आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, नेपालमा गोरखापत्र प्रकाशन सुरु भएको दिनको अवसर पारेर वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसकाे रूपमा मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारितालाई राष्ट्रिय रुपमानै राष्ट्रिय पत्रकारिता दिवस मनाउने मान्यता दिएपछि वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको हो । नेपालमा विसं १९५८ वैशाख २४ गतेदेखि गाेर्खापत्र साप्ताहिक रूपमा प्रकाशन सुरु भएको दिनलाई अवसर पारेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालेको हाे।
‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आइतबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ । सो समारोहमा नेपालको पत्रकारिताकाे क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुुई जनालाई वरिष्ठ पत्रकारलाई सम्मान गर्ने र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका पत्रकार र आमसञ्चार सम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्नुहुनेछ । गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२३औँ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवकाे उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे उपस्थितिमा कार्यक्रमको आयोजना गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *