रैनादेवी छहराकाे नीति तथा कार्यक्रम सार्वजनिक: तीनवटा कार्यविधि पास

नवराज ज्ञवाली पाल्पा, रैनादेवी छहरा गाउँपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ काे लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रैनादेवी छहरा गाउँपालिकाले १६औं गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफल गर्दै तीन वटा कार्यविधिलाई पास गरेको हाे । रैनादेवी छहराकाे गाउँ सभामा प्रस्तुत कुटानी पिसानी मिल तथा मिनिटिलर वितरण कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८१कृषि क्षेत्र हानिकारक वन्यजन्तुबाट जोखिम न्यूनीकरण लागि बनेको पूर्वाधार निर्माण कार्यक्रम सञ्चालन कार्यविधि- २०८१ आर्थिक विकास समिति संयोजक प्रदिप पौडेलले१६औंँ गाउँ सभा समक्ष प्रस्तुत गर्नुभएको कार्यविधि र रैनादेवी छहरा गाउँपालिकाको शिक्षक सरुवा तथा काज व्यवस्थापन गर्नका लागि बनेको कार्यविधि-२०८१ सामाजिक विकास समिति संयोजक हुमान सिंह कार्कीले पेश गर्नुभएको कार्यविधिलाई गाउँ सभाले विशेष छलफल सहित गाउँ सभाले पास गरेको छ ।

रैनादेवी छहरा गाउँपालिकाकाे १६औँ नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रूक्मागत भटराईले प्रस्तुत गर्नुभएको नीति कार्यक्रमले कृषि पेशालाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई विविधिकरण,यान्त्रिकीकरण र व्यवसायिकरणमा जोड दिने गरि समेटिएको बताउँनुभयाे । त्यसै प्रस्तुत नीति तथा कार्यक्रम मार्फत गाउँपालिकालाई गुणस्तरीय शिक्षा एवं स्वास्थ्य मार्फत सामाजिक विकासमा जोड दिने समेत उहाँले गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा बताउँनुभयाे । गाउँपालिकाकाे १६ औँ सभामा प्रस्तुत नीति कार्यक्रमले गाउँपालिकाे विकासलाई यातायात सिंचाई खानेपानी जस्ता पूर्वाधारकाे निर्माणमा जोड दिएकाे छ । प्रस्तुत गरिएको कार्यक्रममा स्थानीय स्रोत साधनको अधिकतम् परिचालन गरि नागरिकको जीवनस्तरमा सुधार तथा गरिवी निवारण र न्युनिकरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।

त्यस्तै प्रस्तुत भएको नीति तथा कार्यक्रमले लक्षित वर्ग तथा पिछडिएको वर्ग समुदायको जीवनस्तरमा सुधार ल्याउने, सुचना प्रविधिमैत्री सेवा मार्फत सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने, दिगो विकास, जैविक विविधता, वातावरण संरक्षणमा ध्यान दिने तथा आवधिक योजना निर्माण गर्दै सडक गुरुयोजना र भू-उपयोग नीतिलाई प्रमुख आधार मानी कार्यक्रम सञ्चालन गर्ने गरि नीति तथा कार्यक्रमले समेटेको छ। प्रस्तुत नीति तथा कार्यक्रमले प्राथमिकताका साथ विभिन्न विषय राखेर नीति तथा कार्यक्रम तयार गरिएको भन्दै गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले बताउँनुभएकाे हाे । उहाँले गाउँपालिकामा कृषि, स्वास्थ्य, गुणस्तरीय शिक्षा, स्थानीय कला संस्कृतिको संरक्षण, सहकारी तथा वित्तीयक्षेत्र, उद्योग तथा पर्यटन,पूर्वाधार विकास, भवन तथा आवास शहरी विकास एवं सिंचाई ऊर्जा तथा विद्युत , सूचना तथा सञ्चार, वन वातावरण, विपद् व्यवस्थापन, सुशासन एवं संस्थागत विकासमा जनताले अनुभव गर्ने गरी कार्यक्रम सञ्चालनको लागि योजना निर्माण भएको अध्यक्ष भट्टराईले जानकारी गराउँनुभयो ।

प्रस्तुत नीति तथा कार्यक्रममा आधारभुत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने, अत्यावश्यक उपकरण औषधिकाे सहज उपलब्धता, दक्ष जनशक्तिको आपूर्ति सुनिश्चित गर्ने,सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकाकाे स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने तथा गुणस्तरीय प्रयोगशाला सहितको सेवा, नागरिकहरुलाई मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको नि:शुल्क चेकजाँच र उपचार सेवाको प्रवन्ध मिलाउने, निर्माणाधीन पन्ध्र शैयाको आधारभूत अस्पताल निर्माणलाई समयमै सम्पन्न गर्नका पहल गरिने, ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै स्वास्थ्य उपचारको व्यवस्था गर्ने साथै ८० वर्ष माथिका जेष्ठ नागरिक बुवाआमालाई स्वास्थ्य बा-आमा कार्यक्रम मार्फत घरघरमै पुगेर सेवा दिइने योजना गाउँपालिकाले अघि सारेको प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै गाउँपालिकाले १६औँ गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले गौरव आयोजनाको रुपमा सुन्दरेढुङ्गा, जुठापौवा सालझण्डी सडक र छहरा धजावान्ने- तानसिङ्गल- सातमुरे सडक संघीय समपुरकको रुपमा अगाडी बढाउने जनाएको छ । यस्तै धजावान्ने देखि ३नं वडा कार्यालय तालपोखरा-अर्घाखाँची सडक, तानसिङ्गल- सोमादी-सिद्धेश्वर सडक, मेहलछेडा ज्यामिरे बुढीदमार- हात्तीकुना सडक प्रदेशकाे समपुरकमाअघि बढाइने भएको छ । एक वडा एक गौरबको योजना तथा कार्यक्रमलाई सञ्चालन गरिनेछ ।यस्तै शिक्षातर्फ प्राविधिक शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम, विद्यालय नर्स कार्यक्रम र बुक फ्रि डे जस्ता कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

१६औँ गाउँ सभामा अध्यक्ष भट्टराईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम माथि गाउँ सभाका सदस्यहरु नारायणी गहतराज, सूर्यबहादुर कार्की, धनबहादुर रायमाझी लगायतले आ-आफ्ना भनाई राख्नुभएको थियो । १६ औँ गाउँ सभा तथा अधिवेशनको दोस्रो बैठक २०८१ असार १० गते बस्ने सभाका सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *