अपांग भएका नागरिकप्रति बगनासकालीकाे शत प्रतिशत:भत्ता

पाल्पा, नेपाल सरकारले क र ख वर्गको अपांग भएका व्यक्ति हरूलाई भत्ता उपलब्ध गराए पनि जिल्लाकाे बगनासकाली गाउँपालिकाले भने ‘ग’ र ‘घ’ वर्गका अपांग भएका व्यक्तिलाई समेत मासिक भत्ता वितरण गर्दै लाेक कल्याणकारी कार्य गर्दै आएको छ । नेपाल सरकारले क र ख लाई मात्र भत्ता दिने गरे भएपनि गाउँपालिकाले अन्य स्राेतकाे व्यवस्थापन गरि अपांगता भएका आफ्ना नागरिकहरूलाई मासिक भत्ता दिइरहेको हो ।

गाउँपालिकाले नेपाल सरकारकाे क र ख काे उपलब्ध हुने रकम बाहेक आफ्नो आन्तरिक एवं अन्य स्राेत व्यवस्थापनले आफ्ना अपांगता भएका व्यक्तिहरूको लागि गाउँपालिका संरक्षक रहने घोषणा गरे सँगै ‘निर्वाह भत्ता’ स्वरुप मासिकरूपमा अपांग भत्ता वितरण गर्न थालेको हो । गाउँपालिका अध्यक्ष सरस्वती चिदीले आफ्ना अपांगता भएका नागरिकको जीवन यापनमा सहजता र स्थानीय सरकार साथमा छ भन्ने अनुभूति दिनलाई याे भत्ताको वितरण गरिएको बताउँनुभयाे। गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले अपांगता भएका व्यक्तिको जीवनयापनमा केही सहज होस् भन्ने उदेश्य अनुसार याे कार्यक्रमलाई सञ्चालनमा ल्याएको हो उहाँले भन्नुभयो । यस कार्यक्रमले गाउँपालिकाका आफ्ना अपांग नागरिकहरूको जीवन यापन गर्न केही सहजता र ती अपांग भएका व्यक्तिलाई स्थानीय सरकार साथमा छ भन्ने महशुल गराउन बगनासकाली गाउँपालिकाले आर्थिक सहयोग स्वरूप ग र घ वर्गका अपांगता भएका नागरिकहरूलाई भत्ता वितरण गर्दै आएको उहाँले बताउँनुभयाे ।

गाउँपालिकाले अपांगता भएका व्यक्ति मध्ये ‘ग’ वर्गलाई पाँच रुपैयाँ र ‘घ’ वर्गलाई तीन रुपैयाँ वितरण गर्दै आएको जानकारी दिदै गाउँपालिकाका प्रवक्ता टीका थापाले सो रकम बैंक खाता मार्फत वितरण गर्दै आएको बताउँदै उहाँले मासिकभत्ता वितरण गर्नुका साथै आवश्यक सामग्री समेत वितरण गर्दै आएको उहाँले बताउँनुभयाे । बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले अपांगता भएका आफ्ना नागरिक व्यक्तिहरुको पहिचान गरी निःशुल्क सामग्रीकाे वितरण गर्न सो कार्यक्रमका लागि गाउँपालिकाबाट पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउँनुहुँदै उहाँले गाउँपालिकामा ३८८ जना अपांगता भएका नागरिकहरू रहेकाे बताउँदै त्यसमा ‘क’ वर्गमा ४७ जना ,’ख’ वर्गमा १०८ जना, ‘ग’ वर्गमा ४९ जना र ‘घ’ वर्गमा ८४ जना रहेकाे प्रमुख प्रशासकीय अधिकृत लम्सालले
बताउँनुभयाे ।

त्यस्तै गाउँपालिकाकाे पञ्चिकरण शाखा प्रमुख भाेजराज भट्टराईले गाउँपालिकाभित्रका अपांग भएका नागरिकहरूको जीवन यापनमा सहज हाेस् भनेर नै सामाजिक सुरक्षा अन्तर्गत उक्त अपांग भत्ता ‘ग’ र ‘घ’ वर्गलाई लक्षित गरी मासिक रुपमा वितरण गर्दै आएको उहाँको भनाइ छ । यता ‘क’ र ‘ख’ वर्गलाई नेपाल सरकारले नै मासिक भत्ता वितरण गर्दै आएकोले अन्य वर्गकाे अपांगता भएकालाई गाउँपालिकाले केही सहजता लागि कार्यविधि बनाएर उक्त भत्ता वितरण गरेको पञ्चिकरण शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले आवश्यक कार्यविधि बनाएर भत्ता वितरण गरेको उहाँको भनाइ छ । सो कार्यविधि अनुसार सम्बन्धित वडाको सिफारिस, सम्बन्धित व्यक्तिको निवेदन, परिचय खुल्ने कागजात र चिकित्सकको स्वघोषणाको आधारमा गाउँपालिकाले उक्त रकम वितरण गर्ने उहाँले भन्नुभयो ।

‘क’ र ‘ख’ वर्गमा नपरे पनि अपांगता भएकै कारण केही काम गर्न नसक्ने व्यक्तिको जीविकोपार्जनमा सहज वातावरणको सिर्जना गर्नको लागि गाउँपालिकाले याे कार्यक्रम पहिलो पटक ल्याएको जानकारी दिदै उहाँले पन्ध्र दिनको अन्तरालमा शिविर समेत सञ्चालन गर्दै आएको पञ्चिकरण शाखा प्रमुख भट्टराईले भन्नुभयो । उहाँले स्थानीय सरकार घरआँगन नजिकैकाे सरकार भएकोले पनि आफ्नो नागरिकको अपन्त्व दिनको लागि नै याे कार्यक्रम ल्याएको उहाँले बताउँनुभयाे । कार्यक्रमबाट थोरै मात्रै रकम उपलब्ध हुने भएता पनि केही राहत मिल्ने भएकोले त्यहाँ सरकार छ भन्ने अनुभव गर्न मिल्ने गरि गाउँपालिकाले नागरिकहरूकाे भावनात्मक अनुभूति दिईरहेको समेत उहाँले भन्नुभयो । गत वर्ष गाउँपालिकाले वार्षिक रुपमा एकमुष्ठ रकम वितरण गर्दै आएको थियो । तर चालु आवदेखि छ महिनाको अन्तरालमा सो भत्ता वितरण गर्दै आएको छ । रकम गाउँपालिकाले सम्वन्धित सेवाग्राहीहरूकाे बैंक खातामा नै जम्मा गरिदिने गरेकोले अशक्त व्यक्तिलाई गाउँपालिकाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको उहाँको तर्क रहेको छ ।

बगनासकाली गाउँपालिकाले अपांगता भएको व्यक्तिहरूलाई लक्षित गरी आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्दै स्थानीय सरकार एवं लाभग्राही नागरिकको पचास प्रतिशत साझेदारीमा कार्यक्रम सञ्चालन गर्नका लागि वडा सरकार मार्फत कार्यक्रम बनाएर अपांगता भएको व्यक्तिकाे मागका आधारमा वडा सरकारले कार्यक्रम गर्दै आएको छ । गाउँपालिकाको वडा नम्बर १, ३ र ८ मा उक्त कार्यक्रम सञ्चालन भएको छ । भने बाँकी रहेका अन्य वडामा क्रमस सञ्चालन गरिने गाउँपालिकाकाले बनाएको छ।

त्यस्तै वडा नम्बर १ र ६ मा विपन्न परिवार धेरै भएकाले सो क्षेत्रलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले अभिभावक बिहीन बालबालिकाहरूका लागि अभिभावकत्व लिँदै आएको जनाउँदै सो बालबालिकाको लागि मासिक एक हजार रुपैयाँ भत्ता वितरण गर्दै आएको जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *