मोहन कन्याका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

नवराज ज्ञवाली पाल्पा,तानसेन नगरपालिका-४ सिल्खानटाेलमा रहेको माेहन कन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। पश्चिम क्षेत्रकाे एकमात्र कन्या विद्यालयकाे रूपमा परिचित रहेको मोहन कन्या माध्यमिक विद्यालय तानसेनले एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हाे ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालय अन्तर्गतकाे रकम तानसेन नगरपालिकाद्वारा प्राप्त भएपछि छात्रवृत्ति छात्रा विद्यार्थीलाई वितरण गरेको विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले जानकारी गराउँनुभएकाे छ । छात्रवृत्ति रकमलाई विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि ८ सम्मका छात्रा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञवालीले बताउँनुभयाे । विद्यालयमा अध्ययनरत एक सय उन्नाइस जना छात्रा विद्यार्थीलाई जनही चार सयका दरले सच्चालिस हजार छ सय रूपैयाँ र विभिन्न किसिमका अपांगता भएका छ जना छात्रा विद्यार्थीलाई बाइस हजार र चार जना छात्रा विद्यार्थीलाई चार हजारका दरले स्राेह् हजार गरी कुल पचासी हजार छ सय रूपैयाँ वरावरकाे रकम छात्रवृत्ति मार्फत वितरण गरिएको हो ।

चार जना छात्रालाई वितरण गरिएको स्राेह् हजार रकम रोटरी क्लब अफ नागार्जुनका प्रताप प्रधानद्वारा प्राप्त छात्रवृत्ति रहेको विद्यालयका पूर्व प्रधानाध्यापक शान्ता प्रधान पाण्डेको सम्मान स्वरूप स्थापित उहाँका भाइ प्रताप प्रधानको पहलमा नागार्जुन रोटरीले मोहन कन्या माध्यमिक विद्यालयका छात्रा विद्यार्थीलाई पठाएको हाे। छात्रवृत्ति क्लब काठमाडौले मोहन कन्यामा कक्षा ९ देखि १२ कक्षासम्म अध्ययन गर्ने शर्तमा चार जना छात्रालाई प्रत्येक वर्ष चार हजारका दरले छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । प्राप्त छात्रवृत्ति वितरण कार्यक्रममा शिक्षाविद् बुद्धिप्रसाद शर्मा प्रमुख अतिथि एवं विद्यालय ब्यवस्थापन समिति अध्यक्ष विधानप्रसाद श्रेष्ठ र प्रधानध्यापक दीपक प्रसाद ज्ञवलीले संयुक्त रुपमा विद्यार्थीहरुलाई प्रदान गर्नुभएको थियो । छात्रवृत्ति रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि शर्माले छात्रवृत्तिकाे प्राप्त रकमले विद्यार्थीहरुको पठनपाठनमा थप टेवा पुग्ने विश्वास गर्नुभयाे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले विभिन्न विधामा उत्कृष्ट नतिजा दिनसक्ने छात्रा विद्यार्थीहरूलाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाे सहयोगकाे अतिरिक्त विद्यालयले समेत आफ्नो थप प्रोत्साहन दिने गरेको बताउँनुभयाे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञवालीले विद्यार्थीको सिकाइका लागि उत्प्रेरित गर्न छात्रवृत्ति प्रदान गरिएको बताउँदै उहाँले यसबाट उत्कृष्ट नतिजा आउने विश्वास गरेको बताउँनुभयाे । कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष विधानप्रसाद श्रेष्ठको अध्यक्षतामा विद्यालयका सहायक प्रधानाध्यापक रीना श्रेष्ठको सञ्चालनमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *