माथागढी काैडेलेकमा निर्मित भ्यू-टावर उद्घाटन

पाल्पा, माथागढी गाउँपालिका-३सराई ओलेसका भूतपूर्व गोर्खा सैनिक हरूको आर्थिक सहयोगमा (हुवाकोट) कौडे लेकमा भ्यू टावर निर्माण गरिएकाे छ।भूतपूर्व गाेर्खा सैनिकको आर्थिक लगानीमा निर्मित भ्यू-टावरकाे एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले उद्घाटन गर्नुहुँदै भन्नुभयो विदेशी भूमिमा रगत पसिना बगाएर वीरता प्रदर्शन गर्नुभएका भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो जन्मभूमिको सामाजिक सक्रियता र पर्यटन प्रवर्द्धनका लागि विकासमा टेवा पुर्‍याउन भ्यू -टावर निर्माण गरि योगदान गर्नुभएकोमा प्रशंसनीय कार्य रहेको विचार व्यक्त गर्नुभयो ।

भ्यू-टावर उद्घाटन कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले स्थानीयस्तरमा पर्यटकलाई आकर्षित गर्न एवं यसक्षेत्रकाे पर्यटन प्रवर्द्धनमा निर्मित भ्यूटावरले सघाउ पुग्ने भन्दै उहाँले भूतपूर्व गाेर्खा सैनिककाे प्रसंसनिय काम भएको बताउँदै माथागढीकाे विकास सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *