अवलोकन भ्रमणका लागि प्रमुख राेजाई गन्तव्यमा कुसुम सहकारी


पाल्पा, तानसेनकाे बिशालबजारमा केन्द्रीय कार्यालय रहेको कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड यतिबेला अध्ययन अवलोकन भ्रमणका लागि प्रमुख राेजाईमा पर्ने गरेको छ ।स्थापनाकाे छाेटाे समयमै ख्याति कमाएको यस सहकारीले सदस्यहरूकाे आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरि उत्पादनशील, आयमूलक सीपमूलक क्षेत्रमा लगानी गर्ने र व्यवस्थापन कार्यकाे प्रवर्द्धन गर्दै अगाडि बढेको सहकारीले सदस्य केन्द्रीत काम गरिरहेकाले संस्था स्थापना गर्दाको लक्ष्य अनुसारको काम गर्न आर्थिक सामाजिक एवं साँस्कृतिक एवं सदस्यहरूकाे दायित्व पुरा गर्नलाई उद्धत रहेको छ।

कुसुम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेश ढकालले चितवनकाे भरतपुर महानगरपालिका-५ आनन्दपुरबाट पाल्पा भ्रमणमा आएको टाेलीलाई कार्यालयमा स्वागत गर्दै सहकारी बाट हुने गतिविधिमा जानकारी गराउँनुभयाे । त्यस्तै अन्तर सहकारी भ्रमणमा पाल्पा आउँनुभएका अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव राजिव ओझाले आफ्नो संस्थाकाे जानकारी दिदै सहकारीले दुग्ध ,पशुदाना,मलखादकाे काराेवारलाई मुख्य बनाउँदै आफ्ना शेयर सदस्यहरूकाे आवश्यकतामा कृषि विज्ञ सहितको प्राविधिक सहयोग गर्ने तथा सदस्यहरूकाे उत्पादित बस्तुलाई बजार व्यवस्थापनमा सहयोग गर्ने गरेको जानकारी गराउँदै उहाँले वर्तमान अवस्थामा सहकारी संस्थालाई कसरी अपग्रेट गराउने, कसरी आधुनिक एवं प्रविधि मैन्त्री बनाउने र सहकारी सहकारी बीच एकअर्का प्रति कसरी समन्वयात्मक भावनाकाे विकास र कार्याअनुभवकाे साटासाट गर्ने विषय केन्द्रीत महत्त्वपूर्ण भेटघाट सहितको छलफल भएको थियोे ।

भ्रमणको क्रममा पाल्पा आउनुभएको टाेलीहरूसंग भेट एवं छलफलमा दुबै संस्थाका पदाधिकारीले एकअर्का बीचकाे सम्वध कसरी बढाउने र ज्ञानको कार्यअनुभवलाई कसरी अधिक प्रयोग गर्ने र दुबै संस्थाकाे उद्धेश्य एकै रहेकोले पनि एकअर्काला प्रति समर्पित भएर काम गर्ने र यहाँको सदस्यहरूकाे उत्पादित बस्तुलाई तराईसंग जाेड्ने र तराईमा आफ्नो शेयर सदस्यहरूले उत्पादन गरेको बस्तुलाई पहाडमा कसरी व्यवस्थापन गर्ने विषय केन्द्रीत याे भ्रमणले सार्थक बनाउने बताउँनुभयाे ।

चितवनबाट पाल्पा कुसुम बहुउद्देश्यीय सहकारी संस्थामा भ्रमण आएको अभ्युदय बहुउद्देश्यीय सहकारी संस्थाका टाेलीलाई एक कार्यक्रमका बीच संस्था अध्यक्ष सुरेश ढकाल सचिव मथुरा पराजुली र सदस्यहरू लक्ष्मी पाण्डे, कविता बस्याल, सुमित्रा रायमाझी लगायतले स्वागत तथा छलफल गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *