अधिकार नदिए प्रदेश खारेज गर्नुपर्ने : काँग्रेसका नेता काफले

उर्मिला यादव यात्री रूपन्देही, भैरहवा नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफलेले प्रदेशलाई अधिकार नदिए प्रदेश खारेज गर्नुपर्ने बताउनु भएको छ । उहाँले भेटघाटमा अधिकार पाए प्रदेश उत्कृष्ट रहेको भन्दै अधिकार विनाको प्रदेश नाम मात्रको हुने भएकोले अधिकार नदिए प्रदेश खारेज गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिती क्षेत्र नम्बर-३ रुपन्देहीले भैरहवामाआयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै काँग्रेसका केन्द्रिय सदस्य एवं बागमती प्रदेशसभा सदस्य काफलेले यदि अधिकार प्रदेशलाई नदिने हो भने बिना बाजाको डम्फु बजाएर काम छैन भन्दै प्रदेशलाई अधिकार दियो भने प्रदेशले जति बिकास गर्न सक्ने र सबै मन्त्रालय सजिलै हेर्न सक्ने अरु कुनै सरकार हुनै नसक्ने दाबी गर्नु भयो ।उहाँले आफु प्रमुख सचेतक भएको र अहिले राजिनामा दिएको उल्लेख गर्नु भयो संसद्ले कांग्रेस जन्माएको होइन । कांग्रेसले संसद् जन्माएको हो । बलियो कांग्रेसले बलियो संसद चलाउन सक्छ भनेर त्यहाँ अल्मिलिनु भन्दा देशभरी घुम्ने र जनताको माझमा पुग्ने ध्ययले आफुले राजनीमा दिएको बताउनु भयो । ’प्रदेशमा बिना सेनाको सेनापति र प्रहरी बिनाको गृहमन्त्री रहेको उहाँले बताउनुभयो ।

नेता काफ्लेले सरकार संबिधानको मुलमर्म अन्तर्गत नहिडेका कारण कठिनाई भैरहेको बताउनुभएको छ । उहाँले देशमा रहेको शिक्षाले घर ,परिवार र समुदायमा सहजता प्रदान गर्न नसकेको बताउनुभयो । उहाले देश अन्तर्गत शिक्षा नभएको भन्दै यहाँको उत्पादन, यहाँको जीवनसंग, जडीबुटी, वनजंगल लगायत देशको विभिन्न प्राकृतिक स्रोत साधनसंग शिक्षालाई जोडन नसकेकोले युवाहरु बिदेशिने क्रम दिनहुँ बढेर गएको उहाँले भन्नुभयो । उहाँले संविधानमा भएका तर लागु नभएका कुराहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस बिषयमा छलफल भैरहेको बताउँदै संविधान नै नेपाली जनताको लागि बाधक भए त्यो नै परिर्वतन गर्नुपर्नेमा कुरामा जोड दिनुभएको छ ।

काँग्रेस नेता एवं प्रदेशसभा सदस्य काफ्लेले भेटघाट तथाअन्तक्रिर्या कार्यक्रममा बाेल्दै समस्या हुने काम काँग्रेसले गर्न छुट नभएको बताउनुभयो । उहाँले जनताको कुरा नै काँग्रेसको कुरा भएकोले संविधानमा यी कुराहरु संशोधन गर्नुपर्ने उहाँले भेटघाटमा बताउनुभएको छ । नेपाली काँग्रेसका जनप्रतिनिधीहरुलाई आ-आफनो ठाउँमा जिम्मेवारी बहन गरेर अगाडी बढनुपर्ने बताउनुभएको छ। उहाँले नेपाली काँग्रेसभित्र पनि समस्या छन्। किन हुदैन काँग्रेस भित्र समस्या , गाउँ , देश सबै तिर समस्या हुने कांग्रेसमा समस्या नहुने किन भन्दै प्रश्न गर्नु भएको छ । अहिले सात प्रदेश , प्रदेश संरचना लगायत संविधान फरक बनेको छ । यो संविधानको मर्म फरक छ । त्यही भएर कांग्रेसमा मानसिक र ब्यवहारिक रुपमा कठिनाई भएको उहाँले भन्नुभयो । यसको समाधानको लागी स्थानीय पालिकाहरुले विशेष भुमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाले देशमा थुप्रै समस्या भएको बताउदै शिक्षालाई कस्तो बनाउने बिषयमा स्थानीयतहको महत्वपुर्ण भुमिका रहेको समेत उल्लेख गर्नुभयो ।स्थानीयतहमा सबै अधिकार छ ।आर्थिक लगायत सबै साधन स्रोत भएर पनि स्थानीयतह चुप लाग्नुको कारण बुझ्न नसकेको बताउँदै यस्ता बिषयमा आवाज उठाउन आग्रह गर्नुभएको छ । उहाँले स्थानीयतहमा छलफल, परामर्श गरी अगाडी बढन आग्रह गर्नुभएको हाे । उहाँले नेपाली काँग्रेसले गर्दा नै देशमा परिर्वतन आएको बताउँदै उहाँले हामी आफैले संविधान बनाएर त्यसको कार्यान्वयन गर्न नसकिरहेको कुरा उल्लेख गर्नुभयो ।

काँग्रेस नेता काफ्लेले संविधानमा शिक्षा, रोजगार लगायत सबै कुराको ग्यारेन्टी भएको बताउदै त्यसको कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले यसको खबरदारी अब काँग्रेसले नै गर्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले स्थानीयतहमा संविधान कार्यान्वयन गर्न किन सकिरहेका छैनौ भन्दै प्रश्न गर्नु भएको थियो ।उहाँले हामी सबै हरेक ठाउँमा आफनो कर्तव्य र जिम्मेवारी बहन गर्नुपर्ने बताउँदै आफुमा भएको कमीकमजोरीलाई सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशमा परिर्वतन लगायत शिक्षा, स्वास्थ्य , बिजुली ,भौतिक बिकास लगायत सबै काम काँग्रेसको पालामा भएको बताउनुभयो यस्तै गरी नेता काफ्लेले नेपाली काँग्रेसले बालकृष्ण खाणमाथि अन्याय नगरेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘अदालतमा मुद्दा विचाराधीन रहेको र त्यसलाई अदालतले नै निर्णय गर्ने हो , त्यो कुरा कांग्रेसले निर्णय गर्ने होइन । तर, कांग्रेसले बालकृष्ण माथि अन्याय गरेको जस्तो लाग्दैन । ’ कार्यक्रममा नेपाली कांग्रेस बागलुङ जिल्ला सभापति तथा गण्डकी प्रदेशसभा सदस्य जितबहादुर शेरचनले पार्टीलाई अगाडी बढाउनका लागि पार्टीमा नेतृत्व सहि हुनुपर्ने बताउँदै त्यसमा बिकास र संरचनागत रुपमा काम हुनुपर्ने बताउनु भएकोे छ । उहाँले संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै यस बिषयमा गहन छलफल भैरहेको उल्लेख गर्नुभयो ।

संविधान आज कार्यान्वयन हुन सकेको छैन जसले गर्दा समस्या सिर्जना भएकोले यसको संशोधन गर्नुपर्ने नेता शेरचनको भनाई छ । पार्टीमा सरकार संचालन गर्नेहरुनै जनताप्रति उत्तरदायी नहुनु र नेताहरु कार्यकर्ता प्रति उत्तरदायी नभएकोले ठुलो समस्या सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ठ भन्दा काँग्रेस फरक भएकोले काँग्रेसमा खुलेर बोल्न पाएको र यो अभियान संचालन गरेको बताउनुभएको छ । उहाँले जनप्रतिनिधी भएर आइसके पछि जनताको लागि मात्र काम गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर-३ का कोषाध्यक्ष कृष्ण खनालको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली काँग्रेस शुद्धोधन गाउँपालिका अध्यक्ष दामोदर पन्त, नेपाली काँग्रेस महासमिति सदस्य बिना न्यौपाने , जिल्ला समन्वय समिति रुपन्देही प्रमुख उमाकान्त चपाई, लगायतले बोल्दै नेपाली काँग्रेसमा रहेको गुट उपगुटमा रहीे पार्टी बिपरीत कार्य गर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर- ३ का सभापति सुशिल गुरुङको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो भने कार्यक्रम संचालन नेपाली कांग्रेस क्षेत्र नम्बर -३ का सचिव लेखनाथ भट्टराईले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *