अखिल नेपाल महिला संघ क्रान्तिकारी रिब्दिकाेटकाे प्रथमसम्मेलन सहित नयाँ कार्यसमिति चयन

पाल्पा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रिब्दिकाेट गाउँपालिकाले प्रथम सम्मेलन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट रहेको अखिल नेपाल महिला संघ क्रान्तिकारीले संघ स्थापना गर्दानै “सम्पूर्ण मुक्तिकामी महिलाहरू एक हाैँ “ भन्ने आदर्श वाक्य सहित शाेषित पिडित र उत्पिडनमा परेका महिलाहरूलाई संगठित गर्दै आफ्नो संगठानिक गतिविधिहरूलाई अगाडि बढाउँदै आएको छ।

नेकपा माओवादी केन्द्र रिब्दिकाेट गाउँपालिका पार्टी कमिटी सदस्य गाेमा थापा पचभैयालाई अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे संयाेजककाे जिम्मेवारी ताेकेसंगै संयाेजक पचभैयाले पार्टी जिल्ला स्तरमै पहिलोपटक अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे रिब्दिकाेट गाउँपालिका स्तरीय प्रथम सम्मेलन गर्न सफल हुनुभएको छ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे प्रथम सम्मेलन तथा नयाँ समिति चयन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति पाल्पाका सचिव मथुरा ढकालले आफ्ना हक अधिकार र वर्गीय मुक्तिका लागि नेकपा माओवादी केन्द्र एवं अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे संगठनमा जाेडिएर संर्घष गर्नुपर्ने बताउँदै प्रमुख अतिथि ढकालले अहिले नयाँ परिस्थिति सहितकाे संर्घष जरुरी रहेकोले महिलाहरूकाे मुक्तिका लागि नयाँ ढंगकाे संगाठिनिक, बैचारिक स्पष्टता आवश्यकता रहेको भन्दै पार्टीको तर्फबाट अघि बढ्न र संगठन विस्तार गर्न प्रशिक्षण दिने जस्तोसुकै समस्यामा पनि पार्टी संगसंगै रहने भएकोले यहाँहरू घरकाे चुलोचाैँकाेसंगै आफ्नो अधिकारका निम्ति अखिल नेपाल महिला संघ क्रान्तिकारीमा संग्लन भएर अगाडि बढ्न र आवाजलाई बुलन्द गर्न सक्नुपर्ने बताउँदै शुभकामना दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि रिब्दिकाेट गाउँपालिका अध्यक्ष एवं पार्टी गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले यहाँले अमुल्य मत दिएर पालिकाकाे नेतृत्वमा पठाएको जिम्मेवारीलाई आत्मसात् गर्दै आफुले जस्तोसुकै परिस्थितिमा पनि यहाँहरूले दिएको जिम्मेवारी पूरा गर्ने आफुले पार्टीको नीति निर्देशनमा जनमुखी कार्यक्रम बनाउने गरेको भन्दै यहाँहरूकाे प्राप्त सुझाव अनुसार आगामी नीति तथा कार्यक्रम बनाउने बताउँदै अहिले पालिकामा आर्थिक वर्षको नीति तथा कार्यक्रम बन्दै गरेकोले यहाँहरूकाे आवश्यकता र विकासका लागि चाहिने स्राेतहरूकाे पहिचान गरि सुझाव प्रस्तुत गर्न आग्रह गर्नुहुदै अध्यक्ष कार्कीले जनताको जीवनस्तर उठाउन र अवस्थामा परिवर्तन ल्याउनका लागि थुप्रै जनमुखी कार्यक्रम गर्दै जनताको माग आधारित रहि नीतिगत रूपमा काम गर्दै आएको बताउँनुभयाे । कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले अहिले रिब्दिकाेटबाट सरकारले लाेक कल्याणकारी काम गर्दै जनताको अवस्थालाई परिवर्तन गर्न कृषिमा ठूलो धनराशि खर्चिएकाे बताउँदै उहाँले पालिकाकाे वडाका सबै टाेलहरूमा फरकफरक कार्यक्रम बनाइ अनुदान सहयोग उपलब्ध गराएको भन्दै स्वास्थ्यमा पालिकाका करिव एक हजार छ सय बढि जनतालाई नि:शुल्क विशेषज्ञ सेवा सहित स्वास्थ्य सेवा प्रदान गरि सहयोग गरेको समेत बताउँनुभयाे।उहाँले रिब्दिकाेटलाई नमुना पालिका बनाउन यहाँहरूले दिने सुझाव महत्त्वपूर्ण हुने भएकोले पालिकाकाे काममा सधैं निगरानी गर्नलाई अनुराेध गर्नुभयो ।अहिले प्रत्येक टाेलमा फरकफरक कार्यक्रम बनाई जनतामुखी याेजना ल्याउन चाहेकाे र त्यसका लागि यहाँहरूबाट सहयोग हुनुपर्ने बताउँदै अध्यक्ष कार्कीले शुभकामना दिनुभयो ।


त्यस्तै अर्का विशिष्ट अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रितु श्रेष्ठले महिलाहरूकाे समान हक अधिकार र वर्गीय मुक्तिका लागि अनेम संघ क्रान्तिकारी जहिल्यै पनि महिला दिदीबहिनीहरूकाे साथमा रहेको बताउँदै जस्तोसुकै कठिन परिस्थितिमा अधिकार प्राप्तीकाे लडाइँमा अग्रपंक्तिमा रहेर संघर्ष गर्ने गरेको भन्दै वर्गीय लडाइँमा सधैं साथमा रहने भएकाले पनि संगठनलाई सुदृढ गर्दै अघि बढन यहाँहरूकाे साथ आवश्यक रहने बताउँदै संगठनमा आवद्ध हुन आग्रह गर्नुहुदै शुभकामना दिनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य लीला साेमैले संविधानले थुप्रै हक अधिकार संविधानमा उल्लेख गरेको बताउँदै त्यसका लागि दस वर्षको सशस्त्र जनआन्दोलन लगायतका संघर्षकाे उपलब्धि रहेको बताउँदै अब प्राप्त अधिकार सुनिश्चित गर्न संगठित भएर लाग्नुपर्ने भन्दै शुभकामना दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य नेवबहादुर वली ” नवीन ” मेघराज आचार्यले महत्त्वपूर्ण भनाइ संगै पार्टीकाे बिचार भन्दा बाहिर काेही पनि नहुने भन्दै आ-आफ्नो धारणा सहित शुभकामना दिनुभयो ।

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर जिल्ला कार्यवाहक अध्यक्ष नवराज ज्ञवालीले महिलाहरूकाे अधिकार प्राप्तिको संघर्ष लडाइँमा पत्रकारहरूकाे तर्फबाट सधै साथ रहने बताउँदै शुभकामना दिनुभयो ।

त्यस्तै एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन रिब्दिकाेट अध्यक्ष दलवीर उचैले पार्टीभित्रका सबै वर्गीय संगठनका अधिकार प्राप्त गर्न गरिने संघर्षका कार्यक्रमहरूमा शिक्षक संगठनकाे साथ रहने भन्दै शुभकामना दिनुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरूले आ- आफ्नो धारणा सहितकाे शुभकामना मन्तब्य राख्नुभएको थियो ।अखिल नेपाल महिला संघ क्रान्तिकारी रिब्दिकाेट गाउँपालिका स्तरीय प्रथम सम्मेलनकाे अवसरमा संघर्षका कार्यक्रमहरूमा र संगठन निर्माणका कामहरूमा महत्त्वपूर्ण याेगदान गर्नेहरूलाई उच्च मुल्यांकन गर्दै सम्मान गरेको छ। सम्मानित हुनेहरूमा गाेमा थापा पचभैया,बिमला थापा,सीता पाँडे, सम्झना विश्वकर्मा, तारा खाम्चा, तुल्सा रास्काेटी,धना रूचाल, सीता रसाइली , हुमा दमै, सीता रूचाल, अम्विका नेपाली र भद्रकला सार्की सम्मानित हुनुभएको हाे।

त्यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारी रिब्दिकाेटकाे प्रथम सम्मेलनले गाेमा थापा पचभैयाकाे नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। जस अनुसार उपाध्यक्ष सरिता राेका रायमाझी, सचिव सीता कुमाल, सह-सचिव बिना पाेखरेल, काेषाध्यक्ष तारादेवी आले र सदस्यहरूमा कृष्णा उचै,सीता बगाले,शान्ता पाँडे, कमला लामिछाने ,सरस्वती गैरे,गीता विक, अम्विका सुन्धाैली,धना रूचाल, लक्ष्मी विक, गाेमा सुनार, देवकी थापा, सिर्जना राउत, कमला सुनार र अनिसा सुनार रहनुभएकाे छ । सम्मेलनले तीन जनाकाे सचिवालय समेत गठन गरेको छ । जसमा बालकुमारी थापा, तुल्सा रास्काेटी, राधिका मल्ल सुनार रहनुभएकाे छ।

निर्वाचित अध्यक्ष गाेमा थापा पचभैयाले आफुले आगामी दिनमा संगठनकाे जिम्मेवारीलाई थप उचाइमा पुर्‍याउन मुख भूमिकामा रहेर काम गर्ने प्रतिबद्धता गर्नुहुदै याे जिम्मेवारी प्रदान गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियोे । अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे प्रथम सम्मेलनकाे अध्यक्षता गाेमा थापा पचभैयाले गर्नुभएको थियोे भने मिरा रानाको स्वागत र सीता कुमालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *