रामपुरका वडा सदस्यहरूलाई एकदिने अभिमुखिकरण

पाल्पा,रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । रामपुर नगरपालिकाले दस वडाका वडा सदस्यहरुलाई अभिमुखिकरण तालिम दिएको छ । वडा सदस्यहरुको काम कर्तव्य र अधिकार,स्थानीय सरकार सञ्चालन ऐन,योजना,प्रशासनिक काम,लेखा सम्बन्धी व्यवस्था लगाएत विषयमा एकदिने अभिमुखिकरण प्रदान प्रदान गरेको हो ।

एकदिने अभिमुखिकरण कार्यक्रममा बोल्दै रामपुर नगरपालिका नगर प्रमुख रमणबहादुर थापाले जनप्रतिनिधिहरूसंग जनताको अपेक्षा बढि हुने बताउँदै हरेक जनप्रतिनिधि सबै जवाफदेही हुनु पर्ने बताउँनुभयो । उहाँले जनताको हरेक समस्यासंग जनप्रतिनिधिहरू जोडिए पनि कानुनी प्रक्रिया र व्यवस्थाकाे बारे जानकारी दिन नसक्दा जनप्रतिनिधि र जनताबीचको सम्बन्ध टाढा भएको बताउँनुभयो । हरेक विषयको छिटो परिणाम खोजे पनि कानुनी बाधाअर्चन काे कारण जनताको समस्या सामाधान गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले हरेक तहगत संरचनाका जनप्रतिनिधिहरूले जनतालाई केन्द्रमा राखेर काम गर्न आफ्नो कर्तव्यठान्नु पर्ने भन्दै काम र अधिकार बारे जानकार हुनु पर्ने बताउँनुभएको छ ।

यस्तै उपप्रमुख बालकुमारी थापाले जनताको आवश्यकता धेरै हुने र धेरै आशा जनप्रतिनिधिसंग गर्नेहुँदा पनि जनप्रतिनिधिकाे सबै विषयमा पूर्ण जानकार हुन आवश्यक रहेको बताउँनुभयो । जनताको हरेक समस्या समाधानका लागि कानुनी सहजिकरण गर्न जनप्रतिनिधिहरूसंग आग्रह गर्नुभएको छ ।कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले दैनिक वडा र नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बारे जनप्रतिनिधीले सहजिकरण गर्नुहुँदै उहाँले याे अभिमुखिकरणले थप सहज हुने बताउँनुभयो ।

रामपुर नगरपालिका प्रवक्ता एवं वडा अध्यक्ष कपिलबहादुर खाँणले जनप्रतिनिधिहरूको दैनिक कामकाजको प्रक्रिया बारे जानकारी दिई सजिलो बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउँनुभयो । होटल नमस्ते पाल्पा रामपुर वेझाँडको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रममा विभिन्न सिफारिस,अनुमति, लगाएतका विषयमा सेवाको प्रक्रिया,स्थानीय सरकार सञ्चालन ऐन,जनप्रतिनिधिको काम कर्तव्य र अधिकार, वडा समितिको बैठक सञ्चालन, नगर सभाको सञ्चालन वार्षिक नीति तथा कार्यक्रम र बजेट, योजना, टोल विकास संस्था, विषयगत समिति काम कर्तव्य र अधिकार, लेखा तथा भुक्तानी प्रक्रिया, विभिन्न संघ संस्था र व्यवसाय दर्ता, निर्णय प्रक्रिया लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

कार्यक्रमको सहजिकरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित,प्रवक्ता कपिलबहादुर खाँण, प्रशासन अधिकृत तथा सुचना अधिकारी युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत र लेखा शाखा प्रमुख सिता न्यौपानेले गर्नु भएको थियो । रामपुर नगरपालिकाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा नगरपालिकाका दसवटै वडाका वडा सदस्यहरुको सहभागितामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *