आफन्त र घरपरिवारबाट नै बालहिंसा हुने : अध्यक्ष पराजुली

पाल्पा,राष्ट्रिय महिला आयोग अध्यक्ष कमला कुमारी पराजुलीले आफ्न्त घरपरिवारबाट नै बालहिंसा बढ्दो रहेको बताउनुभएकाे छ । उहाँले राष्ट्रिय महिला आयोगको आयोजनामा तानसेनमा भएको विद्यालयमा हुने लैङ्गिकहिंसा निवारण सम्बन्धमा बाेल्दै भन्नुभयो शिक्षक,विद्यार्थी र ब्यवस्थापन समिति पदाधिकारी बिचको अभिमुखिकरणकाे क्रममा अध्यक्ष पराजुलीले आफन्त र घरपरिवारबाट नै बालबालिकाहरु हिंसामा पर्ने गरेका घटना बढी रहेको उहाँले बताउनुभएकाे हाे।उहाँले पछिल्लो समयमा नेपालमा बालबालिका विरुद्धमा हुने हिंसाका घटनाहरू बढ्दै जानुु दुखद् रहेको बताउनुभयाे । अध्यक्ष पराजुलीले भन्नुभयो ‘उमेर नपुगी विवाह गर्नु गराउनुदेखि जबरजस्ती करणीमा पर्नु तथा घरपरिवारमै बालबालिका माथि शारीरिक एवं मानसिक विकासका लागि अवरोध पुग्नु जस्ता अनेक गतिविधिबाट बालहिंसा बढ्दो क्रममा रहेको छ उहाँले भन्नुभयो ।’ घरपरिवार,नातेदार,चिनाजानी सम्बन्धबाटै यतिबेला बालबालिकाहरु यौनजन्य हिंसामा फस्ने गरेको उहाँको भनाई छ ।

हिंसा पीडितहरु मनोवैज्ञानिक असरका साथै आत्मग्लानिका कारण हिंसा लुकाउन बाध्य भएको समेत अध्यक्ष पराजुलीले कार्यक्रममा बताउनुभयाे । उहाँले अझै पनि बावुआमाले छोरा र छोरीलाई गर्ने भेदभाव पूर्ण ब्यवहारले पनि कतिपय हिंसा बढ्ने गरेको उहाँको भनाई छ । पराजुलीले भन्नुभयाे ‘बावुबाट छोरी र शिक्षकबाट विद्यार्थी बलात्कृत भएका घटना समाजमा प्रसस्त भेटिन्छन् ।’ बालबालिकाहरु सुरक्षित ढंगले बाच्न पाउने अधिकारका प्रमुख आधार भनेकै घरपरिवार र पाठशाला भएकाले परिवार,शिक्षक र व्यवस्थापन समिति बालबालिकाको अधिकार संरक्षणमा सचेत हुनुपर्नेमा उहाँले जोड दिदै भन्नुभयो । ‘बालबालिकाहरु स्वाभिमान र आत्मसम्मानका साथ बाच्ने वातावरण सिर्जनाका लागि महिला आयोग क्रियाशिल छ’ अध्यक्ष पराजुलीले भन्नुभयो । उहाँले सत्तरी प्रतिशत घरेलु हिंसाका उजुरी प्रहरीमा पर्ने गरेको छ, १८ वर्ष मुनी र ६० वर्ष माथिका नाबालिका र वृद्धाहरु हिंसाबाट पिडित भए पनि सामाजिक परिवेशका कारण हिंसा सहेर बस्नु परेको छ भन्दै उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयाे । कार्यक्रममा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता डा.सूर्यप्रसाद पौडेलले बालबालिका र महिलाहरु हिंसा पीडित भएर पनि नाम सार्वजनिक भएमा समाजबाट अपहेलित हुने डर हुँदा हिंसा लुकाउनुका साथै नैराश्यता बढ्दै गएर आत्महत्या गर्ने सम्मको बाटोमा पुग्नु परेको बताउनुभयाे । उहाँले पाल्पामा महिला हिंसाका मुद्दा बढी भएको उल्लेख गर्नुहुदै डा. पौडेलले हिंसाका घटनाहरुलाई न्युनिकरण गर्न प्रहरी प्रशासनबाट मात्र सम्भव नहने हुँदा समाजसेवी,राजनैतिक दल,जनप्रतिनिधि एवं स्थानीय निकाय समेत लाग्नु पर्ने बताउनुभयाे ।कार्यक्रममा जिल्ला समन्वय उप-प्रमुख काशिका गैरे ज्ञवाली , प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले,जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्द लगायतले महिला तथा बालबालिकाबिच हुने हिंसा कम गर्न समाजका सबै वर्ग, सचेत नागरिकहरू लाग्नु पर्नेमा जोड दिनुभएकाे थियोे । कार्यक्रममा विद्यालयका विद्यार्थी,शिक्षक र विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरुले बालबालिका एवं महिलाहरुको हितमा राष्ट्रिय महिला आयोगको भूमिका माथि जिज्ञासा राख्दै सबैको सकारात्मक सोच र कामले मात्र सबै प्रकारका हिंसा अन्त्य हुने बताउनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *