आरम्भ चौतारीकाे फिल्ड व्यवस्थापन तालिम कर्नालीमा सम्पन्न

सुर्खेत संवाददाता, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाकाे कर्णाली प्रदेश कार्यालयले प्रदेशअन्तर्गतका शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरूका लागि ‘शाखा तथा फिल्ड व्यवस्थापन’ सम्बन्धी क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्दै संस्थामा कार्यरत रहेका फिल्ड कर्मचारीहरुका लागि एक दिने शाखा तथा फिल्ड व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको हो ।

संस्थाको प्रदेश कार्यालयले शाखा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आइरहेकाे वित्तीय तथा गैरवित्तीय कार्यक्रम र सेवाको बारेमा संस्थाको नीति बमोजिम कसरी कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहकलाई कसरी सदस्यमुखी भई सेवा प्रवाह गर्ने भन्ने बारेमा तालिम दिइएको जनाइएको छ ।संस्थाका कर्णाली प्रदेश प्रमुख सन्तोष कुमार चन्दले फिल्ड व्यवस्थापन,कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम दिनुभएकाे हाे। भने संस्थाका कार्यक्रम अधिकृत सुरेश नेपालीले लघुवित्तको मूल मर्म अनुसार सदस्य मैत्री सेवाको कार्यन्वयन, कार्यालय संचालन प्रक्रिया, दैनिक कार्यसम्पादनकाे प्रक्रिया र प्रशासनिक कागजपत्रहरुको व्यवस्थापन सम्बन्धि सहजीकरण गर्नुभएकाे थियाे ।

त्यस्तै कार्यक्रम अधिकृत नेपालीले कर्जा बिश्लेषण प्रकिृया एवं कर्जा सदुपयोगिताको महत्व बारेमा बताउँनुहुँदै संस्थामा बचत व्यवस्थापन सम्बन्धि सहजीकरण गरेको जानकारी संस्थाका कर्नाली प्रदेश कार्यालय प्रमुख चन्दले जानकारी दिनुभएकाे छ । तालिममा कर्णाली प्रदेशका सम्पुर्ण कार्यालयका शाखा प्रमुख र कर्मचारी सहित ४८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *