अस्पतालकाे स्तरोन्नतीका लागि स्वास्थ्यमन्त्रीसंग छलफल

पाल्पा, तानसेन जिल्ला अस्पताल पाल्पाको स्तरोन्नतीका लागि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालसंग छलफल एवं अस्पताल विकासका लागि जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख , प्रतिनिधिहरू सहित पत्रकारहरूसंगकाे भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रमुख, प्रतिनिधी एवं पत्रकारहरुसंगकाे भेटमा अस्पतालको वर्तमान अवस्था,विकास बारे छलफल गरिएको हो ।

छलफलका क्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले ग्रामीण जिल्लाका अस्पतालमा डाक्टर पठाउन निकै चुनौती रहेको बताउनुभयो ।पत्रकारसंगकाे भेटघाटमा मन्त्री खनालले ग्रामीण जिल्लाका अस्पतालहरुमा डाक्टरहरुको रोजाईको केन्द्र बन्न नसकेको बताउँदै उहाँले डाक्टरहरु ग्रामिण क्षेत्रमा आउन नखोज्ने गरेको समेत बताउनुभयो ।स्वास्थ्य मन्त्री खनालले संविधानमा व्यवस्था भएको नि:शुल्क शिक्षा र स्वास्थ्य पुरा गर्न साधनस्रोतको कारणले समस्या भएको भन्दै उहाँले पाल्पा अस्पतालमा बजेट अभाव नभएको भन्दै तर जग्गाकाे समस्या रहेकोले त्यसको समाधान गर्नुपर्ने बताउनुभयो ।

भौतिक पुर्वाधारको कमी भएमा अन्य विकास गर्न नसकिने भन्दै मन्त्री खनालले उक्त समस्याको स्थायी समाधान गर्न आफु सक्रियता साथ लागि पर्ने बताउनुभयो ।पत्रकारसंगकाे भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्री खनालले ग्रामीण क्षेत्रमा रहेका अस्पतालमा डाक्टरहरुको सहज पहुँच पुर्‍याउन मन्त्रालयले यसवर्ष थप बजेट विनियोजन गरेको बताउँदै उहाँले यसले केही सहजता हुने विश्वास आफुले लिएको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष गुरास आत्रेयले सबैको सहमती हुँदाहुदै पनि अस्पताल र मोहनकन्या माविको जग्गा साटफेरको विषय निष्कर्षमा पुर्‍याउन नसकिएको उहाँले बताउनुभयो ।पत्रकारसंगकाे भेटघाट कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख, प्रतिनिधी र पत्रकारहरुले पाल्पा अस्पतालको समस्या र समाधानका विषयमा आआफ्ना विचार प्रस्तुत गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *