अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध शिर्षकमा वक्तृत्वकला

पाल्पा,तानसेन नगरपालिकाकाे बन्दिपाेखरामा रहेको लक्ष्मी माध्यमिक विद्यालय पाल्पामा अतिरिक्त क्रियाकलाप अन्तर्गत “व्यक्तित्व विकासमा विद्यालयकाे भूमिका” विषयक कक्षा ६-८ काे वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ६-८मा अध्ययनरत विद्यार्थीहरूकाे सहभागीता रहेको उक्त प्रतियोगीतामा साेनिक कुँवर प्रथम, अन्जना बुढामगर द्वितीय र बिष्णु विश्वकर्मा तृतीय हुनुभएको छ।”सामाजिक सन्जालकाे प्रयोग र प्रभाव” शिर्षकमा गरिएको वक्तृत्वकला कक्षा ९-१०बाट सहभागी विद्यार्थीहरूमध्ये समिता पुन मगर प्रथम, प्रमिशा डम्बरपाल द्वितीय र दुर्गा आचार्य तृतीय हुनुभएको हाे ।

त्यस्तै मेरो देश शिर्षकमा कविता वाचनका लागि कक्षा १-३ का विद्यार्थी सहभागी भएकोमा कविता वाचनमा कुशल बाेहरा प्रथम, जेनिशा बुढा द्वितीय र नुरीफतमा खातुन तृतीय हुन सफल रहनुभएकाे थियो । सहभागी मध्ये सूचना अधिकारी र सन्ताेष ढकाल सान्त्वना हुनुभएको छ । विद्यालयकाे अतिरिक्त क्रियाकलाप सहभागी भइ प्रथम,द्वितीय र तृतीय सहित सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद सिग्देलले हार्दिक बधाई एवं पुरस्कार सहित सम्मान गर्नुभएको थियोे ।विद्यालयले विद्यार्थीकाे अन्तरनिहित प्रतिभा प्रष्पुटन गर्नलाई अन्तर सदनात्मक प्रतियोगिता सहित विविध विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानाध्यापक सिग्देलले बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *