कर्मचारी संगठनको एक दिने प्रशिक्षण

पाल्पा, नेपाल निजामती कर्मचारी संगठन पाल्पाको एकदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल निजामती कर्मचारी संगठन पाल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्नुहुदै केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले निजामती कर्मचारी सेवा ऐन नबन्दा कर्मचारीकाे समायोजनमा समस्या भएको बताउनुभयाे । कार्यक्रममा बाेल्दै उहाँले लामो समयको प्रयासपछि संसदमा दर्ता भएको निजामती सेवा ऐनमा छलफल नहुँदा कार्य व्यवस्थापनमा समेत समस्या रहेकाे बताउनुभयो । अहिले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूमा तालमेल नहुँदा प्रभावकारी रूपमा सेवा प्रवाहमा कठिनाइ रहेको केन्द्रिय अध्यक्ष कोइरालाले बताउनुभयो ।निजामती संगठनको विगत एक दशकदेखि प्रशिक्षण कार्यक्रम बन्द अवस्थामा रहेकोले संगठनलाई क्रियाशील बनाउन सबै जिल्लामा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो ।

यस्तै गरी लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासीनीले पुराना सदस्यहरु निवृत्त हुने र निजामती सेवामा प्रवेश भएर संगठनको सदस्यता लिएकाहरुका लागि निजामती सेवा ऐन, सेवा प्रवाह, नेतृत्व विकास सम्बन्धी क्षमता विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरिउको बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरु आगामी दिनमा कार्य क्षेत्रमा आमसेवाग्राहीले अनुभूती गर्नेगरी लागु गरेर संगठनको हितमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

संगठनका पूर्व केन्द्रीय अध्यक्ष गणेशप्रसाद बस्यालले आम नागरिकका निम्ती सेवा प्रवाह गर्ने कर्मचारीहरु दक्ष हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुको वृद्धि विकासका लागि लामो समयदेखि काम गर्दै आएको कर्मचारी संगठनमा आबद्ध सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासमा ध्यान दिएर तालिम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

संगठनका केन्द्रीय सदस्य लक्ष्मी खनालले जहाँ सरकार त्यहाँ ट्रेड युनियन अधिकार सुनिश्चित गर्न संगठन सक्रिय हुनुपर्ने बताउनुभयो ।प्रशिक्षण कार्यक्रममा संगठनका पूर्व केन्द्रीय सदस्य सुन्दरप्रसाद श्रेष्ठले संगठनको एतिहासिक विरासतलाई कायम राख्न सबै सदस्यहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले सक्रियताले मात्र अस्थित्व निर्माण गर्ने भएकोले संगठनलाई चलायमान गराउन आवश्यक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षणमा निजामती सेवा ऐन र व्यवस्था विषयमा केन्द्रीय अध्यक्ष कोइराला, सकारात्मक सोच सम्बन्धी विषयमा डा. राम बहादुर राउत, संगठन सुदृढिकरण विषयमा रामचन्द्र अधिकारी र नेतृत्व निर्माण सम्बन्धी विषयमा कवि सिं कठायतले प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्नुभएको संगठनका जिल्ला अध्यक्ष युवराज ज्ञवालीको जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रमकै अवसरमा कार्यसमितिमा रही सेवानिवृत भएका कर्मचारीहरु उमादेवी आचार्य, राजेन्द्र प्रसाद आचार्य, नारायण प्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । प्रशिक्षण कार्यक्रममा १ सय ५० जना बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *