राजश्व परामर्श समितिकाे बैठकमा कार्यदलले बुझायो प्रतिवेदन

पाल्पा,रिब्दीकोट गाउँपालिका राजश्व परामर्श समिति अन्तर्गत राजश्व संकलनका लागि क्षेत्रगत पहिचान गर्दै राजश्व परामर्श कार्यदल बैठकले “कर तिराैँ सभ्य नागरिकको पहिचान निर्माण गराैँ।” भन्ने साेलाेकन सहित कार्यदलकाे राजश्व संकलनका क्षेत्र पहिचान सम्वन्धि प्रतिवेदन राजश्व परामर्श समिति संयाेजक एवं रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीलाई कार्यदल प्रमुख दानबहादुर कुँवरले हस्तान्तरण गर्नुभएको छ।

राजश्व परामर्श समिति बैंकको प्रमुख आतिथ्यता गर्दै रिब्दीकाेट गाउँपालिका अध्यक्ष श्री नारायणबहादुर कार्कीले राजश्व परामर्श कार्यदल संयोजक दानबहादुर कुवँरले गाउँपालिकाकाे आठवटा वडामा पुगेर गर्नुभएको राजश्व संकलन सम्वन्धि छलफल करका क्षेत्र र परामर्शमा उठेका जिज्ञासा तथा सुझावलाई एकीकृत गर्दै तयार पारेको प्रतिवेदनलाई राजश्व परामर्श समितिका संयोजक एवं उपाध्यक्ष कान्ता अधिकारीलाई बुझाएको प्रतिवेदन गाउँ कार्यपालिकाकाे बैठकमा छलफल गरि कार्यान्वयनमा लैजाने बताउँनुभयाे ।

राजश्व परामर्श समितिकाे बैठकमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल आतिथ्यतामा बसेकाे बैठक कार्यदलका सदस्यहरूकाे उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *