वडा कार्यालय भैरवस्थानकाे लगानीमा ट्राफिक लाइट जडान

पाल्पा,रिब्दीकोट गाउँपालिका वडा कार्यालय भैरबस्थान पाल्पाको आर्थिक वर्ष २०८०/०८१ को विनियोजित रकम एक लाख पचास हजार रूपैयाँमा ट्राफिक लाइट व्यवस्थापन गरिएको छ। भैरब जनता माध्यमिक विद्यालयकाे प्रवेशद्वारमा निर्मित भएको ट्राफिक लाइट बाटोक्रस संकेत बत्तीको उद्घाटन गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गर्नुभएको छ।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल रहनुभएको थियोे । भैरव जनता माध्यमिक विद्यालयकाे समन्वयमा जडान गरिएको ट्राफिक लाइट पाल्पा जिल्लाकै पहिलो भएको विद्यालयका प्रधानाध्यापक सुरेश प्रसाद गाैतमले जानकारी दिनुभयो । वडा कार्यालय भैरवस्थानका वडाअध्यक्ष सोमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम रिब्दीकाेट गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनाल लगायतकाे उपस्थितिमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *