इन्सेककाे मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा

पाल्पा, अनौपचारीक सेवा क्षेत्र इन्सेक पाल्पाले मानवअधिकार वर्ष पुस्तक २०२४ को लागि अर्धवार्षिक पूूर्व समीक्षा गरेको छ । पाल्पाको मानव अधिकार वर्ष २०२४ काे पूर्व समीक्षा बैठकमा जिल्लाको मानवअधिकारको अवस्थाबारे यहाँका राजनीतिक दल, पत्रकार, उपभोक्ता, विभिन्न अधिकारकर्मीहरु, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरु बीचमा अन्तरक्रिया गरिएको छ ।

इन्सेककाे मानवअधिकार वर्ष पुस्तककाे पूर्वसमीक्षा कार्यक्रममा सहभागीहरुले पाल्पामा हरेक विषयबस्तुमा मानवअधिकारको हिसावले हेर्दा स्थिती डरलाग्दो अवस्थामा रहेको उहाँहरूले बताउनु भएको छ ।मानवअधिकार वर्ष पुस्तककाे पूर्व समीक्षा कार्यक्रममा सहभागी वक्ताहरुले औपचारिकता भन्दा पनि कार्यान्वयन हुने विषयबाट छलफल तथा अन्तरक्रिया हुनुपर्नेमा उहाँहरूकाे जोड थियोे ।कार्यक्रममा सहभागीले आ-आफ्नो विचार राख्दै संविधानमा लेखिएका कुराहरु कार्यान्वयनमा नआउनुले पनि राज्यपक्षबाट मानवअधिकारको गम्भिर हनन् हुन पुगेको कार्यक्रममा सहभागी हरुले बताउनुभएकाे थियोे । राज्यबाट सबै मानिसलाई गाँस, वास र कपासको सही व्यबस्थापन गर्न सकेमा मानवअधिकार उलङ्घनका घटनामा कमी आउनेमा वक्ताहरुले जोड दिदै उक्त विचार राख्नुहुदै मानवअधिकारक्षेत्रको दायरा ठूलो रहेकाले पनि कुनै विषयबस्तुमा केन्द्रित रहेर कार्यक्रम गर्दा बढी प्रभावकारी हुने उहाँहरुले बताउनुभएकाे थियोे ।

कार्यक्रममा सहभागीहरुले अहिले बिमाबाट उपचार गराउँदा तीन दिनसम्म समय खर्चिनु परेकाे बताउदै उहाँहरूले नागरिक तथा संघ संस्थाको अनुगमन राज्यले गर्ने तथा राज्यबाट लापरवाही हुँदा कसले अनुगमन गर्ने ? भन्दै प्रश्न गर्दै सहभागी वक्ताहरूले अहिले पाल्पाबजार अनुगमन नभएको र तानसेनमा बर्षायाममा पनि खानेपानीकाे समस्या देखिएको, बालबालिका, अपाङ्ग, जेष्ठनागरिक महिला हरूका विषयवस्तुमा पिडित बन्नु परेको धारणा व्यक्त गर्नुहुदै कार्यक्रममा सहभागीहरुले गुनासो गर्नुभएकाे थियोे ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख काशिका गैरेले राज्य, नागरिक मिलेर नै मानवअधिकारकाे रक्षा र कार्यान्वयन गर्न सकिने बताउनुभयाे । उहाँले हरेक नागरिकले मानवअधिकार हनन् हुने गरी काम नगर्ने र अरुलाई पनि सचेत बनाउदै जानु पर्नेमा उप प्रमुख गैरेले जोड दिनुभएकाे थियोे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले छलफलमा धैरै राम्रा कुराहरु आएको बताउनुहुदै उहाँले सबैपक्ष आ–आफ्नो क्षेत्रबाट मानवअधिकारकाे रक्षा र कार्यान्वयन गर्दै जानुपर्ने कुरामा जोड दिदै प्रमुख जिल्ला अधिकारी बास्ताेलाले इन्सेकले मानवअधिकारका क्षेत्रमा गरेका कामहरु अत्यन्तै राम्रा र सकारात्मक भएकाले पनि समीक्षाको दायरा बढाउदै लैजानु पर्नेमा उहाँले बताउनुभयाे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले कार्यालयबाट दिएका सेवा, भएका कामहरुको बारेमा जानकारी गराउनुभएकाे थियाे । कार्यक्रममा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमुर्ति तिमिल्सीनाले फागुनदेखी असारसम्म जिल्लाभित्रको मानवअधिकारको अवस्थाबारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

इन्सेककाे मानवअधिकार वर्ष पुस्तककाे पूर्व समीक्षामा प्रस्तुत प्रतिवेदनमा ६ महिना अवधीमा भएका ४४ वटा घटना जसमा मानवअधिकार उलङ्गनका घटना भएकोमा ५ जना महिला र ५ जना बालबालिका प्रत्यक्ष पिडित रहेको उल्लेख गरिएको छ । कार्यक्रमकाे मावअधिकार रक्षक सञ्जाल पाल्पाका अध्यक्ष भगवान भण्डारीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *