“आयुर्वेदिक उपचार पद्धति मानव स्वास्थ्यका लागि महत्वपूर्ण छ”– नगर प्रमुख थापा

पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मानव स्वास्थ्यका लागि आयुर्वेदिक उपचार पद्धति महत्वपूर्ण रहेको बताउनु भएको छ । आयुर्वेद पद्धतीको उपचार र औषधि सेवनले मानिसको स्वास्थ्यमा प्रभाव नपारी रोगको उपचार हुने बताउनुभयो । शुक्रबार रामपुर आयुर्वेद अस्पताल रामपुर पाल्पाको अनुगमन गर्दै नगर प्रमुख थापाले आयुर्वेदको महत्व बुझ्न नसक्नु दुखद पक्ष भएको बताउनुभयो । नगर प्रमुख थापाले आयुर्वेद अस्पतालबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो ।

साथै स्थानीयस्तरमा पाईने जडिबुटीलाई पनि प्राथमिकता दिएर औषधी उत्पादनका लागि ध्यान दिन आग्रह समेत गर्नुभयो । अस्पतालमा आवश्यक उपकरणका लागि संघीय मन्त्रालयमा प्रस्ताव पेश गरेको भन्दै उहाँले स्वास्थ्य विमा कार्यक्रम लागु गर्न पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालको अनुगमन पश्चात कर्मचारीहरु संगको छलफल कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले आयुर्वेदिक उपचार पद्धती र अस्पतालको प्रचार प्रसार गर्न आवश्यक रहेको औल्याँउनुभयो । साथै उहाँले अस्पतालबाट हुने सेवालाई विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो ।

छलफलमा अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले अस्पतालबाट प्रदान गरिने विभिन्न सेवा र आवश्यकताको बारेमा जानकारी गराउँदै तत्काल आवश्यक उपकरणको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । आयुर्वेदिक उपचार पद्धति अन्य पद्धति भन्दा राम्रो भए पनि सबैले बुझ्न नसक्नु दुखद रहेको बताउनुभयो ।अस्पतालबाट अहिले दैनिक ४० जनाले सेवा लिंदै आएको र यो आर्थिक बर्षमा करिब १२ सय जनाले उपचार सेवा लिएको अस्पताल प्रमुख पोखेलले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले पञ्चकर्म र पूर्वकर्म अन्तर्गत स्नेहन , स्वयदन,वस्ती सेवा , पाईल्सको डे«सिङ , सर्वसुलभ दरमा ल्याब सेवा , विभिन्न रोगको आयुर्वेदिक औषधी , नेपाल सरकारले निशुल्क प्रदान गर्ने २३ प्रकारका आयुर्वेदिक औषधी वितरण र आयुर्वेद चिकित्सक द्धारा दैनिक उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *