विपद्काे पूर्व तयारीमा जुट्दै रैनादेवी छहरा गाउँपालिका

नवराज ज्ञवाली पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले वर्खा सुरु भए संगै गाउँपालिकामा हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै विपद्का कारण हुने जाेखिम र जनधनको क्षतिलाई न्यूनीकरण गर्न गाउँपालिकाकाे विपद् व्यवस्थापन समितिको बैठक बस्दै विपद् व्यवस्थापनकाे लागि पूर्व तयारी सम्वन्धि छलफल भएको छ ।

गाउँपालिकामा गत वर्षभन्दा यस वर्ष पानी धेरै आउने जल तथा मौसमविद्ले पूर्वानुमान गरे अनुसार बाढी तथा पहिरोबाट हुने क्षतिलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयसंग केन्द्रीत भई रैनादेवी छहरा गाउँपालिकाकोविपद् व्यवस्थापन समितिले पूर्व तयारी गर्नको लागि बसेकाे बैठकमा विपद्काे जाेखिमबाट जनतालाई कसरी सुरक्षित गराउन सकिन्छ र त्यसको समाधान गर्ने उपायकाे विषयमा केन्द्रित छलफल गर्दै विपद्काे बैठकले त्यसको न्यूनीकरणका लागि सबै सजक भएर अगाडि बढ्नुपर्ने गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले जानकारी दिनुभयो ।उहाँले गाउँपालिकामा बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति एवं भू-क्षयका कारण हुने मानवीय जाेखिमले गाउँपालिका भित्रका नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था नपरोस् भन्ने उद्धेश्यले विपद् पूर्व तयारीका लागि बैठक बसेकाे बताउँनुभयाे।

बैठकमा गाउँपालिकामा विपद् पछिको उद्धार लगायत व्यवस्थापनका लागि जनप्रतिनिधिहरूको सहयोगमा कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, साथै अन्य सरोकारवालाकाे सहकार्यमा गाउँपालिकाका कुनै पनि घटेका घटनाकाे खबर पाउना साथै आवश्यक जनशक्ति तथा उपकरण सहित पुग्ने गरी तयारी थालिएको रैनादेवी छहरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सेनाले बताउँनुभयो ।उहाँले विपद् व्यवस्थापन समितिकाे पूर्व तयारी बैठकमा बाेल्दै भन्नुभयो यहाँका ग्रामीण भेगमा जाने सडककाे अधिक वर्षाका कारण जाने पहिरोले सडक बन्द हुन सक्ने भएकाले त्यसलाई स्थानीयतहबाट निजी क्षेत्रका डोजर,स्काभेटर धनीसंग समन्वय गरी बाटो पुनः सञ्चालन गर्ने, जुनसुकै बेला पनि समस्या आउन सक्ने भएकाले सवारी चालक तथा साधनको व्यवस्थापन गर्ने र विपद् पछिकाे उद्धार कार्यका लागि सबै निकाय संयुक्त रूपमा काम गर्नेगरी तयारीलाई तिव्र बनाउन गाउँपालिकाबाट तत्कालै जनशक्ति परिचालनका लागि तयारी हुनुपर्ने जिल्ला प्रशासन कार्यालय पाल्पा प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउँनुभयो ।

रैनादेवी छहरा जुठापौवा छहरा सिद्धेश्वर छहरा भुवनपोखरी छहरा लगाएतका सडक सञ्जाल अधिक वर्षा कारणले पहिरो गई सडक अबरुद्ध हुन सक्ने भन्दै गाउँपालिकाले त्यसको पूर्व तयारी थालेको र वर्षातकाे समयमा बाढीपहिराेकाे कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई दृष्टिगत गर्दै आवश्यक तयारीमा जुटेको गाउँपालिका जनाएको छ । विपद् व्यवस्थापन समितिकाे कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पा प्रतिनिधि राजनिति दल एवं सरोकारवालाले विपद् व्यवस्थापन सम्वन्धि पूर्व तयारी बारेमा छलफलमा सहभागी रहनुभएकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *