आस्थाकै आधारमा शुद्धिकरण गरेमा मान्य नहुने : चाैतारीका महासचिव लामाकाे भनाइ

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले दाेस्राे साधारणसभा रामपुरमा सम्पन्न गरेको छ। प्रेस चाैतारी नेपालका केन्द्रीय महासचिव एवं कार्यक्रमका प्रमुख अतिथि हिरामान लामाले उद्घाटन गर्नुभएको थियोे।उहाँले उद्घाटन सत्रकाे शुभकामना राख्नुहुँदै पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई प्रेस चाैतारीले साथ दिने तर बैचारिक आस्थाकै आधारमा साेँच राखेर गर्ने शुद्धिकरण आफुहरूलाई अमान्य हुने बताउँनु भएको छ । प्रेस चाैतारी नेपाल पाल्पाकाे सभामा प्रमुख अतिथिकाे शुभकामना मन्तब्य दिनुहुँदै उहाँले भन्नुभयो उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गाेप्य रुपमा उजुरी दिने जस्ता कामले विश्वासको अभाव भएको बताउँदै महासचिव लामाले भन्नुभयो ।

प्रेस चाैतारी नेपालले नेपाली पत्रकारिताको इतिहासमा पत्रकार हरूलाई समावेशी बनाउने अवधारणामा प्रेस चौतारीले अगुवाइ गरेको र गर्दै आएको छ उहाँले सम्वाेधनमा भन्नुभयो ।महासचिव लामाले अब समग्र पत्रकार र पत्रकारिता क्षेत्रकाे नेतृत्व पनि प्रेस चाैतारीले नै गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि विशेष याेजना सहित अघि बढेको बताउँनुभयाे । उहाँले आफुहरूले जहिल्यै पनि श्रमजीवी भएर काम गर्ने र श्रमजीवी पत्रकारकै पक्षमा रहेकोले पत्रकारितालाई मुख्य कर्म बनाउने पत्रकारहरूलाई सधै उच्च सम्मान सहित पत्रकारिता गरिरहेकाहरूकाे हकहितका लागि काम गर्ने गरेको बताउनुभयो । कार्यक्रममा महासचिव लामाले हाल पत्रकार महासंघ महासंघ जस्तो नभएको बताउँदै महासंघ श्रमजीवी पत्रकारहरूको हितमा काम गर्न नसकेकोले त्याे कसरी पत्रकारहरूकाे संस्था भयो उहाँले भन्नुभयो । त्यसैले महासंघ पत्रकारहरूकाे नभइ अरू कसैका लागि काम गर्ने थलो भएकोले पनि त्यस कारण महासंघ भएर पनि नभएको अनुभूति हुने गरेको र पत्रकारहरूकै हित विपरीत कार्य गरिरहेकाले पनि त्यो संस्था पत्रकारकाे संस्थाकाे रूपमा अब नरहेको उहाँले दावी गर्नुभयाे । उहाँले भन्नुभयो ; अति हुँदा खती हुन्छ, सके मिल्छौ नत्र हामी एक्दिन निलदिन्छौ, उहाँले भन्नू भयो । कार्यक्रममा प्रेस चाैतारी नेकपा एमालेकाे वर्गीय संगठन रहेकाले पनि यसमा आवद्ध रहनुभएका पत्रकारहरूले वर्गीय चेतनामा प्रष्ट हुनुपर्छ,भन्दै उहाँले यदि वर्गीयता र दृष्टिकोणमा स्पष्ट भएन भने अप्रष्टता हुन्छ, एक अर्कामा आशंका पैदा त्यसले कसैलाई पनि हित नगर्ने र नहुने भएकोले पनि सजग भएर आफ्नो कर्म गर्नुपर्ने उहाँले बताउँनुभयाे।

प्रेस चाैतारी नेपालीको दाेस्राे वार्षिक साधारणसभाका विशिष्ट अतिथि एवं नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले सञ्चार क्षेत्रले लोकतन्त्रका लागि खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउँनु भएको छ । प्रदेश महासचिव निरु गौतमले पत्रकार महासंघले पेशा र व्यवसायलाई सुरक्षा दिने भन्दा पनि आस्थाको आधारले हटाउने गरेको धारणा व्यक्त गर्नुहुँदै उहाँले यदि महासंघबाट न्याय नभए समान्तर कमिटी समेत बनाउन सकिने उल्लेख गर्नु भयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पत्रकारहरुलाई महासंघमा सदस्य राख्न नसकेको उल्लेख गर्दै सदस्य नभए पनि समाचार लेखनलाई निरन्तरता दिन र लाग्न आग्रह गर्नु भएको छ ।

साधारणसभामा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेश संचार परिषदका अध्यक्ष यम गाहा मिलन प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सिना, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, निस्दी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ नेपाली कांग्रेस रामपुर नगर समिति अध्यक्ष नेत्र भट्टराई, चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र लिगल लगायतले चौतारीले संचारक्षेत्र सहित समग्र विकास निर्माणकाे क्षेत्रमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भएको थियो ।

प्रेस चाैतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीकाे अध्यक्षता र उपाध्यक्ष बन्दना पाेखरेलकाे स्वागतमा भएको कार्यक्रम प्रेस चाैतारी नेपाल पाल्पाका सह- सचिव सन्तोष ज्ञवाली र सचिवालय सदस्य विजय वौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *