढकाल,देविनगर वडाका सचिव तेजिसरा थापा,सव इन्जिनियर देवेन्द्र थापा,विरकोट स्वास्थ्य चौकीमा कार्यरत अनमी पवित्रा घर्ती,कार्यालय सहयोगी टेमन थापालाई नगद सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *