विपद् समितिको बैठक बगनासकालीमा सम्पन

पाल्पा, बगनासकाली गाउँपालिकाकाे वातावरण तथा बिपद् व्यवस्थापन समिति र सरोकारवालाहरू बीच बैठक सम्पन भएको छ ।वातावरण तथा बिपद् व्यवस्थापन समिति बैठकमा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले विपद् व्यवस्थापनको काममा निरन्तर लागि रहेको बताउँदै गाउँपालिकाले बिपद् प्रभावित हुनुभएका आम नागरिककाे समस्यालाई समाधान गर्न तत्कालै राहतकाे उपलब्ध गराउन गाउँपालिका लागिपरेको बताउँनुभयाे। बैठकमा उहाँले सहजताका लागि गाउँपालिका निरन्तर सेवामा समर्पित भई काम गरिरहेकाले कहिलेकाहीँ काम गर्दै जाँदा कतै ध्यान नपुगेको भए भन्नूहुँन समेत आग्रह गर्नुभयो । विपद न्यूनीकरण समितिकाे पहिलो प्रयास घटना हुनबाट बचाउन सचेतना दिने र यदि प्राकृतिक रूपमा घटना भैहाले कम क्षेती र छिटो उदारका लागि गाउँपालिका नीतिगत रुपमै लागेको समेत अध्यक्ष चिदीले बैठकमा बताउँनुभयो । उहाँले केही दिन अघि आएको अविरल वर्षाका कारणले बगनासकालीकाे यम्घामा भएको बिपद्ले क्षति पुगेको बताउँदै त्यसका लागि गाउँपालिकाबाट पिडामा रहेको नागरिककाे लागि सहयोग स्वरूप खाद्यान्न लत्ताकपडा सहितकाे राहत सामग्री उपलव्ध गराएको अध्यक्ष चिदीले बताउँनुभयो ।

समिति बैठकमा सामाजिक श्रोत विकास केन्द्र नेपाल कार्यकारी निर्देशक चोपलाल गिरिले गाउँपालिकाहरुसँगको साझदोरी तथा समन्वयमा विपद् व्यवस्थापनको काम अघि बढाइएको उहाँले बताउँनुभयो । बैठकमा उहाँले भन्नुभयो, “विपद्का व्यवस्थापनको काममा गाउँपालिकासँग साझेदारीमा कार्यक्रम गरिएको छ ।” कस्तो बेलामा कस्तो सहयोग गर्ने,तालिम प्राप्त जनशक्ति के – कति छ्न ? त्यसको समेत रेकर्ड राखेर काम गर्ने कार्ययोजना समेत बनेकोले त्यही अनुसारको बिपद् व्यवस्थापन सम्वन्धि काम गर्ने बताउँनुभयो ।

बिपद् व्यवस्थापन समितिकाे बैठकमा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाकाे धेरै स्थानहरूमा हुन सक्ने जोखिमलाई स्थानीय श्रोत र साधनको प्रयोग गर्दै कमी ल्याउन प्रयास गरिएको बताउदै जनताले महशुल गर्ने गरि दुःख सुखमा गाउँपालिका सगंसगै छ भन्ने अनुभूति दिनलाई गाउँपालिकासंगै रहेको बताउँनुभयो ।

गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले विपद् व्यवस्थापन समिति बैठकमा सबैको सहकार्यले मात्र मलम लगाउन सकिने बताउँदै उहाँले विपद् जति बेला पनि आउन सक्ने भएकै कारण तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभयो । बैठकमा उहाँले गाउँपालिकामा भएको विपद् कोषबाट विपद् समस्यामा रहेका सबै नागरिकलाई राहत र आर्थिक सहयोग गरेको उल्लेख कुरा उल्लेख गर्नुभयो ।

बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले आवश्यकता अनुरुप राहत उपलब्ध गराउने र विभिन्न संघ संस्थाहरुसंगकाे सहकार्य गर्दै जाने निर्णय भएको बताउँनुभयो । उहाँले समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम लैजाने, मिडिया परिचालन गर्ने,सचेतना कर्याक्रम सञ्चालन गर्ने योजना समेटिएको उहाँले बताउँनुभयो । बिपद् घटना भएको स्थानमा तत्कालै उद्वार सहजताका लागि विभिन्न शाखा प्रमुख साझेदारी संस्था पत्रकार सम्मेलीत सात सदस्यीय मानवीय सहायता सहयोग समिति गठन गरिएको समेत उहाँले बैठकमा जानकारी दिदै बताउँनुभयो । वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक बोमलाल सुनारले सबै क्षेत्रको सहयोग र सहकार्यले मात्र विपद् न्यूनिकरणमा सहयोग पुग्ने बताउँदै सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँनुभयो । बैठकमा वडाध्यक्षहरु कार्यपालिका सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधि, कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *