लैङ्गिक समानता लागि नीति तयार गर्दै तानसेन नगरपालिका

पाल्पा, तानसेन नगरपालिकाले लैङ्गिकमैत्री नगरपालिका बनाउनलाई लैङ्गिक समानता नीति तयार पारेर अघि बढ्ने जनाएको छ । लैङ्गिक समानतामा आधारित रही समतामूलक तथा समावेशी नगरपालिका बनाउने सोँचले अघि बढेको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउँनुभयाे । सिडिडब्लुएले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले तानसेनमा महिला, अपाङ्ग, दलित तथा यौनिक अल्पसङ्खयमैत्री कार्यक्रमहरु तानसेन नगरपालिकाले गर्दै आएको नगर प्रमुख श्रेष्ठले बताउँनुभयो । तानसेन नगरपालिका उप-प्रमुख प्रतिक्षा गाहा सिंजालीले सिडिडब्लुएकाे कार्यक्रममा बाेल्नुहुँदै स्थानीयतहकाे नीति र रणनीति,योजना,संरर्चना,कार्यक्रम र बजेटमा लैङ्गिक समानता एवं सामाजिक न्याय समावेशीकरणको विषय मूल प्रवाहीकरण गर्ने लक्ष्यले लैङ्गिक समानताका लागि जनतालाई जिम्मेवार र संवेदनशील बनाउन क्षमता अभिवृद्धि गराउने कुरा नगरको योजनामा समावेश रहेको उहाँले बताउँनुभयो । कार्यक्रममा तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिला, सामाजिक शाखा प्रमुख भरतप्रसाद आचार्य, सिडिडब्लुएनका कार्यक्रम प्रबन्धक रिजु रसाइली,निर्मला शाही लगायतले नगरपालिकाले सबै क्षेत्रमा लैङ्गिक समानता कायम गर्नका लागि सामाजिक तथा आर्थिक रुपान्तरणको आधार निर्माण गर्ने लक्ष्य लिएको बताउँनुभयो ।

कार्यक्रममा सहभागीका तर्फबाट नगरका कार्यपालिका सदस्य संजय घलले शिक्षा,स्वास्थ्य,रोजगारी,पूर्वाधार,पर्यटनमा लैङ्गिक नीति र समावेशी के हुने भन्ने बारेमा तानसेन नगरपालिका मौन रहेको भन्दै त्यसतर्फ ध्यानदिन र समावेश गर्न सुझाव दिनुभयो ।
तानसेन नगरपालिकाले लैङ्गिक समानतामा आधारित महिला, बालिका एवं यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको बहुपक्षीय सशक्तीकरण एवं विकासका लागि नीतिगत,कानुनी तथा संरचनागत क्षमता अभिवृद्धिलाई सुदृढ गर्न विभिन्न कार्ययोजनाको परिकल्पना गरेको जनाएको छ ।

महिला अधिकारमा आधारित लैङ्गिक उत्तरदायी शासन पद्धति सुनिश्चित गरी लैङ्गिकतामा आधारित सबै प्रकारका हिंसा विभेद अन्त्य गर्न अभियान चलाउने गरि नगरपालिका अघि बढेको छ।भन्दै लैङ्गिक समानताका लागि व्यवहार परिवर्तन गर्न जरुरी रहेकोले त्यसका लागि नगरपालिकाले प्रोत्साहनकाे नीति तथा कार्यक्रम सहितको कार्ययोजना अघि बढाएको नगर उपप्रमुख सिंजालीले बताउँनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *