बगनासकालीका ध्रुव अधिकारीको फलफूल बगैंचाबाट वार्षिक लाखौंको आम्दानी

नवराज ज्ञवाली पाल्पा,बगनासकाली गाउँपालिका दर्पुकका ध्रुव अधिकारी कृषि पेशामा कर्मशील एवं सक्रिय हुनुहुन्छ । उमेरले ६२ वर्ष लाग्नुभएका अधिकारी आधाभन्दा बढी कपाल फुलेको र उहाँ हँसिलोअनुहार फूर्तिलो शरीर जतिबेलै बगैंचाकाे काममा व्यस्त देखिनुहुन्छ । प्रायः घरकाे काम र बगैंचामा भेटिनुहुने उहाँ सामाजिक काममा पनि उत्तिकै सक्रिय अनि क्रियाशील हुनुहुन्छ । आफ्नो घरकाे काम र बगैंचाकाे स्याहार गर्नमा ब्यस्त रहनुहुँने उहाँ चोक-चौतारीमा बसेर अनावश्यक गफिने गर्नुहुँदैन । उहाँको रूचि भनेको सामाजिक काम संगै कृषि कर्ममा सधै ब्यस्त रहने हाे। त्यहीँ बानीले हाेला उमेरले तीन बीसे दुई हुँदापनि युवा जाेस र सक्रियता उहाँको जोश जाँगरलाई हेर्दा कुनै युवाकाे भन्दा कम देखिदैन । उहाँले घर वरिपरी बगैँचा बनाउँनुभएकाे छ। बगैंचामा शान्त वातावरण अनि आनन्द दिने हुँदा उहाँ दिनहुँ फलफूलकाे बगैंचाकाे स्याहारमा व्यस्त हुनुहुन्छ । तेह्र रोपनी जग्गामा हजार बढी फलफूलका बोटहरू रोप्नुभएकाे छ। त्यसमा पनि विभिन्न जातका फलफूलहरू बगैंचामा रहेका छन् उहाँ भन्नुहुन्छ ।बगैंचा फलफूलहरूमा आँप, केरा, लिची, सीताफल, बयर, एभोगाडो, किवी, सितलचिनी, ड्रागन फ्रुट जस्ता अनेक किसिमका फलफूलकाे बोटबिरूवा उहाँको बगैंचामा रहेका छन् । बगैंचामा रहेको केही फलफूलहरू फुलिरहेका छन् त केहीमा स-साना फल लागेका छन् । केही फलहरू खान मिल्ने भइसकेका छन् उहाँ भन्नुहुन्छ ।

बिहान देखि बेलुकी सम्म बगैँचाकाे रेखदेखमा दैनिकी बनेको उहाँको जीवन बाेटबिरूवाकाे स्याहार गर्दै बगैंचामा फलफूलका बोटबिरूवासँग रमाइ व्यतीत हुने गरेको छ । उहाँकाे मिहिनेत र परिश्रमले ‘बगैँचामा आएर लगाएका बोटबिरूवाहरूकाे स्याहार रेखदेख गर्दा वा हेर्दा छुट्टै आनन्द हुने भन्दै उहाँले फलफूलकाे बगैंचामा आउँदा पनि दुःख,कष्ट,थकाइ भुलिरहेको हुन्छु’, उहाँ भन्नुहुन्छ , ‘रुचिको काम गर्दा थकाइकाे महसुस भन्ने हुँदैन।’ उहाँ भन्नुहुन्छ । बगैंचाकाे काममा श्रीमतीले दरिलो साथ दिदै आएको उहाँ बताउँनुहुन्छ । कुराकानीमा तीन छोराछोरी रहेको बताउँदै उहाँ भन्नुहुन्छ,छोरीको विवाह भएर आफ्नो घरमा छिन् । दुई छोराहरू जागिरको सिलसिलामा शहरतिर रहेको बताउँदै उहाँ भन्नुहुन्छ । कहिलेकाही आवश्यकता अनुसार बगैंचाकाे कामका लागि ज्यालादारीमा समेत कामदार बोलाउने गरेको उहाँ बताउँनुहुन्छ।फलफूल बगैंचामा बढी जसाे समय म आफैँ खटिएकाे हुन्छु उहाँ भन्नुहुन्छ । कहिलेकाहीँ आवश्यकता हेरेर मात्र बाहिरका कामदारलाई लगाउने गरेको छु उहाँ बताउँनुहुन्छ। अहिले अधिकांश बोटले फल दिन थालिसकेका छन्। केही खान मिल्ने भइसकेका छन्। यहाँ भएकामध्ये धेरै फलफूलका बिरूवा परीक्षणका लागि रोपिएको थियो। तर ती बिरूवा हुर्केर अहिले राम्रै फल्न थालेको बताउँदै फल समेत राम्रो लागेकोले आम्दानी दिन थालीसकेकाे अधिकारीले बताउँनुभयाे । औषधीमा समेत प्रयोग गरिने भएकोले माग उच्च रहेको बिक्रीकाे समस्या समेत नभएकाेले पनि फलफूल खेतीलाई विस्तार गर्ने योजना रहेको अधिकारीले सुनाउँनुभयाे ।

बेमौसमी फल, एउटै बोटमा फरक-फरक स्वाद एउटै बोटमा फरकफरक स्वादका फल फलाउने प्रयासमा उहाँ हुनुहुन्छ । एउटै बोटमा बेमौसमी फल पनि फलाउने गरी ‘रिसर्च’ गरिरहेको छु उहाँ भन्नुहुन्छ । एउटा बोटमा तीन प्रकारका फल उत्पादन हुनेरहेछ भन्दैआँपको बोटतर्फ देखाउँदै उहाँले भन्नुभयो । ‘आँपको यो बोटमा केही फल खान मिल्ने भइसकेका छन्। अरु केही बतिला छन्। अनि त्यही बोटमा आँप मझुराएको अवस्था छ। यो दशैं तिहार पछि खान मिल्छ उहाँ भन्नुहुन्छ ।’ आँप, बेलौती र केही तरकारीका बोटलाई कलमी गर्नुभएको छ। हिउँद वा वर्षा जुनसुकै मौसममा फल खान पाइने अधिकारीले बताउँनुभयाे । केराबाट वार्षिक तीन लाख आम्दानी गर्ने लक्ष्यअधिकारीले करिब तीन रोपनी जमिनमा केरा खेती गर्नुभएको छ। साना ठूला गरेर करिब पाँच सय बोट केरा रहेका छन्। स्थानीय प्रजातिकाे मालभोग केरा रहेको उहाँ बताउँनुहुन्छ। लगाएको अधिकांश केराका बोटले फल दिएका छन्। केराका घरी देखाउँदै उहाँले भन्नुभयाे, ‘धेरै केरा पसाइ सकेका छन्। केही पसाउने तयारीमा छन्। अन्य दुई बढी बिरूवा हुर्किरहेका छन्।’ घरमै भएका केराकाे गाँजलाई हुर्काएर फैलाएकाे उहाँ भन्नुहुन्छ । घरमा आफैँ उम्रिएका बिरूवाहरूलाई नै व्यावसायिक रूपमा रोपिएको हो। अहिलेसम्म बिरूवा किनेर ल्याउन परेको छैन्। अहिलेसम्म केरा खेतीलाई करिब पैँतीस हजार लगानी भएको अधिकारीले बताउँनुभयाे । मल पनि गोठको र यहीँकाे झारपात कुहाएर बनाएको मल प्रयोग गरेको उहाँले बताउँनुभयाे । अहिले तीस हजार रूपैयाँको केरा बिक्री गरिसकेकाे उहाँ भन्नुहुन्छ । स्थानीय जातकाे मालभाेक केरा सय रुपैयाँ दर्जनमा बिक्री गर्दै आएकाे छु उहाँ भन्नुहुन्छ ।साना ठूला,काँचा वा पाकेका सबै केरालाई त्यही दररेटमा बिक्री गरेको समेत उहाँले कुराकानीमा सुनाउँनुभयाे।

यहाँ उत्पादन भएकाे केरा जिल्लाको सदरमुकाम तानसेन, बुटवल, पोखरासम्म पुग्ने गरेको र बिक्री हुने गरेको उहाँले कुराकानीमा बताउँनुभयाे। अधिकारीको कालीगण्डकी कोरिडोर नजिकै फलफूल बगैँचा रहेको छ। सोही कोरिडोर हुँदै सिद्धार्थ राजमार्गमा पुग्न चार किलोमिटरको दूरी पर्छ। उत्पादन भएका फलफूल बिक्री गर्न बजारको अभाव नहुने अधिकारीले बताउँनुहुन्छ। उहाँले आगामी वर्षमा तीन लाख रुपैयाँ बढीको केरा बिक्री हुने समेत सुनाउँनुभयाे। ‘एक घरीमा एक सय भन्दा बढी केराका कोसा फल्ने गरेकाे छ।’ भन्दै उहाँले भन्नुभयो एक घरी केरालाई एक हजार रुपैयाँ भन्दा बढी पर्छ। केराको बगैँचाभित्र बेसार दूरी मिलाएर केराका बोट लगाएका छन्। एउटा बोटबाट अर्को बोटसम्मको दूरी सात फुट रहेकाे छ। यहाँ भित्र रहेकाे खाली जमिनमा बेसार रोपेको उहाँले सुनाउँनुभयाे। खासै गोडमेल गर्न नपर्ने हुँदा बेसारको उत्पादनलाई पनि केरा खेतीसँग जोडेको उहाँले बताउँनुभयाे। बेसारको पनि उत्तिकै माग छ। केरा गोडमेल गर्दा बेसारका लागि पनि गोडमेल हुन्छ। केराको पात र बेसारको पात कुहिएपछि मल हुन्छ। एउटै परिश्रमले दुई वस्तुकाे उत्पादन गर्न सकिन्छ उहाँले भन्नुभयो । घरको बार्दलीमा ड्रागन फ्रुटअधिकारीले घरको बार्दलीमा ड्रागन फ्रुट राेप्नुभएकाे छ। अहिले ती बोटले फल दिन थालिसकेका छन्। उहाँले घरकाे बार्दलीमा र बारीमा गरेर एक सय बढी ड्रागन फ्रुटका बिरूवा रोप्नुभएकाे छ। ती सबै फुलिरहेका छन्। कतिपयले फल दिन थालिसकेका छन्।

फलिसेकका फल छिमेकी र आफन्तलाई चाख्न दिने गरेकाे उहाँ भन्नुहुन्छ । सबै फलेर धेरै उत्पादन भएपछि बिक्री गर्ने सोँचमा रहेको उहाँ बताउँनुहुन्छ । ‘परीक्षणका लागि रापेको थिएँ’,उहाँले भन्नुभयाे। राेपेकाे मध्येका फलफूलकाे बिरूवा ‘राम्रोसँग हुर्किएर फल दिन थालिसके।’ यसले थप उत्साह भयो अनि व्यवसायिक रूपमा फलफूलकाे बगैंचा बनाएर फलफूल खेतीमा सक्रिय भए उहाँ भन्नुहुन्छ । अहिले खुशी छु र गाउँभरिका सबैलाई व्यावसायिक रूपमा फलफूल खेती गर्न आग्रह गरेको छु।’ फलफूल खेतीले आनन्द मात्र दिदैन नगद आम्दानी दिन्छ त्यसैले फलफूल खेती गर्नलाई गाउँवासीमा सबैमा सुजाउँछु। यसले अर्थाेपार्जनमा समेत टेवा पुग्ने हुदाँ ढुक्क भएर खेती गर्न अनुरोध समेत गरेको उहाँले कुराकानीमा बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *