रामपुर नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

शाेभाकान्त पाठक रामपुर पाल्पा,रामपुर नगरपालिकाबाट सबै वडाकाे पूर्ण खाेप सुनिश्चितता गरेपछि एक कार्यक्रम आयोजना गरि रामपुर नगरपालिका पाल्पालाई पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । रामपुर नगरपालिकाकाे “सुखी, समृद्ध, सुसँस्कृत शहर सम्मुनत रामपुर हाम्रो रहर” भन्ने नाराका साथ रामपुर नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पा प्रमुख एवं जिल्ला खोप समन्वय समिति पाल्पा संयोजक टंकनाथ खनालले रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई पुर्ण खोप सुनिश्चितता भएको प्रमाण-पत्र कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो । त्यसै कार्यक्रमकाे अवसरमा रामपुर नगरपालिकाले सबै वडालाई पुर्ण खोप सुनिश्चितता गरिएको प्रमाण-पत्र वडाअध्यक्ष मार्फत वडा कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम रामपुर नगरपालिका नगर प्रमुख रमनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पा प्रमुख एवं जिल्ला खोप समन्वय समिति पाल्पा संयोजक टंकनाथ खनालले खोप सम्बन्धि सबै सुचकहरु पुरा गरेकोले रामपुर नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताउँदै उहाँले सिङ्गो रामपुर नगरपालिकालाई बधाई दिनुभएको छ ।प्रमुख अतिथि खनालले भन्नुभयो स्वास्थ्य नै मानिसको धन हो ।स्वस्थ बालबालिकाले पढाई लेखाईमा पनि राम्रो गर्न सक्छन् ।भविष्यमा राम्रो काम गरेर देखाउन सक्छन्,उनीहरूकाे भविष्य पनि उज्ज्वल हुन्छ । त्यसैले बालबालिकाकाे अन्य स्वास्थ्य उपचार संगै खोपका सबै डाेज पुरा गर्न सके रोग प्रतिरोधात्मक शक्ति पनि बढ्ने उहाँले बताउँनुभयो ।कार्यक्रमका विशिष्ट अतिथि स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख एवं जिल्ला खाेप समन्वय समिति सचिव डाक्टर राजेन्द्रकुमार गिरीले नगरपालिकाले सबै बालबालिकालाई खोपकाे मात्रा पुरा गरेपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घाेषणा भएको पालिकाकाे प्रमाण-पत्र दिइएको बताउँनुभयो ।कार्यक्रमका विशिष्ट अतिथि डा.गिरीले रामपुर सहित पाल्पाका सबै पालिकालाई पुर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताउँनुभयो ।कार्यक्रममा पालिका पुर्ण खोप सुनिश्चितता घोषणा समारोहका अध्यक्ष एवं नगरप्रमुख रमणबहादुर थापाले सबै स्वास्थ्यकर्मि, कर्मचारी, जनप्रतिनिधिहरुको साथ सहयोग अथक मेहनत एवं लगनशीलताले गर्दा यो उपलब्धि हासिल गर्न सकिएको बताउँदै सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापा वडाअध्यक्ष एवं नगर प्रवक्ता कपिलबहादुर खाँडले नगरवासीलाई स्वस्थ राख्न पूर्ण खोप लगायत स्वास्थ्य सम्वन्धि समस्याकाे सुबिधामा बृद्धि गर्दै लगिने बताउँनुभयो ।रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जन्मेदेखि १५ महिना सम्मका ६ सय ८ जना र १६ महिनादेखि ५ बर्षसम्मका २ हजार १ सय ४० जनाले पुर्ण खोप प्राप्त गरेको तथ्यांक सहितको प्रतिवेदनलाई कार्यक्रममा सार्वजनिक गर्नुभयो । उहाँले नगरका दस वटै वडाकाे सेवा प्रदायक संस्थाहरूले कुनै पनि वालवालिकालाई खोप लगाउन नछुट्याएकाे तथ्य सहितको जानकारी आफुलाई प्राप्त भएको बताउँनुभयो ।गाँडाकाेट स्वास्थ्य चौकी प्रमुखका मजिबुर रहमान शेखले सञ्चालन गर्नुभएको कार्यक्रममा भर्खरै अबकास हुनुभएका दर्छा स्वास्थ्य चौकीका सिनियर अहेव कृष्णप्रसाद वाग्लेलाई कार्यक्रमकाे अवसरमा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *