उत्कृष्ट लुम्बिनी साकाेसद्वारा सदस्यहरूलाई सहकारी शिक्षा

रूपन्देही संवाददाता , उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, भैरहवा, रुपन्देहीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।सिद्धार्थनगर भैरहवामा भएको सहकारी शिक्षा तालिम उद्घाटन एवं कार्यक्रमकाे सहजीकरण सिद्धार्थगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गर्नुभएकाे थियाे । सहकारी शिक्षा तालिमको अवसरमा बोल्नुहुँदै उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था सिद्धार्थनगर भैरहवा रूपन्देहीका अध्यक्ष खिमबहादुर खत्रीले संस्थाको वार्षिक कार्ययोजना अनुसार याे तालिमको आयोजना गरिएको बताउँनुभयाे । उहाँले भन्नुभयाे, ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका सम्वन्धित विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्य अनुसारको कार्यक्रम आयोजना गरिएको हो ।’ सहकारी शिक्षा तालिम उद्घाटनमा बताउँनुभयाे । उहाँले उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सिद्धार्थनगरकाे अब्बल सहकारीको रुपमा स्थापित गर्नलाई संस्था सञ्चालक समिति लागिपरेको बताउँनुभयाे ।

अध्यक्ष खत्रीले देशको आर्थिक स्थिति जर्जर अवस्थामा पुगेको बताउँदै उहाँले केही सहकारीका गलत क्रियाकलापका कारण सहकारीहरु मर्कामा परेको बताउँनुभयाे । त्यस्तै सहकारी संस्थाका सचिव अनिल कुमार ज्ञवालीले बढी ब्याज पाउने लोभमा परेर सहकारीको बारेमा राम्रोसँग नबुझी पैसा जम्मा नगर्न आग्रह गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘हजुरहरुको पैसा सुरक्षित छ कि छैन त्यसतर्फ ध्यान दिनुपर्छ ।’ कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको तालिम संयोजक एवं सहकारी शिक्षा उपसमितिका संयोजक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *