उद्योग ब्यवसायलाई व्यवस्थित गर्न सरकारकाे सहयोग रहने मन्त्री बस्नेत

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउँनुभएको छ । एकता व्यापार सङ्घले आज आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रममा बाेल्दै उहाँले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले विषेश सहयोग गर्ने बताउँनुभएकाे छ ।

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा बाेल्दै उहाँले “मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगी तथा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले सहज रूपमा काम गर्न उहाँहरूलाई वातावरण दिइएन भने देशको विकासले फड्को मार्न सक्दैन भन्दै सरकारले तत्कालै उद्योगी तथा व्यवसायीको पक्षमा रहि काम गर्ने वातावरण तयार गरिदिने मन्त्री बस्नेतले कार्यक्रममा बताउँनुभयाे । पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू सक्रिय भएर लागेको जानकारी दिदै उहाँले कोरोना सङ्क्रमणका कारण बन्द रहेको नाकालाई कूटनीतिक पहलमार्फत आफुले छिटो सञ्चालन गर्नमा पहल गर्ने बताउँनुभयाे ।

कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले पनि यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री अर्थ नीतिकाे वातावरण बनाउनुपर्ने भन्दै मन्त्री बस्नेतले आफुले त्यसमा ध्यान दिएर काम अघि बढाउने र व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु अवस्थाकाे अन्त्य गर्न पहल गर्ने भन्दै उहाँले यस्तो समस्याले ब्यवसायी र मुलुककै लागि दुर्भाग्यको विषय भएको बताउँदै मन्त्री बस्नेतले कार्यक्रममा भन्नुभयो । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर लिँदा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भएकाले ब्याजदर घटाउन सरकार लाग्नुपर्ने बताउँनुभयाे ।

ब्यवसायी महासंघ अध्यक्ष कार्कीले भूकम्प र कोरोनाका कारण लामो समय नेपालका उत्तरी नाका बन्द हुँदा व्यापार व्यवसायमा समस्या भएकाले तत्काल नाका सञ्चालन गनुपर्नेमा पनि जोड दिनुभयाे। एकता व्यापार सङ्घका अध्यक्ष माधव खरेलले भन्सार क्षेत्रमा भइरहेको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने भन्दै आवश्यकता औँल्याउँनु भएको थियोे । उहाँले व्यापार व्यवसाय कै सिलसिलामा घरबेटीले अत्यधिक घरभाडा लिने गरेकाले भन्दै सरकारले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताउँनुभयाे । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड र पिपल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालिको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *