साना किसान सहकारीद्वारा सदस्य तथा गैह्र सदस्यलाई पचास प्रतिशत अनुदानमा सुन्तला तथा कागतीकाे बिरुवा बितरण

पाल्पा,रिब्दीकाेट गाउँपालिका हार्थाेकमा रहेको साना किसान कृषि सहकारी संस्थाले आफ्ना सदस्य तथा गैह्र सदस्यहरूलाई आधारमा आधारित कागतीकाे बिरुवा बितरण गरेको छ। सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद आचार्यले माग आधारित सदस्य तथा गैह्र सदस्यलाई बिरुवा बितरणमा भन्नुभयो । विषेश गरि रिब्दिकाेटका डाडा भेगमा सुन्तला र कागतीहरू राम्रो हुने भएकोले आफ्ना सदस्यकाे सुविधाका लागि कागतीकाे बिरूवा मागकाे आधारमा बिरुवा मगाई सहकारीबाट किसानहरूलाई बितरण गरिएको बताउँनुभयाे । फलफुल र सौन्दर्यजन्य बिरुवा रोपणमा सहकारीले विगतदेखी नै जोड दिएको आएको बताउँदै उहाँले बजारको माग पनि राम्रो रहेकोले कागती सहित अन्य फलफुलका बिरुवा लगाउन प्राेत्साहन गरिरहेकाे समेत अध्यक्ष आचार्यले भन्नुभयो । उहाँले स्थानीयरूपमा फलफूलकाे उत्पादन बढाउन किसानलाई अनुरोध गर्नुभयो ।

सहकारी व्यवस्थापक बिनिता गाैतमले वितरण गरिएको बिरुवालाई जगाउन र सही गाेडमेलले मात्र बिरुवा हुर्किने भन्दै त्यसमा सदस्यहरूले विषेश ध्यान दिन जरुरी रहेको बताउँदै हुर्केको बिरूवाले राम्रो उत्पादन दिने समेत उहाँले बताउँनुभयाे ।साना किसान कृषि सहकारी संस्था लिमिटेडले सदस्यकाे मागमा रही एक हजार दुई सय माथि कागतीकाे बिरुवा सदस्य तथा गैह्र सदस्यहरूलाई बितरण गरेको सहकारीले जनाएको छ । सहकारीले बजारमा प्रति बिरुवा एक सय पचास रूपैयाँ पर्ने कागती र सुन्तलाकाे बिरूवालाई चालिस रूपैयाँमा झिकाई सदस्यलाई पचास प्रतिशत अनुदानमा अक्षरूपी बीस रुपैयाँका दरले एक हजार दुई सय बोट बिरुवा कागती तथा सुन्तलाकाे बिरुवा सदस्य तथा गैह्र सदस्य किसानहरूलाई बितरण गरेको व्यवस्थापक गाैतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *