लुम्बिनी प्रदेश सरकारकाे बजेट ३८ अर्ब ९७ करोड

दाङ, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेशकाे आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेश सभा चौँथो अधिवेशन तथा तेह्रौं बैठकमा उक्त बजेट प्रस्तुत गर्नुभएकाे हाे।

मन्त्री आचार्यले प्रदेश सभाकाे चाैँथाे अधिवेशन तथा तेह्रौं बैठकमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३ दशमलव ०९ प्रतिशत विनियोजित रकम सहितकाे बजेट सभामा प्रस्तुत गर्नुभएको हाे। उहाँले प्रदेश सभामा आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुहुँदै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८ दशमलव ०६ प्रतिशत अनुमान गरिएको छ भन्नुभयो ।कृषि,स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र अधुरा आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर बजेटमा रकम विनियोजन गरिएको सभामा बजेट प्रस्तुत गर्दै बताउँनुभएकाे छ ।

लुम्बिनी प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च,दिगो आर्थिक वृद्धि सहितको आर्थिक स्थायित्व कायम गर्दै आर्थिक विकासमा जोड दिइएको छ । त्यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच,भौतिक पूर्वाधारको परिमाण र गुणस्तर अभिवृद्धि गर्दै समृद्धिका लागि सम्भाव्यता क्षेत्रहरुकाे पहिचान गर्ने उल्लेख गरिएको छ । सभामा प्रस्तुत बजेटमा कृषि,पर्यटन विकासको प्रवर्द्धन गर्दै रोजगारीका अवसरहरुकाे सिर्जना गर्ने स्वरोजगार बनाउने लक्ष्य रहेको मन्त्री आचार्यले बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *